युवा मोर्चाले सुरू गर्‍यो सङ्गठन बिस्तारको कार्य, पार्टी फेर्नेहरूलाई भन्यो ‘राजनैतिक अपरिपक्व’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 4, 2018

युवा मोर्चाले सुरू गर्‍यो सङ्गठन बिस्तारको कार्य, पार्टी फेर्नेहरूलाई भन्यो ‘राजनैतिक अपरिपक्व’


गफसफ.com, कालेबुङ 4 मई।

गोर्खा जनमुक्ति युवा मोर्चाले पार्टीको धरातल बलियो बनाउने कार्य आरम्भ गरेको छ। युवा मोर्चालाई बलियो बनाउँनका निम्ति साङ्गठनिक सभाहरू कालेबुङ, दार्जीलिङ, खर्साङ अनि मिरिकमा लगातार गरिने गोजयुमो प्रवक्ता अरूण छेत्रीले जानकारी दिएका छन्। 



पहिलो चरणमा आज कालेबुङमा युवा मोर्चाको साङ्गठनिक सभा सम्पन्न भएको थियो। युवा मोर्चा केन्द्रिय समितिका नेतृत्ववर्गको विशेष उपस्थितिमा सम्पन्न वैठकमा पार्टीको भावी कार्यक्रम र सङ्गठनलाई अझ शसक्तिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा ब्यापक चर्चा गरिएको थियो। गल्स हाई स्कुलको स्नेटेनेरी भवनमा आयोजित साङ्गठनिक सभामा विशेषरूपले केन्द्रिय समितिक अध्यक्ष अमृत योञ्जन, उपाध्यक्ष बारुद थापा, प्रवक्ता अरुण छेत्री, कालेबुङ जिल्ला अध्यक्ष बिदुर राई, सचिव अमिर बस्नेत आदि उपस्थित रहेका थिए।

युवाहरूलाई भावानात्मक होइन तर व्यावहारिक पक्षको राजनैतिक खोराक दिँदै सङ्गठन सुदृढीकरणको पहल सुरु गरेका छौँयुवा मोर्चा केन्द्रिय समिति प्रवक्ता अरूण छेत्रीले भने। उनले सङ्गठनलाई तल्लो तहसम्म बलियो बनाउँनका निम्ति केन्द्रिय समितिले निर्देश दिएको जानकारी दिँदै सोही निर्देश अनुसार साङ्गठनिक सभा प्रार्म्भ गरेको पनि छेत्रीले बताएका छन्। उनले दार्जीलिङ पहाडको राजनीतिमा युवावर्गको वौद्धिक स्तरमा वृद्धि ल्याउन चाहेको भन्दै वैद्धिक स्तरको वृद्धिले नै नयाँ दार्जीलिङ पहाडको निर्माण हुनेछभने।

एकातिर युवा मोर्चाले सङ्गठनलाई बलियो बनाउने कसरत आरम्भ गरेको छ भने अर्कोतर्फ तृणमूल कङ्ग्रेसले पनि पार्टी बलियो बनाउने कार्य गरिसकेको छ। जसमा अहिले गोजमुमो पार्टीका कार्यकर्ताहरू नै तृणमूल कङ्ग्रेसमा धेर समावेश बनिरहेका छन्। यसबारे प्रवक्ता अरुण छेत्रीलाई प्रश्न गर्दा उनले दल परिवर्तन राजनैतिक अपरिपक्वताको परिणाम होभनि टिप्पणी गरेका छन्। कसैले सानो कारणले एउटा झण्डा देखि अर्को झण्डा बोक्न पुग्छन् भने त्यसले उनीहरूको राजनैतिक अपरिपक्वता दर्शाउँछ। हामी हाम्रा युवा कार्यकर्ताहरूलाई त्यहीँ राजनैतिक परिपक्व बनाउँने प्रयास गर्दैछौँअरुण छेत्रीले भने।

पत्रकारहरूसँगको कुराकानी गर्नेक्रममा अरूण छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्ड आफुहरूको मूल मुद्दा रहेको दाबी गर्न पनि पछि परेनन्। उनले गोर्खाल्याण्ड मूल मुद्दा भए पनि त्यसलाई प्राप्ति गर्नका निम्ति तयारी हुनपर्ने भन्दै अहिलेघरी आफुहरूले तयारी गरिरहेको पनि उनले बताएका छन्। यसक्रममा उनले छुट्टै राज्य प्राप्तिको निम्ति माग्ने तरिका समेत परिवर्तन हुनपर्ने बताएका छन्।

गोर्खाल्याण्डनै हाम्रो मूल मुद्दा हो तर, यो माग्ने तरिका परिवर्तन हुनपर्छ। गणतान्त्रिक पद्धतिमा नै हामी अघि बड्नुपर्छ भन्ने हाम्रो सोंच होअरुण छेत्रीले अझ भने - गोर्खाल्याण्ड भनेको लामो दौड हो। त्यस लामो दौडलाई पार गर्न हामीमा लामो स्टेमिना पनि हुनपर्छ। त्यहीँ स्टेमिना हामी तयार गर्दैछौँ।

No comments:

Post a Comment

Post Bottom Ad