गफसफ.com, कालेबुङ
25 मई।
कालेबुङ नगरपालिकाको 18 नम्बर वार्ड स्थित हिलटपदेखि 4 सय मिटरको सडकमा
अलकत्रा बिच्छाउने कार्य गरेको छ। अर्बान डेभलभमेन्ट म्युनिसिपल एफियर्स् अन्तर्गत
उक्त सडकको कार्पेटिङ कार्य आजदेखि आरम्भ भएको नगरपालिका अध्यक्ष रबी प्रधानले
बताएका छन्। कालेबुङ नगरपालिका अध्यक्ष रबी प्रधान अनि क्षेत्रिय नगरपार्षद मुन्ना
लामाको विशेष उपस्थितिमा उक्त कार्यको आरम्भ गरिएको छ।
![]() |
Ravi Pradhan, Chairman Kalimpong Municipality |
अघिबाटै निर्मित उक्त बाटो
आजसम्म अलकत्रा बिच्छाउने कार्य नभएको भन्दै यसपल्ट भने कालेबुङ नगरपालिकाले
अर्बान डेभलभमेन्ट म्युनिसिपल एफियर्स्
मार्फत् उक्त बाटोमा अलकत्रा बिच्छाउने स्वीकृती पाएपछि कार्यको थालनी
गरेको पनि अध्यक्ष प्रधानले बताएका छन्। उक्त कार्यको निम्ति विभागबाट 10 लाख 23
हजार 44 रूपियाँ अनुमोदन भएको बताउँदै उक्त बाटो बनिएपछि लगभग दुईसय भन्दा अधिक
परिवारका मानिसहरूले सुविधा पाउने पनि प्रधानले बताएका छन्।
अर्कोतर्फ बर्षौँ देखि अलकत्रा नबिच्छाएको सडकमा नगरपालिकाले गाँउले
मानिसहरूको हितमा बाटोलाई व्यवस्थित बनाउने कार्य गरेपछि सम्पूर्ण गाउँका मानिसहरू
खुशी भएका छन्। क्षेत्रका मानिसहरूले नगरपालिका अध्यक्षको कुशल कार्यशैलीको कारण
यसरी बाटोमा अलकत्रा लागेर सुविधा उपभोग गर्न पाएको भन्दै उनीहरूले आभार प्रकट पनि
गरेका छन्।
अर्कोतर्फ कालेबुङ नगरपालिका क्षेत्रका क्षेत्रका आर्थिक बिपन्न परिवारका
सदस्यहरूका निम्ति प्रधानमन्त्री आवास योजना अन्तर्गत 3 सयवटा घर निर्माणको
स्वीकृती दिएको अध्यक्ष रबी प्रधानले बताएका छन्। आर्थिक बिपन्न परिवारका
मानिसहरूको घर निर्माणार्थ आफुहरूले सरकारलाई पत्रचार गरेपछि 3 सयवटा स्वीकार भएर
आएको अनि उक्त परिवारका सदस्यहरूको आजै देखि बैंकमा खाता खोल्ने कार्य आरम्भ भएको
पनि अध्यक्ष प्रधानले जानकारी दिएका छन्।
उक्त घर निर्माणको निम्ति सरकारले 4 लाख
20 हजार रूपियाँ उपभोक्ताको बैंक खातामा हालिदिने अनि उपभोक्ताले 25 हजार आफ्ना
बैंक खातामा लगाउनुपर्ने रहेको पनि उनले बताएका छन्। उनले नगरपालिका क्षेत्रका
आर्थिक बिपन्न परिवारका मानिसहरूलाई घर निर्माणको निम्ति प्रत्येक वार्डका
नगरपार्षदहरूले चिन्हित गरेको अनि मोठ 7 हजार मानिसहरू चिन्हित गरिए पनि प्रथम
चरणमा केवल 3 सय जना मानिसहरूको घर स्वीकृत भएको उनले स्पष्ट पारेका छन्।
No comments:
Post a Comment