गफसफ.com, कालेबुङ 9 मई।
ईन्डियन ग्यास कम्पनीको गाडी दुर्घट्ना हुँदा वाहनका चालक टेकबहादुर गुरुङ अनि खलासी गौरभ छेत्रीको
मृत्यु भएको छ। उक्त घट्ना राष्ट्रिय राजमार्ग 10 अन्तर्गत लोहापुल नजिक भएको हो। सिलिन्डर ग्यासको लोड लिएर
सिलगडीबाट कालेबुङ तर्फ आइरहेको WB 73C 3530 नम्बर भएको उक्त वाहन लोहापुल नजिक आइपुग्दा बाटोबाट लगभग 2 सय फिट तल झरेर रियाङ खोलामा पुगेको छ।

वाहनका चालक अनि खलासी दुवै सालुगडा निवासी रहेको जानकारी प्राप्त
भएको छ। दुर्घट्नाको जानकारी पाउन साथ रम्बी पुलिस पोस्टका पुलिसकर्मीहरू घट्ना
स्थलमा पुगेका थिए भने कालेबुङ अग्निसमन विभागका कर्मचारीवर्ग पनि घट्ना स्थलमा
पुगेर उद्धार कार्यमा जुटेका थिए। विशेष गरेर ग्यास सिलिण्डर दुर्घट्नाको कारण
बिस्फोट भएर अझ भयङ्कर दुर्घट्ना हुने सम्भावना रहेको कारण उद्धार कार्यमा
अग्निसमन विभागका कर्मीहरू जुटेका थिए। दुर्घट्नाको वास्तविक कारण के हो भन्ने
पत्तो लाग्न नसके पनि बिहानीपख पानी परिरहेको अवस्थामा धुम्मको कारण बाटो समेत
राम्रो देख्न नसक्दा नै उक्त दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ।
No comments:
Post a Comment