अस्पतालमा डाक्टरको पिटाई; विरोधमा डाक्टर-नर्सहरूमा धर्नामा बसेपछि बिरामीहरू समस्यामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 22, 2018

अस्पतालमा डाक्टरको पिटाई; विरोधमा डाक्टर-नर्सहरूमा धर्नामा बसेपछि बिरामीहरू समस्यामा


गफसफ.com, कालेबुङ 22 मई।

कालेबुङ जिल्ला अस्पतालका डाक्टर अभिषेक गौतमलाई सोम्बार केही युवाहरूले अस्पताल परिसरभित्रै कुटपिट गरे। घट्नाको विरोधमा जिल्ला अस्पतालका सम्पूर्ण डाक्टर-नर्सहरूसँगै अन्य कर्मचारीवर्ग धर्नामाबसेका थिए। आपतकालिन सेवा बाहेक अन्य कर्मचारीवर्ग धर्नामा बसेपछि टाडा-टाडबाट बिरामी जाँच गर्न आएका बिरामीहरू अस्पतालको आँगनमा न्यायको माग गर्दै धर्नामा बसेका डाक्टर-नर्सहरू हेरेर फर्कनु परेको थियो।



घट्नाको सुत्रपात के हो ?

घट्ना सोम्बारको हो। जिल्ला अस्पतालका डाक्टर भिषेक गौतम वाहनमा चलाउँदै आफ्नो कार्यमा अस्पताल जाँदै थिए। गर्ल्स हाई स्कुल नजिक पछिबाट बिरामी लिएर आएको एउटा बाहनेल उनलाई पास मागेको थियो। बाटो साँघुरो भएको कारण उनले बाहनलाई पास दिन सकेनन्। त्यसपछि उनी अस्पतामा पुगे। पछिबाट आएका बाहनका केही युवाहरू त्यहीँ झरेर डाक्टर गौतम वाहनबाट ओर्लन नपाई कुटपिट गर्न थाले। यसरी हातपाई गर्नथालेपछि अस्पताल परिसरमा हो-हल्ला मच्चिएको थियो। आरोपीहरू त्यसबेलै चम्पट कसे भने विरोधमा डाक्टर-नर्सहरूले केही कार्य नै गरेनन्। जुन विरोध कार्य आज बिहान देखिनै जारी रह्यो।


धर्नामा बसे डाक्टर-नर्सहरू

सोम्बारको घट्नाको विरोधमा आज सम्पूर्ण डाक्टर-नर्सहरू अस्पताको आँगनमा नै धर्नामा बसेका थिए। जसको कारण बिरामी जँचाउन आएका मानिसहरू जाँच गर्न नपाई फर्कनु परेको थियो। सबै अस्पतालका डाक्टर-नर्सहरू धर्नामा बसेर पिडीत डाक्टरलाई न्याय दिनुपर्ने माग गर्दै धर्नाबसेपछि अस्पताल पसिरर केही तनावपूर्ण बनेको थियो। बिशेष बिरामी जाँच गर्न आएकाहरूको जाँच नभएपछि मानिसहरू आक्रोशित बनिरहेका थिए। यद्यपी स्थितिलाई ध्यानमा राखेर अस्पतालमा पुलिसबल तैनाथ भएको कारण कुनै अप्रिय घट्ना भने हुन पाएन।

डा. विश्वनाथ
जिल्लापाल डा. विश्वनाथले भेट गरे डाक्टरहरूलाई

अस्पतालमा डाक्टर अनि नर्सहरू धर्नामा बसेपछि कालेबुङ जिल्लापाल डा. विश्वनाथले अस्पतालको भ्रमण गर्दै डाक्टरहरूलाई भेट गरेर धर्ना फिर्ता लिने अपिल गरेका थिए। साधारण जनताको समस्यालाई ध्यानमा राख्ने उक्त धर्ना फिर्ता लिइदिने जिल्लापाल डा. विश्वनाथले अपिल गरेका थिए। यसक्रममा उनले आरोपीलाई प्रशासनले कार्वाही गर्ने आश्वासन पनि दिएका छन्। यसक्रममा अस्पताल परिसरमा डाक्टरहरूमाथि कुटपिटको घट्ना निन्दनीय रहनुको साथै यसले कर्मचारीवर्गलाई असुरक्षाको वातावरण सिर्जना गरेको भन्दै सुरक्षा सुनिश्चित गर्नुपर्ने डाक्टरहरूले जिल्लापाल समक्ष माग राखेका थिए। यसका साथै जिल्ला अस्पतालमा पुलिस चेक पोस्टको निर्माण गर्नका साथै 24 घन्टा सुरक्षा गार्डको व्यवस्था गरिनुपर्ने पनि डाक्टरहरूले जिल्लापाल समक्ष माग राखेका थिए। 

यसबारे जिल्लापाल डा. विश्वनाथले उक्त समस्या समाधानको पक्षमा पहल गर्ने आश्वान दिएका छन्। हिजका घट्नामाथि वैठकमा डाक्टरहरूसँग चर्चा गर्यौँ  अनि धर्ना फिर्ता लिने अपिल गरेका छौँजिल्लापाल डा. विश्वनाथले वैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै अझ भने –‘हामी आरोपीलाई कार्वाही गर्नेछौँ।

रोगी कल्याण समितिकी अध्यक्षले पनि भेटे डाक्टर-नर्सहरूलाई

अस्पतालमा डाक्टरहरूले आफ्नो काम बन्द गरेर धर्ना गरेपछि धर्ना फिर्ताको अपिल गर्दै रोगी कल्याण समितिकी अध्यक्षा शिखा राईले अस्पतालकी स्वास्थ्य अधिक्षकलाई भेट गरेकी थिइन्। उनले धर्ना फिर्ता गर्ने अपिल गर्दै आरोपीलाई पुलिस प्रशासनले पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरिन् उनले डाक्टरमाथि कुरटपिटको घट्ना निन्दनीय रहेको बताउँदै प्रशासनले उचित कार्वाही गर्नुपर्ने माग गरिन्।

गोजमुमो नेतृत्ववर्गले पनि भेटे स्वास्थ्य अधिक्षकलाई

डाक्टरमाथि कुटपिटको विरोधमा धर्नामा बसेका सम्पूर्ण अस्पतालका कर्मचारीवर्गलाई धर्ना फिर्ताको अपिल गर्दै गोजमुमो नेतृत्ववर्गले अस्पतालका स्वास्थ्य अधिक्षकलाई भेट गरेका थिए। गोजमुमो कालेबुङ जिल्ला समितिका सचिव गायत्री मुखियाको नेतृत्वमा गएको टोलिले आरोपी व्यक्तिलाई पक्राउको माग गर्दै साधारण जनताको हितमा धर्ना फिर्ताको अपिल गरेका थिए। 

72 घण्टाको समय तोकेर फिर्ता भयो धर्ना

पिडीत डाक्टरले न्याय पाउनुपर्ने मागमा बसेको धर्ना आखिरमा मध्य दिँसो 1:30 बजेदेखि फिर्ता गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीवर्गको वैठकपछि जारी धर्नालाई फिर्ता लिँदै अस्पतालका सम्पूर्ण कार्यहरू सूचारू गरिन्छ। साधारण जनताको सुविधाको निम्ति यो धर्नालाई अस्थायी रूपमा फिर्ता गरिएको हो। जिल्लापाल, राजनैतिक दलका प्रतिनिधीवर्ग अनि जनप्रतिनिधीको अनुरोधलाई मान्य गरेर यो धर्ना फिर्ता लिइएको होस्वास्थ्य निरिक्षक अङ्कन सिम्लाङदीले धर्ना फिर्ता लिइएको घोषणा गर्दै भने।

हामी तीनवटा माग गर्दछौँ। पहिलो आरोपी व्यक्तिलाई झट्ट पक्राउ गरेर कानुनी कार्वाही गरिनुपर्नेछ। दोस्रो अस्पताल परिसरमा 24 घण्टा नै सुरक्षा दिने पुलिस चेकपोस्ट निर्माण गर्नुपर्नेछ अनि तेस्रो अस्पताल परिसरमा अव्यवस्थित पार्किङ बन्द गर्दै निषेध गरिएका वाहनहरूमाथि रोक लगाउनुपर्नेछ’- स्वास्थ्य अधिक्षक अङ्कन सिम्लाङ्दीले अझ भने- यी सम्पूर्ण मागहरू आगमी 72 घण्टाभित्र पुरा गर्ने माग गर्छौँ। यदि पुरा नगरिए हामी अघिल्लो कदम उठाउनेछौँ।

No comments:

Post a Comment

Post Bottom Ad