कामी बोर्डमा भ्रष्टचारको आरोप: उपाध्यक्ष यकिन लामिछानेले भने ‘बेनिफिसरीको एकाउन्टमा पैसा हाल्नै पर्छ भनेर ग्याजेटमा लेखेको छैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 8, 2018

कामी बोर्डमा भ्रष्टचारको आरोप: उपाध्यक्ष यकिन लामिछानेले भने ‘बेनिफिसरीको एकाउन्टमा पैसा हाल्नै पर्छ भनेर ग्याजेटमा लेखेको छैन’


गफसफ.com, कालेबुङ 8 मई।

बोर्डमा कानुन त कामीले बनाउँछ। कानुन बनाउँने हामी छौँ। ग्याजेटमा त के-के छ छ। ग्याजेटमा त बेनिफिसरीको एकाउन्टमा पैसा हाल्दिनु, बेनिफिसरीले पाउनै पर्छ भन्ने पनि लेखेको छैनउक्त कुरा पश्चिम बङ्गाल कामी विकास बोर्डका उपाध्य यकिन लामिछानेले भनेका हुन्। उनले अहिले कामी विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले व्यापक भ्रष्टचार गरिरहेको आरोपबारे आफ्नो स्पष्टिकण दिँदै अझ भने – ‘ग्याजेटमा त घर बनाउनु आको पैसा कल्चरल डेभलभमेन्टको निम्ति पनि चलाउनु भनि लेखेको छ। आफ्नो संस्कृति बचाउनु भनेर पनि लेखेको छ।




पश्चिम बङ्गाल सरकारले पहाडमा गठन गरेका 15 वटा विकास बोर्डहरू मध्ये कामी विकास बोर्डमा ब्यापक भ्रष्टचारको आरोप लागिरहेको छ। वोर्डका सदस्यहरूले नै बोर्डभित्र भ्रष्टचार भएको आर.टी.आई मार्फत् भ्रष्टचारको खुलासा गरेपछि यो विवादले रोकिने कुनै छाँट लिएको छैन। यस्तो अवस्थामा सोम्बार कामी बिकास बोर्डबाट घर निर्माणको निम्ति पारित भएर पनि घर नबनिएकाहरू आएर जिल्लापाललाई भेट गरेर ज्ञापन चडाउँदै भ्रष्टचारको पोल खोलेपछि विवाद झन् लम्बिन्दै गइरहेको छ। यस्तो अवस्थामा बोर्डका उपाध्यक्षले आज आफ्नो पक्षबाट भ्रष्टचारको आरोपबारे आफ्नो स्पष्टिकरण दिएका हुन्।

बोर्डका उपाध्यक्ष यकिन लामिछानेले स्पष्टिकरण दिने क्रममा बोर्डभित्र कुनै भ्रष्टचार नभएको दाबी गरेका छन्। उनले एउटाको नाउँमा पारित भएको घर अर्को व्यक्तिको निम्ति निर्माण हुनुलाई भ्रष्टचार होइन भने। डाइभर्ट हुनु भनेको भ्रष्टचार होइनयकिन लामिछानेले भने। आफुहरूले भ्रष्टचार गरेको भए भ्रष्टचारको आरोप लगाउनेहरूलाई भ्रष्टचारकै पैसाले मुख बुच्चाउन सक्ने बयान दिन समेत उनी पछि परेनन्। आज कामी बिकास बोर्डमा पक्कै भ्रष्टचार भएको हो भने मिडिया यहाँसम्म कहाँ आइपुग्यो र? साथीभाइलाई कमाएको पैसा अलि-अलि दिने थिए। त्यसपछि चुपचाप बस्थे होलान् तउपाध्यक्ष लामिछानेले आफुलाई भ्रष्टचारि होइन भन्ने दाबीको साथमा भने।

पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उनले बोर्डमा भ्रष्टचारको आरोप लगाउनेहरूको कुनै आधार नरहेको दाबी गर्दै आरोप लगाउनेहरूलाई क्षेत्रीय राजनीति गर्नेहरूले उक्साउने कार्य गरिरहेको आरोप समेत लगाए। यद्यपी उनले क्षेत्रीय राजनीति गर्नेहरू भनेर कुनै राजनैतिक दलको नाउँ भने लिएनन्। उनले बोर्डभित्र भ्रष्टचार छैन भन्ने दाबी गर्दै बबिता दियालीको घर बोर्डबाट पारित भएर निर्माण नहुनु चाहिँ उनीभन्दा धेर आवश्यक्ता भएको व्यक्तिलाई डाइभर्ट गरेर दिएको जानकारी गराए। यद्यपी उनले उक्त डाइभर्ट गर्नुलाई भ्रष्टचार हो भनि स्वीकार भने गर्न चाहेनन्।

बबिता दियालीको घर पास भएको हो। हामीले उक्त घर पारित भएपछि त्यो काजगपत्र खर्साङ समितिलाई पठाएका थियौँ। तर त्यहाँ बबिता दियाली भन्दा अझ धेर आवश्यक्ता भएको ऐता लोहार निस्केपछि उनको घर ऐता लोहारलाई डाइभर्ट गरेर बनाइदिएका छौँलामिछानेले भने। उनले उक्त मुद्दा ठूलो होइन भन्दै यसपल्ट घर निर्माण हुनेहरूको सूचीमा ऐती लोहारको नाउँ पसेको अनि उक्त घर बबिता दियालीलाई बनाइदिने पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad