विनय तामाङको सन्देश गाउँमा पुर्‍याउँदै युवा मोर्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 6, 2018

विनय तामाङको सन्देश गाउँमा पुर्‍याउँदै युवा मोर्चा

गफसफ.com, जलढका  5 मई।

गोर्खा जनमुक्ति युवा मोर्चाले सम्ष्टि स्तरमा व्यापक पोष्टरिङ गरेको छ। युवा मोर्चाले पार्टी अध्यक्ष विनय तामाङको सन्देश रहेको पोस्टर आज जलढकाको झोलुङ बजारमा टाँस्ने कार्य गरेको छ। ग्रामिण क्षेत्रमा पार्टी अध्यक्ष विनय तामाङको सन्देशलाई पुर्यालएर मानिसहरूमा सचेतता ल्याउन उक्त पोस्टरिङ गरेको समष्टि अध्यक्ष राजेश गुरुङले बताएका छन्। पोष्टरीङ पश्चात पत्रकारहरूलाई सम्बोधन गर्दै खण्ड 3 सयोजक सन्दिप कुलुङले युवाहरूले नयाँ कार्य योजना अनुसार समाजको निम्ति कार्य गरिरहेको बताएका छन।


यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै सन्दिप कुलुङले आजसम्म युवाहरूलाई राजनैतिक सुविधाको निम्ति प्रयोग गरेर पछि भविष्य नै अन्धकारमा पुर्यादउने कार्य गरेको आरोप लगाए। आफ्नो भविष्य भन्दै दुई पुस्ताले आफ्नो सर्वस्व गुमाएको भन्दै अवका युवाहरूलाई राजनैतिक सचेत बनाउने कार्य आफुहरूले गरिरहेको पनि उनले दाबी गरेका छन्। उनले गोजमुमो अध्यक्ष विनय तामाङले युवाहरूलाई सही मार्गदर्शन दिने कार्य गरिरहेको भन्दै जनतालाई आधारभुत बिकासका सुविधा पनि जीटीए मार्फत् प्रदान गरिरहेको कुलुङले बताएका छन्। उनले गोर्खाल्याण्ड प्राप्तिको निम्ति वौद्धिक रूपले तयार हुन अवश्यक रहेको कारण जनतालाई वैद्धिक स्तरमा तयारी पार्ने कार्य गोजमुमो पार्टीले गरिरहेको पनि सन्दिप कुलुङले बताएका छन्।

अर्कोतिर पत्रकारहरूसँग बोल्दै युवा संयोजक सन गुरूङले अहिलेघरी पहाडमा गोरामुमो पार्टीले अशान्त सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन्। गोरामुमोले 21 वर्षसम्म जनतालाई दुख दिएकै कारण 2007 मा गोजमुमोको जन्म भएको भन्दै उनीहरूको राजनैतिक टेक समेत ठिक नभएको गुरुङले आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad