भेट्टाइयो पद्मजा नाइडुको समाधी, जीटीएले संरक्षण गर्ने विनय तामाङले गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 8, 2018

भेट्टाइयो पद्मजा नाइडुको समाधी, जीटीएले संरक्षण गर्ने विनय तामाङले गरे घोषणा


गफसफ.com,  दार्जीलिङ 7 मई।

पश्चिम बङ्गालकी प्रथम महिला राज्यपाल पद्मजा नाइडुको समाधी 3 हजार 70 फिट उचाई रहेको मानेभञ्ज्याङदेखि 11 किलोमिटर टाडा टङ्लुमा फेला परेको छ। 2 मई 1975 मा दिल्लीमा निधन भएको पद्मजा नाइडुको शवललाई टङ्लुमा राजु थापाका बाजे कितापसिंह थापा जीवित रहँदा उनै उपस्थितिमा अस्तु ल्याएर यहाँ ल्याएर राखिएको बताइएको छ। जसको आजसम्म कसैले पर्वाह समेत गरेको थिएन। 


यतिका वर्षसम्म पश्चिम बङ्गालकी प्रथम महिला राज्यपालको समाधीलाई कसैले पत्तो लगाउने कार्य गरेको थिएन भने जीटीए अध्यक्ष विनय तामाङले स्थानीय मानिसहरूको सहयोगमा उक्त समाधिलाई पत्तो लगाएका छन्। जसलाई सरक्षण गर्ने घोषणा पनि गरेका छन्। उनले पहिलो महिला राज्यपाल पद्मजा नाइडुको समाधी पत्तो लगाएपछि खदा चढाएर श्रद्धाञ्जली चडाएका थिए भने आगमी दिनमा चाँडै उक्त समाधीलाई जीटीएको पक्षबाट निर्माण गरेर संरक्षण गर्ने घोषणा गरेका छन्।

हालसम्म दार्जीलिङ पहाड़का जनता अनि क्षेत्रीय प्रशासन सञ्चालन गर्ने नेताहरू कसैलाई पनि टङ्लुमा राज्यकी प्रथम महिला राज्यपाल पद्मजा नायडुको समाधि छ भन्ने थाह पाएका थिएनन्। आज यसको जानकारी हासिल भएपछि जीटीएले पनि यसबारे आफ्नो कर्तव्य बहन गर्ने दायित्व बनेको छ। पद्मजा नायडुको यो समाधिलाई आकर्षण ढङ्गमा निर्माण गरिनेछजीटीए अध्यक्ष विनय तामाङले अझ भने – ‘यहाँ घुम्न आउने स्वदेशी-विदेशी पर्यटकहरूले देशका सबैभन्दा अधिक समयसम्म राज्यपालको कार्यभार निर्वाह गर्ने महिला राज्यपालको इतिहास पनि जान्न सकुन् अनि उनीप्रति दार्जीलिङ पहाड़ले देखाएको सम्मान पनि बुझुन्।

यसैक्रममा टङ्लु निवासी राजु थापाले लगभग 40 वर्षअघि आफ्ना बाजे टङ्लुस्थित गेस्ट हाउसको केयरटेकर हुँदा राज्यका अधिकारीवर्गले पद्मजा नाइडुको अस्तु ल्याएर उक्त स्थानमा राखेको जानकारी गराएका छन्।

21 वर्षको सानै उमेरमा राजनीतिमा प्रवेश गरेकी पद्मजा नायडुको जन्म हैदरावादमा 17 नोभेम्बर 1900-को दिन उत्तर प्रदेशकी पूर्व राज्यपाल सरोजिनी नायडुको कोखबाट भएको थियो। जसले भारत स्वतन्त्रताअघि सन् 1942-मा अंग्रेज शाषकहरू विरूद्ध भारत छोड़ो आन्दोलनमा पनि भाग लिएकी थिइन्। जसको कारण उनी जेल पनि परेकी थिइन्। यसको लगभग 5 वर्षपछिनै भारत स्वतन्त्र भयो अनि उनलाई पश्चिोम बंगालकी राज्यपाल बिनाइएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad