बनबासीले भोलि पाउने पर्जापट्टा; बिनय तामाङले भने - ‘दिर्घकालिन समस्या समाधान भयो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 30, 2018

बनबासीले भोलि पाउने पर्जापट्टा; बिनय तामाङले भने - ‘दिर्घकालिन समस्या समाधान भयो’


गफसफ.com, कालेबुङ 30 मई।

जीटीए क्षेत्रका बनबासीले अन्तत: भोलि पर्जा पट्टा हात-हातमा पाउने भएका छन्। भोलि प्रथम चरणमा 271 बनबासीहरूले आफ्नो जमीनको मालिकाना हक पाउने भएका छन्। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान मन्दिर नजिक एउटा कार्यक्रम आयोजना गरेर उनीहरूलाई पर्जा-पट्टा वितरण गरिने जीटीए अध्यक्ष बिनय तामाङले जानकारी दिएका छन्। 



उनले उक्त पर्जा पट्टा पश्चिम बङ्गाल सरकारको पक्षबाट मन्त्री अरूप विश्वासजीटीएको पक्षबाट आफु स्वयम् अनि उपाध्यक्ष अनित थापा लगायत जिल्लापाल साथै अन्य अधिकारीवर्गको उपस्थितिमा वितरण गरिने पनि जानकारी दिएका छन्।
ममता ब्यानर्जीलाई धन्यवाद

जीटीए अध्यक्ष बिनय तामाङले बनबासीलाई पर्जापट्टा दिए वापत मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले सोम्बार डा. ग्राह्म होम्स स्थित रोनाल्डसे पार्कबाट बनबासीलाई पर्जा पट्टा दिने घोषणा गरेपछि भोलि वितरण गरिने बताउँदै यस कार्यका निम्ति मुख्यमन्त्री प्रति आभार प्रकट गरेका हुन्। बनबासीलाई पट्टा दिएकै कारण हामी मुख्यमन्त्रीलाई धन्यवाद दिन्छौँतामाङले भने।

दिर्घकालिन समस्या समाधान भयो

जीटीए क्षेत्रका मोठ 168 वटा बनबासीले पर्जापट्टा पाउने भएका छन्। पर्जा पट्टा पाउनु बनबासीको दिर्घकालिन समस्याको समाधान हुनु हो भनि जीटीए अध्यक्ष बिनय तामाङले बताएका छन्। धेरै दिनदेखि बनबासीहरूले आफ्नो जमीनको अधिकार लागु हुनपर्छ भन्ने माग गरिरहेका थिए। त्यो उनीहरूको सपना पनि होतामाङले भने। यसभन्दा अघि बनबासीले पर्जापट्टा अनि बन अधिकार कानुन लागु हुनपर्छ भनेर जीटीएलाई हिमालयन फरेस्ट भिलेजर्स् अर्गनाइजेसनले ज्ञापन सुम्पिएको तामाङले बताएका छन्। जसको आधारमा जीटीएले यसबारे सरकारलाई बुझाउने कार्य गरे अनुरूप आखिरमा पर्जा पट्टा पाउन सकेको तामाङको दाबी रहेको छ। 

भोलि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान मन्दिर नजिक 271 जना बनबासीहरूलाई पर्जापट्टा वितरण गर्नेछौँजीटीए अध्यक्ष बिनय तामाङले अझ भने –‘यो केवल सुरुआत मात्र रहेको मात्र हो। पछिबाट दार्जीलिङमा 73 परिवारलाई वितरण गर्नेछौँ अनि रहेकाहरूले पनि झट्टै पाउनेछन्।

बनबासीलाई बधाई

जीटीए क्षेत्रमा 168 वटा बनबासीहरूले पर्जा-पट्टा पाउन सकेकोमा बिनय तामाङले बनबासीलाई बधाई दिएका छन्। हामी 168 जना बनबस्तीमा बस्ने मानिसहरूलाई बधाई दिँदछौँ। यो तपाईँहरूले यतिका वर्षसम्म गरेको संघर्षको फल होतामाङले भने।

डी.आई फन्डको समस्या पनि समाधान गर्छौँ

बनबासीलाई पर्जा-पट्टाको समस्या समाधान पछि डीआई फन्ड क्षेत्रमा बसोबास गर्ने मानिसहरूको समस्या पनि समाधान गर्ने जीटीए अध्यक्ष बिनय तामाङले बताएका छन्। उनले डीआई फन्ड क्षेत्रका मानिसहरूले भोग्न परिरहेका समस्याबारे सरकार समक्ष आफुले मुद्दा उठाएको भन्दै उक्त समस्या प्रति पनि आफुहरू गम्भीर बनेर कार्य गरिरहेको जानकारी दिएका छन्। डीआई फण्डको समस्या प्रति हामी गम्भीर छौँ। यस समस्याको समाधान गर्न हामी अग्रसर छौँबिनय तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad