मत्स्य विभागद्वारा जनजाति मानिसहरूलाई माछाको भुर्रा वितरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 8, 2018

मत्स्य विभागद्वारा जनजाति मानिसहरूलाई माछाको भुर्रा वितरण


गफसफ.com, कालेबुङ 8 मई।

जनजाति समुदायका माछा पालकहरूलाई मत्स्य पालन विभागले माछाका भुर्राहरू वितरण गरेको छ। कालेबुङ जिल्लाको खण्ड-1 अन्तर्गत रहेका मोठ 75 जना जनजाति समुदायका मत्स्य पालकहरूलाई आज माछाका भुर्राहरू वितरण गरिएको हो। 



ट्राइबल सब प्लान अन्तर्गत कालेबुङ खण्ड -1 क्षेत्रका मोठ 75 जना माछा पालकहरूलाई माछाका भुर्राहरूसँगै चुना वितरण गरिएको विभागका सह-निर्देशक सोनाम छेवाङले जानकारी दिएका छन्। कालेबुङ खण्ड-1 का खण्ड विकास अधिकारी दिपन्जन नासकारको विशेष उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उक्त माछाका भुर्राहरू वितरण गरिएको हो। 

अप्पर कार्ट रोड स्थित मत्स्य पालन विभागको कार्यलयमा आयोजित कार्यक्रममा खण्ड-1 का माछा पालकहरू उपस्थित रहेका थिए। यस अवसरमा उनीहरूलाई माछा पालन सम्बन्ध्ति तक्निकी जानकारी पनि दिइएको थियो। तक्निनी जानकारी प्रदान गरेपछि जनजाति समुदायका माछा पालकहरूलाई स्वनिर्भर बनाउनका निम्ति सरकारको योजना अन्तर्गत माछाका भुर्राहरू वितरण गरिएको सोनाम छेवाङले जानकारी दिएका छन्। उनले माछा पालनले मानिसहरूलाई आर्थिक सबलता ल्याउन सहयोग पुर्‍याउने भन्दै माछा पालकहरूलाई प्रोत्साहन प्रदान गर्न नै यसरी भुर्राहरू वितरण गरेको बताएका छन्। उक्त कार्यक्रममा खण्ड विकास अधिकारी दिपन्जन नासकार, फिसेरी एक्सटेन्सन अधिकारी मेघा लह्मु भोटिया आदि उपस्थित रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad