गोजमुमो बिमल गुटक विद्यार्थी मोर्चा अध्यक्ष तृणमूल कङ्ग्रेसमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 24, 2018

गोजमुमो बिमल गुटक विद्यार्थी मोर्चा अध्यक्ष तृणमूल कङ्ग्रेसमा सामेल


गफसफ.com, कालेबुङ 24 मई।

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (बिमल गुट) कालेबुङ जिल्ला समितिका पूर्व अध्यक्ष तेञ्जिङ कुफेल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पहाडमा शान्ति र बिकासको निम्ति तृणमूल कङ्ग्रेसको कार्यलाई मनपराएर उनी तृणमूल काङ्ग्रेसमा सामेल भएको बताएका छन्। 



यसक्रममा कुङ्फेलले पनि सन् 1986 को गोर्खाल्याण्ड आन्दोलन देखि 2007 र 2017 को गोर्खाल्याण्ड आन्दोलनले पनि कुनै उपलब्धि ल्याउन नसकेपछि आखिरमा आफु बिकासको पक्षमा तृणमूल कङ्ग्रेसमा सामेल भएको तेञ्जिङ कुङ्फेलले घोषणा गरेका छन्। पहाडमा कि गोर्खाल्याण्ड हुनपर्छ कि बिकास हुनपर्छ। यहाँ जनताले जे जति गर्नु थियो त्यो सबै गरे। तर, गोर्खाल्याण्ड हुन सकेन। हामीले अस्सिको दशकदेखि 2017 सम्म गोर्खाल्याण्ड आन्दोलन गरेका हौँ। केही नभएपछि अब राज्य सरकारले यहाँ बिकास नै गर्नसक्छ भन्ने बुझेपछि बिकासकै निम्ति तृणमूल कङ्ग्रेसमा सामेल भएको हुँतेञ्जिङ कुङ्फेलले भने।

No comments:

Post a Comment

Post Bottom Ad