'बङ्गालमा लोकतन्त्र खत्रामा' - बिमान बसु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 4, 2018

'बङ्गालमा लोकतन्त्र खत्रामा' - बिमान बसु


गफसफ.com, कोलकाता 4 मई

पञ्चायत चुनावलाई केन्द्र गरेर राज्यमा हिंसाविपक्षी दलका प्रार्थीगणनेतृत्व अनि कार्यकर्ताहरूमाथि भइरहेका हमला निन्दनीय रहेको छ। तृणमूल कङ्ग्रेस सत्तामा आएपछि राज्यको स्थिति खत्रा हुँदै गइरहेको छ। राज्यमा लोकतन्त्र खत्रामा छ। जनताको अधिकारहरूको हनन् गर्ने कोसिस भइरहेको छ’ – उक्त कुरा बाममोर्चा नेता बिमान बसुले भनेका हुन्।




पञ्चाय चुनावमा बिपक्षी दलका प्रार्थीहरूलाई नामङ्कन पत्र दर्ता गर्न बाधा दिइयो। धेरै मानिसहरूलाई नामाङ्कन पत्र फिर्ता गर्न दबाव दिइयो। ऐले पनि बामपन्थी प्रार्थीहरूला धम्काउने क्रम जारी रहेको छ’ बाममोर्चा नेता बिमान बसुले सत्तारूड तृणमूअ कङ्ग्रेस प्रति कटाक्ष गर्दै भने। उनले पञ्चायत चुनावलाई लिएर भएको कथित हिंसा अनि अन्य मुद्दाहरू लिएर बामपन्थी दलहरूको पक्षबाट महानगरको धरमतल्ला स्थित लेनिन मूर्तिको नजिक दुई दिवसिय धर्ना प्रदर्शनलाई सम्बोधन गर्दै भनिरहेका थिए।

उनले राज्यमा लोकतन्त्र अनि जनताको अधिकारका निम्ति सम्पूर्ण बामबिचारधारालोकतान्त्रिक अनि धर्मनिरपेक्ष शक्तिहरूलाई मिलेर लडाई जारी राख्नुपर्ने आह्वान पनि गरे। यसै अवसरमा उपस्थित रहेका माकपा प्रदेश सचिव सूर्यकान्त मिश्राले आरोप लगाउँडै तृणमूल कङ्ग्रेस अनि भाजपा माझ आपसी तालमेल रहेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad