टिस्टा नदीमा राफ्टिङ दुर्घट्ना; उत्तरप्रदेशका पर्यटकले गुमाए आफ्नो ज्यान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 9, 2018

टिस्टा नदीमा राफ्टिङ दुर्घट्ना; उत्तरप्रदेशका पर्यटकले गुमाए आफ्नो ज्यान


गफसफ.com, कालेबुङ 9 मई।

टिस्टा नदीमा राफ्टिङ दुर्घट्ना हुँदा एकजना पर्यटकको मृत्यु भएको छ भने एकजना घाइते भएको छ। उत्तरप्रदेशको मुजफ्फरपुरबाट घुम्न आएका पर्याटकहरू टिस्टा नदीमा राफ्टिङ खेल्दा उक्त दुर्घट्ना भएको हो। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने किर्ने नजिकबाट मोठ 6 जना पर्याटकहरू टिस्टा नदीमा राफ्टिङ खेल्न पुगेका थिए। नदीको पानीमा राफ्टिङको आनन्द लिन आएका पर्याटकहरूले धेरैबेर आनन्द लिन पाएनन्। 
FILE PHOTO


किर्ने नजिकबाट उनीहरूको राफ्टिङ सुरु हुन साथ केही तलतिर पुग्दा नदीको द्रुत बहावमा पर्दा दुर्घट्ना भएको थाह लागेको छ। अचानक नदीको बहाव द्रुतहुनका साथै छालमा राफ्टिङ पर्दा पर्याटकहरूसँगै राफ्टिङ पल्टेको थियो। अचानक राफ्टिङ पल्टेपछि उत्तर प्रदेश मुजफ्फरपुर निवासी रोशन सिंह (38) को मृत्यु भएको छ भने उनकी पत्नि वंशीका सिंह गम्भीर घाइते भएकी छन्। राफ्टिङमा सवार अन्य 4 जना पर्याटकहरू भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। राफ्टिङ नदीको छालमा परेर पल्टेपछि रोशन सिंहले पानी धेरै खाएको कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त घट्ना आज बिहान लगभग 11 बजे भएको हो भने अन्य पर्याटकहरूलाई भने सकुशल बाहिर निकाल्न सक्षम भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad