कालेबुङको दलपचन्दमा एकैसाथ पाँचवटा कार्यहरूको शिल्यान्यास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 22, 2018

कालेबुङको दलपचन्दमा एकैसाथ पाँचवटा कार्यहरूको शिल्यान्यास


गफसफ.com, कालेबुङ 22 मई।

कालेबुङ जिल्लाको अलगडा खण्ड अन्तर्गत दलपचन्दमा पाँचवटा विकास कार्यहरूको एकसाथ शिल्यान्यास गरिएको छ। जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष अनित थापाको विशेष उपस्थितिमा उक्त पाँचवटा योजनाहरूको एकसाथ शिल्यान्यास गरिएको हो। उक्त पाँचवटा शिल्यान्यास गरिएको कार्यहरूका निम्ति मोठ 7 करोड 12 लाख 17 हजार 1 सय 77 रूपियाँ अनुमोदन गरिएको छ।



धार्मिक अनुष्ठानको साथमा पूजा अर्चना गरेपछि उक्त कार्यहरूको विधिवत शिल्यास गरिएको थियो। ग्रामीण क्षेत्रका मानिसहरूलाई यातायातको सुविधा पुर्यारउन जीटीएको पक्षबाट बाटो निर्माण कार्यको शिल्यान्यास गरिएको हो। आज शिल्यान्यास गरिएका योजनाहरू क्रमैले 1. राई गाउँदेखि लोवर विद्याङसम्म पुग्ने सडक (3 किलोमिटर), 2. दलपचन्ददेखि क्याप्टन गाउँसम्म पुग्ने सडक (7 सय मिटर), 3. हिमुल डायरीदेखि दाहाल गाउँसम्म पुग्ने सडक (1.25 किलोमीटर), 4. मिरे गोलाइदेखि थापा गाउँसम्म पुग्ने सडक (2.50 किलोमीटर), अनि 5. चार माइल लाभा रोड पाकथाङदेखि रेली पीएचई पम्प हाउससम्म पुग्ने सडक रहेका छन्।

उक्त शिल्यान्यास कार्यक्रममा जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका सदस्य सञ्चबीर सुब्बा, पूर्व सभासद तथा गोजनामो जिल्ला प्रभारी कल्पना तामाङ, पर्याटन विभागक अध्यक्ष सोनाम याखा, अलगडा अभियन्ता विभागकका कार्यकारी अभियन्ता अनिल छेत्री आदिको विशेष उपस्थिति रहेको थियो भने गाउँलेहरू पनि कार्यक्रममा सहभागी बनेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad