कथित रोहोङ्गिया प्रकरणमा विनय तामाङले मागे माफी; भने – ‘पहाडका अभिभावक भएको नातामा माफी माग्दैछु, भविष्यमा यस्तो हुनेछैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 2, 2018

कथित रोहोङ्गिया प्रकरणमा विनय तामाङले मागे माफी; भने – ‘पहाडका अभिभावक भएको नातामा माफी माग्दैछु, भविष्यमा यस्तो हुनेछैन’

गफसफ.com, कालेबुङ 2 मई 

कथित रोहोङ्गिया प्रकरणमाथि जीटीए अध्यक्ष विनय तामाङले माफी मागेका छन्। गत 26 अप्रेलका दिन कोलकोताबाट कालेबुङ आएका 15 जना मुस्लिम समुदायका मानिसहरूलाई रोहोङ्गिया भन्दै सोसियल मिडियामा भिडियो भाइरल गरिदिएपछी आज विनय तामाङले खेद प्रकट गर्दै माफे मागेका हुन्। 



‘यो कार्य जसले पनि गरेका छन् त्यसले एकदमै लज्जित छु। तपाईँहरूसँग दार्जीलिङ पहाडका मानिसहरूको पक्षबाट एकजना अभिभावक भएको नातामा माफी चाहन्छु’ विनय तामाङले भाइरल भिडियोमा रोहोङ्गिया भनिएका मुस्लिम समुदायका मानिसहरूलाई सम्बोधन गर्दै भने। उनले यसरी बद्नाम पार्नका निम्ति भिडियो भाइरल गर्ने व्यक्तिले पनि माफी माग्नुपर्ने माग गरेका छन्।


भविष्यमा यस्तो घट्ना हुनेछैन 

विनय तामाङ आज कालेबुङ आएर अञ्जुमान इस्लामियाको मस्जिदमा बसेका 15 जना मुस्लिम मानिसहरूलाई भेटे। उनीहरूलाई भेटेर भविष्यमा यस्ता घट्ना नहुने आश्वासन दिनका निम्ति आफु कालेबुङ आएको बताएका छन्। ‘कालेबुङको मस्जिदमा जो मुस्लिम साथीहरू आएर बसेका छन् उनीहरूलाई नराम्रो दाग लागेको थियो। पहाडका जनताको पक्षबाट माफी माग्न अनि भविष्यमा यस्ता घट्नाहरू हुनेछैन भने आश्वासन दिलाउन आज यहाँ आएका हुँ’ विनय तामाङले भने। 


उनले मस्जिदमा पुगेर भाइरल भिडियोमा रोहोङ्गिया भनिएका मानिसहरूलाई भेटेर भिडियो भाइरल बनेपछि सम्पूर्ण जाँच गरेको बताउँदै ‘तपाईँहरू भारतीय मुस्लिम हुनुहुन्छ’ भने। यसक्रममा उनले सबैलाई खदा लगएर सम्मान जनाए। मस्जिद पुगेका तामाङलाई गत 26 अप्रेलका दिन भाइरल भिडियोमा देखिएका सम्पूर्ण मुस्लिम मानिसहरूको पक्षबाट शेख शेहनशाहले परिचय दिँदै यसरी भिडियो बिनाकारण भाइरल हुँदा आफुहरू अचम्भित बनेको बताए। आफुले शान्ति सद्भावना बनएर राख्नका निम्ति कार्य गर्दै आएको बताउँदै यस्तो अफवाहहरूले साम्प्रदायिक दङ्गा फैलिन सक्ने भएको कारण कसैले पनि अफवाह फैलाउन अघि सत्यताको जाँच गर्नुपर्ने अपिल गरे। ‘हामीले पहाडमा शान्ति र सद्भावनाको माहौल तयार पारिरहेका छौँ। यहीँ शान्ति र सद्भावना बिगार्नका निम्ति नै कतिपय तत्वहरूले यो कार्य गरेको हुनपर्छ’ विनय तामाङले भने। 

स्मरण रहोस्, विनय तामाङले आज भेट गरेका 15 जना मुस्लिम समुदायका मानिसहरू गत 26 अप्रेलका दिन कालेबुङ आइपुगेका थिए। उनीहरू भोलि कालेबुङबाट सिलगडी हुँदै पुन: कोलकोता प्रस्थान गर्ने भएका छन्।  
यता मस्जिदमा पुगेका विनय तामाङलाई अञ्जुमान इस्लामियाका सचिव मसुद सुल्तानले स्वागत गर्दै जीटीए प्रशासनले यसरी अफवाह फैलाउनेहरूलाई कार्वाही गर्नुपर्ने माग गरेका छन्। उनले भिडियो भाइरल हुँदा मुस्लिम धर्मअवलम्बीहरू असुरक्षा महसुस गरेको भन्दै उनीहरूको सुरक्षाबारे ध्यान दिनुपर्ने माग गरेका छन्। पहाडमा अहिलेसम्म धर्मको नाउँमा भेदभाव नभएको भन्दै यस्ता कार्यले शान्ति शृङ्खला बिग्रने सम्भावना पनि उनले व्यक्त गरे। 

अर्कोतर्फ शमसेर अलिले पनि उक्त भिडियो भाइरल भएपछि आफुहरूले जाँच गरेर सत्यबारे भन्दा पनि कतिपय नेताहरूले भने कुरा नबुझी अफवाहलाई बडावा दिएको आरोप लगाए। उनले पहाडमा जुनसुकै धर्मका मानिसहरू भए पनि सबै गोर्खाहरू हो भन्दै गोर्खा एकतालाई कायम राख्नुपर्ने आह्वान गरे। 

No comments:

Post a Comment

Post Bottom Ad