मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनमा; सत्तासिन गोजमुमो पार्टीले भव्य स्वागत गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 22, 2018

मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनमा; सत्तासिन गोजमुमो पार्टीले भव्य स्वागत गर्ने

गफसफ.com, कालेबुङ 22 मई।

14 फरवरी 2017 का दिन कालेबुङ जिल्ला गठनको औपचारिक घोषणा गरेर कोलकोता फर्केकी मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ जिल्ला भएपछि पहिलो भ्रमणमा यसै महिना आउने भएकी छन्। यसचोटी कालेबुङ आउँदा मुख्यमन्त्री ममता ब्यानर्जीलाई सत्तासिन राजनैतिक दल गोजमुमोले भव्य स्वागत गर्ने भएको छ। मुख्यमन्त्रीलाई कालेबुङमा पार्टीले भव्य स्वागत गर्ने प्रवक्त भुवन खनालले जानकारी दिएका छन्।



उनी पहाडमा गठन गरिएका 15 वटा बिकास बोर्डहरूद्वारा संयुक्त रूपमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी बन्न कालेबुङ आउने भएकी छन्। सम्भवत: उनी आगमी 28 मईका दिन कालेबुङ आइपुग्नेछन् भने 29 मईको दिन कार्यक्रममा सहभागी बनी 30 मईको दिन कोलकोता फर्किने सम्भावना रहेको छ।

गोजमुमो पार्टीका महासचिव अनित थापाको उपस्थितिमा वैठक बसेर मुख्यमन्त्रीलाई स्वागत गर्ने निर्णय लिएको प्रवक्ता भुवन खनालले जानकारी दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जी यसै महिना कालेबुङ आउने सम्भावना छ। उनको कालेबुङ आगमनमा गोजमुमोले सेभोकदेखि कालेबुङसम्म विभिन्न स्थानहरूमा स्वागतद्वारहरू निर्माण गरेर स्वागत गर्ने निर्णय गरिएको छभुवन खनालले भने। यसक्रममा उनले सेवकदेखि टिस्टा, चित्रे लगायत अन्य स्थानह्रूमा मोर्चा कार्यकर्ताहरूले स्वागत गर्दै कालेबुङ ल्याउने भएको पनि जनाएका छन्।

बिमल पक्षमा समष्टि अध्यक्ष बिनय गुटमा सामेल

गोजमुमो बिमल गुरुङ पक्षका 33 नम्बर समष्टिका पूर्व अध्यक्ष बिक्की सुब्बा बिनय पक्षमा सामेल भएका छन्। प्रवक्ता भुवन खनालले यसबारे जानकारी दिएका छन्। कालेबुङ भ्रमणमा आएका मोर्चा सचिव अनित थापाले उनलाई पार्टीमा स्वागत गरेको जानकारी खनालले दिएका छन्। पूर्व 33 नम्बर समष्टि अध्यक्ष बिक्की सुब्बा बिनय तामाङ अनि अनित थापा ज्युको नेतृत्वलाई मनपराएर पार्टीमा सामेल भएका छन्। उनलाई महासचिव अनित थापाले औपचारिक स्वागत जनाएका छन्खनालले भने।

भूमीहिनहरूलाई भूमी

सरकारको नीजि गृह नीजि भूमीयोजना अन्तर्गत भूमीहिनहरूलाई भूमि प्रदान गर्न जीटीएले एउटा अधिसूचना जारी गरेर आफ्नो जमिनको मालिकाना हक दिलाउने प्रयास गरेको प्रवक्त भुवन खनालले जानकारी दिएका छन्। जीटीए अध्यक्ष बिनय तामाङले यसबारे अधिसूचना जारी गरेको बताउँदै निर्धारित तारिकमा आफ्नो जमिन नभएका मानिसहरूले आवश्यक दस्तावेजको आधारमा सम्बन्धित खण्ड बिकास कार्यालयमा आवेदन जम्मा गर्नुपर्ने उनले बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad