गोरामुमो प्रवक्ता निरज जिम्बाको चौतर्फी विरोध, सुरज शर्माले भने –‘हरियो त लेऊ पनि हुन्छ, जुन लेऊमा चिप्लाएर 12 सय मारिपठाएको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 2, 2018

गोरामुमो प्रवक्ता निरज जिम्बाको चौतर्फी विरोध, सुरज शर्माले भने –‘हरियो त लेऊ पनि हुन्छ, जुन लेऊमा चिप्लाएर 12 सय मारिपठाएको छ’

गफसफ.com, दार्जीलिङ 2 मई

‘जीटीए हटाऊ, दागोपाप फर्काऊ’ – भनेर गोरामुमो प्रवक्ता निरज जिम्बाले बयान दिएपछी अहिले उनको चौतर्फी विरोध भइरहेको छ। गोजमुमो पार्टीका विभिन्न भातृ सङ्गठनहरूले समेत जिम्बाले दिएको बयानको विरोध गरिरहेको छ। यहाँसम्म कि उनको विरोधमा बिभिन्न ठाउँहरूमा पोस्टरिङ समेत भएको छ। गोजमुमो पार्टीद्वारा विरोधको केन्द्रविन्दुमा रहेका गोरामुमो प्रवक्ता निरज जिम्बाको बयान आधारहिन रहेको गोजमुमो प्रवक्ता सुरज शर्माले आरोप लगाएका छन्। जिम्बा अनि गोरामुमो पार्टीले गोजमुमो पार्टीको जनसमर्थन खोज्न यस्तो बयान दिएको उनको आरोप रहेको छ। 



‘जनताले सबै हरियो असल हुन्छ भन्ने भूल सोंच्नु हुँदैन, हरियो त लेऊ पनि हुन्छ, जुन लेऊमा चिप्लाएर पहिलानै 1200 जना मारिपठाएको छ’ सुरज शर्माले निरज जिम्बा अनि गोरामुमो पार्टीको आलोचना गर्दै भने। उनले अहिलेघरी पहाडका तीनजना विधायक, तीनवटा नगरपालिका गोजमुमोको जनसमर्थन हो भन्दै दागोपाप फर्काइदेउ भन्ने गोरामुमो पार्टीको एकैजना नगरपार्षद पनि छैन भने। यसक्रममा जीटीएको चौकिमा विनय तामाङलाई राखेको सन्दर्भमा गोरामुमोले विरोध गर्नु हाँस्यस्पद हो भने। 

‘गोरामुमोले अरूलाई गाली गर्नअघि आफ्नै इतिहास अध्ययन गर्नुपर्छ। जीटीए गठन हुनअघि वा दागोपापको समय गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङलाई पनि सरकारले दागोपापमा 4 पल्ट मियाद बढ़ाइदिएकै हो’ सुरज शर्माले अझ भने –‘यदि गोरामुमोले दार्जीलिङ पहाड़मा जीटीएको चुनाउ होस् भन्ने चाहन्छ भने गोजमुमो त्यसको लागि पनि तयार छ।’ 

उनले पत्रकारहरूलाई सम्बोधन गर्दै राज्य सरकारले उपहारस्वरूप गोरामुमोलाई दिएको हिल एरिया डेभलपमेन्ट कमिटीको लागि 10 करोड़ रूपियाँ जीटीएमा आएको अनि उक्त धनराशी लगेर जनताको समस्या समाधान गर्ने सुझाव पनि दिएका छन्। ‘यहाँ गोरामुमोले पहाड़लाई अशान्त बनाउने प्रयास गरिरहेको छ। दार्जीलिङ पहाड़ 104 दिनको बन्दपछि भर्खर मात्रै सामान्य स्थितिमा आइरहेको छ, पर्यटन मौसम शुरू भइसकेको छ, यस्तो अवस्थामा फेरि यहाँ गोरामुमोले आन्दोलनको धम्की दिएर पहाड़को स्थिति बिगार्ने प्रयास गरिरहेको छ’- शर्माले गोरामुमो प्रति आरोप लगाउँदै भने। यसक्रममा उनले ‘गोरामुमोले पहाड़लाई अशान्त बनाउने काम नगरेकोनै असल हुनेछ पनि भन्न पछि परेनन्। 

यता पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा गोजमुमो केन्द्रिय कार्यकारी सदस्य केशवराज पोखरेलले गोरामुमोले पहाड़का जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad