नगरपालिकाले मुख्यमन्त्रीको स्वागतमा दिउँसै लगायो सडकमा झाडु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 28, 2018

नगरपालिकाले मुख्यमन्त्रीको स्वागतमा दिउँसै लगायो सडकमा झाडु

गफसफ.com, कालेबुङ 28 मई।

मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आइपुग्न केही घण्टा बाँकी रहेको छ। उनी 5 दिवसीय कालेबुङ भ्रमणमा आज आइपुग्नेछिन्। उनको स्वागतको सम्पूर्ण तयारी भइसकेको छ। उनको स्वागतकै निम्ति कालेबुङ नगरपालिकाले प्रथमपल्ट शहरको सडकमा दिउँसै झाडु लगाएको छ। 


मुख्यमन्त्रीको कालेबुङ आगममा शहरको बाटो सफा देखाउनलाई नगरपालिकाले दिउँसै सफाई कर्मचारीवर्ग लगाएर सडकका मैलाहरू सफाई गरेको हो। नगरपालिकाले यहाँको 8 माइल स्थित पेट्रोल पम्प देखिनै झाडु लगाएर सडक सफा गरेको छ। सडकका छु कुनामा रहेको सम्पूर्ण मैला अनि फुटपाथहरूलाई पूर्णरूपले बडालेर सफा गरेको छ। कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानको विशेष सक्रियतामा उक्त बाटो सफाई गर्ने कार्य भएको हो।

कुनै पनि मुख्यमन्त्रीको कालेबुङ आगमनमा नगरपालिकाले दिउँसै झाडु लगाएर सडक सफाई गर्ने कार्य सायदै गरेको छ। यसभन्दा अघि पनि उनी कालेबुङ आएकी हुन्। जीटीएको चौकिमा बिमल गुरुङ आसिन हुँदा अनि बिमल गुरुङ आफ्नै नेतृत्वमा भव्यतासँग स्वागत हुँदा पनि यसरी नगरपालिकाले दिउँसै सडकमा झाडु लगाएर सफाई गर्ने कार्य भने गरेको देखिएको थिएन। यसपल्ट भने नगरपालिकाले मुख्यमन्त्रीलाई स्वागत गर्नका निम्ति कुनै कसरत बाँकी राखेको छैन भन्ने कुरा दिउँसै झाडु लगाएको घट्नाले पनि प्रस्ट बनेको छ।

उसै त कालेबुङ नगरपालिकामा सफाई कर्मीहरू दैनिक सफाईको कार्य गर्ने गर्दछन्। उनीहरूले शहरमा साँझ अनि बिहान सफाईका कार्यहरू गर्छन् भने दिउँसो झाडु लगाउने कार्यहरू भने गर्दैनन्। यसपल्ट मुख्यमन्त्रीको आगमनमा दिउँसै सडकमा झाडु लगाएर नगरपालिकाले सफाईको क्षेत्रमा एउटा किर्तिमान नै कायम गरेको छ भन्न सकिन्छ।

प्रस्तुत छ दिउँसै झाडु लगाएका फोटो फिचर :-




No comments:

Post a Comment

Post Bottom Ad