जीटीएको चुनाव भए गोजमुमो पूर्णरूपले तयार, विनय तामाङले भने – ‘कुनैपनि चुनावमा जान तयार छौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 2, 2018

जीटीएको चुनाव भए गोजमुमो पूर्णरूपले तयार, विनय तामाङले भने – ‘कुनैपनि चुनावमा जान तयार छौँ’

गफसफ.com, कालेबुङ 2 मई 

जीटीएको चुनाव नगरी राज्य सरकारले विनय तामाङलाई बोर्ड अफ् एडमिनिस्ट्रेसनको अध्यक्ष पदमा आसिन गराएर राखेको छ। जसलाई लिएर पहाडका अन्य राजनैतिक दलहरू भने खुशी रहेका छैनन्। 



विमल गुरुङको सत्ताच्युत पारेर जीटीएको बागडोर सम्हालेका विनय तामाङको अहिलेपनि जनधार छैनन् भन्ने अन्य राजनैतिक दलका नेतृत्ववर्गले ठानिरहेका छन्। यस्तो अवस्थामा यदि जीटीएको चुनाव भए उनी जीटीएको सत्तामा चुनाव जितेर पुग्दैनन् भन्ने कल्पना गर्ने अन्य राजनैतिक दलका नेताहरू भने जनाधार पत्तो लगाउनका निम्ति पनि जीटीएको चुनाव हुनपर्ने माग सुरु गर्न थालेको छ। 

कुनैपनि चुनावका निम्ति तयार छौँ 

अहिले जीटीएको चुनाव हुनपर्छ भन्दै गोरामुमोसँगै कतिपय राजनैतिक पार्टीहरूले माग गरिरहेको छ। जीटीएको चुनाव नभएसम्म कुनै एकजना प्रशासकको हाथमा सुम्पनु पर्ने पनि कतिपय रजनैतिक दलहरूले माग गर्न थालेको छ। यसबारे जीटीए अध्यक्ष विनय तामाङले भने आफुहरू कुनै पनि चुनावमा जानलाई तयारी रहेको बयान दिएका छन्। 

‘चुनाव गर्नु नगर्नु राज्य चुनाव आयोगको कार्य हो। चुनाव नगाराउ म भन्दिन। मैले अघिबाटै सुकुनाको जनसभाबाटै भनिसकेको छु कि – हामी कुनैपनि चुनावमा जानका निम्ति हामी तयार छौँ’ विनय तामाङले भने। 

छैटौँ अनुसूची एक्सपाइर भएको ट्याबलेट 

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) प्रवक्ता निरज जिम्बाले केहीदिन अघि जीटीए रद्द गरेर दागोपाप फर्काउनुपर्छ भन्दै छैटौँ अनुसूचीको निम्ति सडक आन्दोलन गर्ने जस्ता बयान दिएको सन्दर्भमा पनि विनय तामाङले प्रतिक्रिया दिएका छन्। पत्रकारहरूले यसबारे प्रतिक्रिया लिन चाहँदा उनले भने - ‘ऐले जीटीए रद्द गर, छौटौँ अनुसूची लागु गर भन्दैछन्। यसभन्दा पहिला गोरामुमो पार्टीकाहरूले छैटौँ अनुसूची एक्पाइर भएको ट्याबलेट हो भनिसकेका छन्। विशेष निरज जिम्बाले एउटा जिम्मेवारी राजनैतिक पार्टीको प्रवक्ता भएको नातामा आफुले छ महिना अघि के बोलेको छु भन्ने कुरा याद गर्ने निवद गर्दछु’ विनय तामाङले भने। यसक्रममा उनले जिम्बालाई राजनैतिक महत्वकाङ्क्षा भएका एकजना राजनीतिमा पसेका व्यक्ति भएको भन्दै भविष्यमा दार्जीलिङ पहाडको बागडोर सम्हाल्ने क्षमता राख्छन् भने आफुले अघि दिएका बयान ऐले कुनै बयान दिन अघि सोंच्नुपर्ने सुझाव दिएका छन्। यद्यपी आफुले राजनीतिमा शुन्य शत्रुको शिद्धान्तलाई आत्मसाथ गर्न चाहेको भन्दै कसैलाई गाली नगर्ने पनि बताएका छन्। 

‘जीटीएको चुनाव भन्दैछन् भन्दै गरुन्, त्यो उनीहरूको माग हो। मुख्यमन्त्री भेट्ने भन्दैछन् त्यो पनि भेट्न सक्छन्। हामीसँग सबैका निम्ति दैलो खुल्ला छन्’ विनय तामाङले भने। 

आन्दोलनमा अशान्ति गर्ने नेता छैन पहाडमा 

गोरामुमो नेता निरज जिम्बाले पत्र-पत्रिका मार्फत् आन्दोलनमा जुन दलका नेताहरूले अशान्ति गरेका थिए त्यहीँ दलका नेताहरू अहिले फाइदा उठाइरहेका छन् भन्ने प्रकारका बयान दिएका थिए। यसबारे विनय तामाङसँग प्रतिक्रिया लिन चाहँदा उनले जवाब दिएका छन्। तामाङले प्रतिक्रिया दिँदै भने –‘जसले अशान्ति गर्योर त्यो दलको नेता अहिले छैन पहाडमा। जसले शान्ति फर्काएर ल्यायो उ पहाडमा छ। यसकारण दल होइन नेतृत्व गर्ने नेता भन्नुहोस्। किन भने अशान्ति गर्ने अहिलेसम्म पहाडमा फर्केर आएका छैनन्। म त अशान्ति हुँदा-हुँदै, आगो जल्दा जल्दै आगो निभाउन आएको हुँ। दुखको कुरा मलाई भन्न मन थिएन तर प्रश्न गरिहाल्नु भयो, त्यसबेला निरज जिम्बा पनि पहाडमा होइन सिलगडीमा थिए।’

पञ्चायत चुनाव पछि कोइरी सञ्चाल हुनेछ 

अहिलेघरी पहाडका अधिकांश कोइरीहरू बन्द अवस्थामा रहेको छ। जसको कारण निर्माणका सामाग्रीहरू सहजै उपलब्ध हुन नसक्दा मानिसहरू समस्यामा परिरहेका छन्। कोइरीको उक्त समस्या आगमी पञ्चायत चुनाव समापन पछि हुने विनय तामाङले आशा व्यक्त गरेका छन्। उनले यसबारे वैठक समेत भइसकेको जनकारी दिँदै चाँडै समस्या समाधान हुने बताए। 

No comments:

Post a Comment

Post Bottom Ad