स्कुले नानीहरू बोकेका वाहन झर्‍यो पानीमा, चार युवकवर्गले बचाए 11 जनाको ज्यान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 4, 2018

स्कुले नानीहरू बोकेका वाहन झर्‍यो पानीमा, चार युवकवर्गले बचाए 11 जनाको ज्यान


गफसफ.com, कालेबुङ 5 मई।

स्कुले नानीहरूले भरिएको एउटा कार नियन्त्रण हराउँदा महानन्द क्यानलमा झर्न पुगेको छ। त्यसबेला वाहनमा मोठ 11 जना स्कुले नानीहरू सवार रहेका थिए। वाहन पानीमा झर्नसाथ तत्कालै त्यसै ठाउँमा रहेका चारजना युवकहरूलए मिलेर कारमा रहेका 11 जनालाई नै पानीबाट बाहिर निकाल्न सक्षम बन्यो। घट्नापछि कारका चालक भने लापत्त बनेका छन्। उनी वाहन पानीमा झरेपछि पैडी खेलेर निस्केको स्थानीय मानिसहरूले बताएका छन्।


स्थानीय मानिसहरूको जानकारी अनुसार गाडी पानीमा झरेपछि चालक पौडेर बाहिर निस्केक थिए तर उनले वाहनमा फसेका स्कुले नानीहरूलाई भने बँचाउने प्रयास गरेनन्। वाहनसँगै पानीमा झरेका स्कुले नानीहरूको उमेर 10 वर्षभन्दा कम रहेको पनि थाह लागेको छ।

पानीमा डुबेका नानीहरूलाई बचाउने सञ्जय कर्माकरले क्यानलमा गाडी झरेपछि चालक भागेका हुन् भनि बताए। गाडीमा कतिजना नानीहरू थिए भन्ने चाहलकले भन्ने नसकेपछि आफुहरूले डुबेका नानीहरू निकाल्न सुरू गरेको पनि उनले जानकारी गराए। तत्कालै सहयोग पाएको कारण गाडीमा सवार 11 जना नानीहरूको ज्यान बाँच्न सक्षम भएको छ।

घट्नाको जानकारी पाएपछि फाँसीदेवा थानाका पुलिसकर्मीसँग दमकलको दुईवटा वाहन अनि एसएसबीको आपदा प्रबन्धन दल समेत बचाउ कार्यका निम्ति आइपुगेका थिए। त्यसबेला सम्म चारजना युवकहरूले स्कुले नानीहरूलाई सकुशल पानीबाट निकाल्न सक्षम बनिसकेको थियो। नानीहरू सबैलाई बँचाएपछि उनीहरू चारैजना युवाहरूलाई पुलिसले समेत धन्यवाद दिए भने स्थानीय मानिसहरूले पनि आभार प्रकट गरेका छन्। यता चारजना युवाहरू पनि सबै नानीहरू बचाउन सकेकोमा खुशी बनेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad