कामी विकास बोर्डमा भ्रष्टचारको खुलासा; उपभोक्ताहरूले भने -‘घर बनिएन तर अर्काको घरमा फोटो खिचेर लग्यो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 7, 2018

कामी विकास बोर्डमा भ्रष्टचारको खुलासा; उपभोक्ताहरूले भने -‘घर बनिएन तर अर्काको घरमा फोटो खिचेर लग्यो’


गफसफ.com,  कालेबुङ 7 मई।

कामी बिकास बोर्डद्वारा घर निर्माण नभएपछि उपभोक्ताहरूले आज कालेबुङ जिल्लापाललाई भेट गरेर ज्ञापन चडाएका छन्। उनीहरूको नाउँमा पश्चिम बङ्गाल कामी बिकास बोर्ड मार्फत् घर निर्माण हुनपर्ने भएपनि बोर्डका अध्यक्ष उपाध्यक्षहरूले भने घर निर्माण नगरेको भन्दै उनीहरूले जिल्लापाल डा. विश्वनाथलाई भेट गरेर ज्ञापन सुम्पिएका छन्। बोर्डमार्फत् घर निर्माणको निम्ति पारित भएपनि घर निर्माण कार्य भने पुरा नहुँदा उनीहरूले जिल्लापाललाई भेट गरेका हुन्। उक्त उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई ज्ञापन चडाउन बोर्डका सदस्य सुबोध खाती अनि महेन्द्र गजमेर पनि साथमा रहेका थिए।



यसभन्दा अघि पनि पश्चिम बङ्गाल कामी विकास बोर्डमा व्यापक भ्रष्टचार भइरहेको आरोप उठएको हो। बोर्डका अध्यक्ष अनि उपाध्यक्षहरूले मनमानी गर्दै भ्रष्टचार गरिरहेको अघिदेखि नै आरोप उठिरहेको छ भने उनीहरूले घर निर्माण नगरी युटिलाइसजेसन सर्टिफिकेट भनि सरकारलाई बुझाएको बोर्डका सदस्य सुबोध खाती, महेन्द्र गजेर आदिले लगाएका थिए। उनीहरूले नै आज पुन: बोर्डका अध्यक्ष अनि उपाध्यक्षले ब्यापक भ्रष्टचार गरेको भन्दै घर नबनिएका उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई ज्ञापन चडाएका हुन्।

मेरो घर बनिनलाई आएको थिएछ। तर, मेरो घर नबनि मलाई अर्काको घरमा फोटो खिचाएर लग्योबबिता दियालीले रामधुरा निवासी बबिता दियालीले भनिन्। बोर्डद्वारा आफ्नो घर निर्माणको निम्ति आए पनि आफ्नो घर भने निर्माण नभएको उनले गुनासो पोखिन्। मेरो घर बनिएको छैन, तर फोटो चाही अर्काको घरमा उभ्याएर खिच्योउपभोक्ता बबिता दियालीले भनिन्। उनलाई आफ्नो घर नबनिएपछि अर्काको घरमा लगेर फोटो खिचाएको भन्दै पछिबाट उक्त फोटोनै देखाएर आफ्नो घर बनिसकेको रिपोर्ट बुझाएको थाह पाएको पनि उनले जानकारी गराइन्।

यता कामी बिकास बोर्डमा ब्यापक भ्रष्टचार भएको आरोप लगाउने बोर्डकै सदस्य सुबोध खातीले आफुहरूलाई उपभोक्ताहरूले सम्पर्क गरेर बारम्बार उजुरी गरेको बताउँदै सहुलियत नपाएका उपभोक्ताहरूलाई लिएर जिल्लापाललाई भेट गरेको जानकारी दिएका छन्। उनले रामधुरा, पुदुङ, इस्टमेन रोड, पेमलिङ, मिरिक लगायत अन्य ठाउँहरूमा समेत कामी बिकास बोर्डबाट आर्थिक विपन्न परिवारहरूका निम्ति घर निर्माणको हुनपर्ने भएपनि आजसम्म घर भने निर्माण नभएको दाबी गरेका छन्।

बबिता दियालीलाई अर्काको घरमा उभाएर फोटो खिचेका छन्। उनको घर निर्माण नगरी अर्काको घरमा उभ्याएर फोटो खिचाउनुको साथै युटिलाइजेसन सर्टिफिकेट समेत बुझाइसकेको छ। यसरी हाम्रा कामी बिकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले हाम्रो जातिमाथि खेलावाड गरिरहेका छन्सुवोध खातीले भने। यो गरीबको खुना खाने कार्य हो। यसकारण हामी उनीहरूलाई आफ्नो पदबाट चाँडै हटाइयोस भन्ने माग गर्छौँसुबोध खातीले भने। उनले आजसम्म घर नबनिएका सम्पूर्ण कामी समुदायका मानिसहरूलाई आफुहरूसमक्ष आउने आह्वास समेत गरेका छन्। 

यसभन्दा अघि आफुहरूले कामी बिकास बोर्डमा भ्रष्टचार भएको भन्दै जिल्लापाललाई ज्ञापनसँगै घर नबनिएकाहरूको नामवली दिएपछि उनीहरूको घर निर्माणका निम्ति सामाग्री आएर निर्माण कार्य भइरहेको पनि खातीले जानकारी दिएका छन्। यद्यपी उक्त सम्पूर्ण घरहरू कागजी रूपमा भने निर्माण कार्य पुरा भइसकेको बोर्डका अध्यक्ष अनि उपाध्यक्षले देखाएको पनि उनले आरोप लगाएका छन्।

यता कामी विकास बोर्डका अर्का सदस्य महेन्द्र गजमेरले गरीब मानिसहरूले सही सहुलियत पाओस् भन्ने चाहना राखे पनि यता कामी बिकास बोर्डद्वारा भने गरीब मानिसहरूलाई सहुलियत प्रदान नगरेको आरोप लगाएका छन्। जतिपनि गरीब मानिसहरूको घर पाएका छन् उनीहरूको घर निर्माण कार्य पुरा भएको छैनमहेन्द्र गजमेरले भने।

No comments:

Post a Comment

Post Bottom Ad