मङ्पूमा रविन्द्र जयन्ति भव्यताको साथ पालन, जीटीए अध्यक्ष विनय तामाङले चढाए श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 9, 2018

मङ्पूमा रविन्द्र जयन्ति भव्यताको साथ पालन, जीटीए अध्यक्ष विनय तामाङले चढाए श्रद्धाञ्जली


गफसफ.com, मङ्पू 9 मई।

विश्वकवि रविन्द्रनाथ ठाकुर 21 मई 1938 का दिन पहिलोचोटी मङ्पू आउँदा यहाँको सिरेल बङ्ग्लोमा बसेका थिए। जुन बङ्ग्लो 86 को गोर्खाल्याण्ड आन्दोल अवधी सामाजिक कुतत्वहरूले जलाए। अहिले त्यस बङ्ग्लोको भग्नाशेष मात्र बाँकी छन्। जीटीएले त्यस ऐतिहासिक बङ्ग्लोलाई संरक्षण गरेर नयाँ रूप दिनेछ। हामी यसका निम्ति मुख्यमन्त्री ममता ब्यानरजी समक्ष पनि अनुरोध गर्नेछौँउक्त कुरा विनय तामाङले मङ्पूमा आयोजित विश्वकवि रविन्द्रनाथ ठाकुरको 157औँ जन्म जयन्ति कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।
रविन्द्रनाथको सालिगमा माल्यर्पण गर्दै विनय तामाङ 


सूचना एवम् सांस्कृतिक विभाग, जीटीको आयोजनामा मङ्पूमा अवस्थित रवीन्द्र सङ्ग्राहलयमा 157 औँ रविन्द्रनाथ जयन्ती समारोहमा जीटीए अध्यक्ष विनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थिर रहेका थिए। यस अवसरमा तामाङले कवि रविन्द्रनाथ ठाकुरको प्रतिमालाई माल्यअर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा दार्जीलिङ जिल्लापाल जोयोसी दासगुप्त, सिन्कोना निर्देशक डा. सामुएल राई विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए भने तक्दाह खण्ड विकाश अधिकारी साथै सुचना एवम सांस्कृतिक विभागका अधिकारी भानुकान्त घिसिंग, सारदा सुब्बा आदिको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विनय तामाङले विश्वकवि रविन्द्रनाथले पाइला टेकेको मङ्पूको ऐतिहासिक बङ्गोलाई धरोहरको रूपमा स्थापित गर्नका निम्ति जिल्ला शाषकले पनि आफ्नो पक्षबाट पहल गर्ने अपिल गरेका छन्। उनले आफ्नो सम्बोधनमा रविन्द्रनाथ ठाकुरले मङ्पूसँगै पहाडप्रति लगाएका गुणहरूको खुलेर प्रशंसा पनि गरेका थिए। उनले जीटीएको पक्षबाट ऐतिहासिक धरोहरलाई संरक्षण र सम्वर्द्धनको कार्य गर्ने पनि कार्यक्रमलाई सम्बोधन गर्दै मानिसहरूलाई बताएका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित डा. सामुएल राईले सिन्कोना सङ्राहलयको मरमती कार्यले पर्याटकहरू घुम्न नसकेको भन्दै अब उक्त मरमती कार्य भएकोले पर्यटकहरू घुम आउन सक्ने बताएका छन्। कार्यक्रममा राज्यसभा सांसद शान्ता छेत्रीले पठाएका श्रद्धाञ्जली सन्देश किरण ब्लोनले पठन गरेका थिए। कार्यक्रममा रविन्द्र सङ्ग्राहलयका केयरटेकर शिशिर रावतलाई जीटीए अध्यक्ष विनय तामाङको बाहुलीबाट सम्वर्द्धना पनि जनाईएको थियो।

कार्यक्रममा कलकता अनि सिलिगुडीबाट आएका कलाकारहरूले नृत्यहरु प्रस्तुत गरे भने सुचना एवम सांस्कृतिक विभाग जीटीएका कलाकारहरु हिरा रसाइली, विजय राई, बिकाश राई, पदम बराइली आदिले रबिन्द्र संगीत साथै भजन आदि प्रस्तुत गरेका थिए।

स्मरण रहोस्, विश्वकवि रविन्द्रनाथ ठाकुरले मङ्पूमा चारचोटी भ्रमण गरेका थिए। भारत स्वतन्त्र हुन अघि उनी 21 मई 1938 का दिन पहिलोचोटी मङ्पू आएका थिए। मङ्पूको प्राकृतिक सुन्दरताले मोहित बनेका कवि रविन्द्रनाथ ठाकुरले सन् 1940 मा आफ्नो जन्म जयन्ती मङ्पूमा नै पालन समेत गरेका थिए। उनले त्यसबेला मङ्पूमा बस्दा एकाधिक कविता रचेका छन् भने धेरै चित्रहरू पनि कोरेका छन्। जसलाई आजपर्यन्त सुरक्षित गरेर मङ्पूर्वासीले संरक्षण गरेका छन् भने।

No comments:

Post a Comment

Post Bottom Ad