पोस्टअफिस बन्द जारी: साधारण मानिसहरू समस्यामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 25, 2018

पोस्टअफिस बन्द जारी: साधारण मानिसहरू समस्यामा


गफसफ.com, कालेबुङ 25 मई।

भारतव्यापी पोस्ट अफिस बन्दको प्रभावले कालेबुङबासी पनि अछुत बन्न सकेका छैनन्। गत 22 मई देखि सुरु भएको अनिश्चितकालिन भारब्यापी पोस्ट अफिस बन्दलाई समर्थन गर्दै कालेबुङ जिल्लाका सम्पूर्ण पोस्ट अफिसहरू पनि बन्द रहेको छ। जसको कारण मानिसहरूले पोस्ट अफिसबाट पाउनुपर्ने सुविधा केही पाउन सकेका छैनन्।


नेशनल पोस्टल युनियन अफ् ग्रामिण डाक सेवकले बन्द गरेको भारतव्यापी पोस्ट अफिस बन्दको क्रममा कालेबुङ जिल्लाभरीका सम्पूर्ण पोस्ट अफिसहरू बन्द भएको हो। गत 22 मई देखि सुरु भएको अनिश्चितकालिन बन्दले 5 दिन पुग्दा समेत खुल्ने कुनै छाँट देखा परेको छैन। कालेबुङ शहरबिचै रहेको कालेबुङ मुख्य डाक घरमा बन्दको कारण मानिसहरू दैनिक सेवाबाट बञ्चित बन्न परिरहेका छन्। बन्दको पाँचौ दिन पनि आज कालेबुङ मुख्य डाकघर अघि पोस्ट अफिसका कर्मचारीवर्गले नारबाजी गरेका थिए।

ग्रामिक डाक सेवकहरूको सात्र सुत्रीय मागलाई लिएर अघिबाटै युनियनले केन्द्रसरकारलाई माग राखे पनि केन्द्र सरकारबाट कुनै प्रकारका सकारात्मक प्रत्युत्तर नआएपछि आखिरमा भारतब्यापी पोस्ट अफिस बन्द भएको हो। जसको प्रभाव कालेबुङमा समेत पर्न गएको छ। सरकारबाट अहिलेसम्म ग्रामिण डाक सेवकहरूको मागबारे कुनै सुनवाई नभएपछि उक्त अनिश्चितकालिन बन्द अझै अघि बड्ने सम्भावना रहेको छ। जसले गर्दा पोस्ट अफिसबाट पाउनुपर्ने सुविधाहरूबाट जनसाधरण अझै केहि दिनसम्म बञ्चित बन्न पर्ने निश्चित रहेको छ।


विभिन्न सात सुत्री मागहरूलाई केन्द्र सरकारले सुनवाई गर्दै न्याय दिने हामी माग गर्दछौँ। सरकारले हाम्रो मागलाई सुनवाई नगरेकै कारण यसरी बन्द गर्न बाध्य बनेका हौँग्रामिण डाकव सेवक भानु छेत्रीले भने। यसक्रममा उनले ग्रामिण डाक सेवकहरूलाई सातौँ वेतन आयोग चाँडो लागु गर्नुपर्ने पनि माग गरेका छन्। यसैक्रममा अर्का ग्रामिण डाक सेवक एन.बी सुब्बाले पनि सरकारले सम्पूर्ण मागहरू पुरा गर्नुपर्ने माग गर्दै पोस्ट अफिस बन्दको कारण जनसाधरणले भोग्न परेका समस्यामाथी खेद प्रकट गरेका छन्।

यता विगतका केन्द्र सरकारले गठन गरेको कमलेश चन्द्र आयोगले ग्रामिण डाक सेवकहरूका निम्ति सातौँ बेतन आयोग लागु गर्नुपर्ने सिफारिस गरेपनि उक्त सिफारिसलाई वर्तमान केन्द्रका सरकारले मानि नलिएको पनि थाह लागेको छ। जसको कारण ग्रामिण डाक सेवकहरूले भारतव्यापी पोस्ट अफिस बन्दलाई जारी राखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad