गोरामुमो भन्यो - ‘गोजमुमोको जीटीए ममता ब्यानर्जीको कम्पोज हो’, दुई दलमा बड्दैछ वाकयुद्ध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 5, 2018

गोरामुमो भन्यो - ‘गोजमुमोको जीटीए ममता ब्यानर्जीको कम्पोज हो’, दुई दलमा बड्दैछ वाकयुद्ध


गफसफ.com, कालेबुङ 5 मई।

‘जीटीए ममता ब्यानर्जीको कम्पोज हो। जसलाई पिन्टेल भिलेजमा बनाइएको हो। यो कुनै पनि समय खारेज गर्न सकिन्छ। तर दागोपाप विधानसभामा पारित गरेर बनाइएको संवैधानिक व्यवस्था हो। यदि दागोपापलाई खारेज गर्न परे केन्द्र सरकार, राज्य सरकार र गोरामुमो पार्टी बसेर हस्ताक्षर गर्नुपर्छ’ उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ टाउन कमिटिका प्रमुख प्रविण शाक्यले भनेका हुन्। उनले केहीदिन अघि गोजमुमो पार्टीले दागोपाल र जीटीए एउटै हो भनि समाचार प्रकाशमा आएको भन्दै गोजमुमो पार्टीले जीटीएलाई दागोपापसँग तुलना नगर्ने सुझाव नै दिएक। ‘दागोपाप संवधानिक हो, जीटीए जस्तो पिन्टेल भिलेजमा बनिएको व्यवस्था होइन’ उनले अझ भने।
प्रविण शाक्या अनि सन्तोष राई


अहिले गोरामुमो अनि गोजमुमो माझ वाक युद्ध सुरू भएको छ। गोरामुमो प्रवक्ता निरज जिम्बाले ‘जीटीए हटाउ दागोपाप फर्काउ’ भनेपछि वाक युद्ध सुरु भएको हो। जिम्बाले जीटीएमा व्यापक भ्रष्टचार र भाइभतिजावाद समेत भएको आरोप लगाएपछि गोजमुमोले पनि गोरामुमोको विरोध गरिरहेको छ। यसका साथै दुवै दलमा वाक युद्ध नै छेँडिएको छ। गोरामुमो र गोजमुमो माझको वाक युद्ध अहिले पोस्टर युद्धमा समेत पुगेको छ। दुवै दलले एकार्कको खोइरो खन्दै शहरमा पोस्टरिङ समेत गरिरहेको छ।



कालेबुङ शहरमा गोरामुमो पार्टीले पोस्टरिङ गरेपछि टाउन कमिटिका प्रमुख प्रविण शाक्याले दागोपाप जीटीए भन्दा धेरै क्षमतावान भएको दाबी समेत गरे। उनले जीटीएलाई गोजमुमो नेताहरूले गोर्खाल्याण्ड सम्म पुग्ने सिँढी भनि बयान दिएको स्मरण गराउँदै जनताले खारेज गरेको जीटीएमा अहिले नेताहरू चौकिमा बसेको पनि आरोप लगाएका छन्। ‘जीटीएको गोर्खाल्याण्ड पुग्ने सिँढी हो भन्नेहरूले नै खेस्रा जलाएका हुन्। आज त्यहीँ खेस्रा जलाउनेहरू जीटीको चौकिमा बसेका छन्’-शाक्याले भने।

अर्कोतर्फ यता गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ जिल्ला समितिका अध्यक्ष सन्तोष राईले गोरामुमोलाई 21 वर्षसम्म भ्रष्टचार गर्‍यो भनेर गोजमुमोले आरोप लगाएको भन्दै उल्टै गोजमुमोले व्यापक भ्रष्टचार गरेको आरोप लगाएका छन्। यसक्रममा उनले गोरामुमो पार्टीले परमनेन्ट सल्युसनको माग गरिरहेको भन्दै गोजी भर्ने राजनीति नगर्ने गोजमुमो नेताहरूलाई सुझाव दिएका छन्। ‘हामी दिर्घकालिन समाधान चाहन्छौँ। गोजी भर्ने राजनीति गर्ने कार्य बन्द गर्नुपर्छ’ सन्तोष राई गोजमुमो पार्टीप्रति कटाक्ष गर्दै भने।


No comments:

Post a Comment

Post Bottom Ad