कालेबुङमा बस्यो पहिलोचोटि प्रशासनिक वैठक: मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन् –‘घर निर्माणको पैसा उपभोक्तालाई सोझै दिनु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 30, 2018

कालेबुङमा बस्यो पहिलोचोटि प्रशासनिक वैठक: मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन् –‘घर निर्माणको पैसा उपभोक्तालाई सोझै दिनु’


गफसफ.com, कालेबुङ 30 मई।

कालेबुङ जिल्ला गठनपछि पहिलोचोटी आज कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा प्रशासनिक वैठक सम्पन्न भयो। जीटीए प्रशासन, कालेबुङ- दार्जीलिङ जिल्ला प्रशासन अनि  सम्पूर्ण विकास बोर्ड वैठका अधिकारीवर्गलाई लिएर उक्त प्रशासनिक वैठक सम्पन्न भएको थियो। डा. ग्राह्म होम्सको जार्भी हलमा सम्पन्न प्रशासनिक वैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्लाभरी चलिरहेका सम्पूर्ण बिकास कार्यहरूको जानकारी लिइन्। यस अवधी उनले प्रशासनिक अधिकारीवर्गलाई कतिपय बिकास कार्यहरू आजसम्म हुन नसकेको कुराहरू सुनेर हपार्न समेत पछि परेनन्।



बिकास बोर्डको कम्प्लेन आउँदैछ

प्रशासनिक वैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले कतिपय बिकास बोर्डहरूको कम्प्लेन आफु समक्ष आइरहेको बताइन्। बोर्डद्वारा घर निर्माण कार्यलाई लिएर आफुसक्षम अभियोग आएको उनले बताइन्। गरीबले घर पाउनुपर्छ। यो उनीहरूका निम्ति पहिलो प्राथमिकता हो। यसबारे मलाई धेरै गुनासो आइरहेको छ। यसकारण घर निर्माणको निम्ति उपभोक्ताले पाउनुपर्ने पैसा सोझै उनीहरूको बैंक खातामा जमा गरेर दिनुपर्छमुख्यमन्त्रीले सम्पूर्ण बोर्डका अध्यक्षहरूलाई भने। उनले उक्त पैसा दिँसा एकैसाथ नदिएर किस्तिमा दिने सुझाव पनि राखे। एकैसाथ पैसा नदिएर उनीहरूलाई दुई किस्तिमा दिनुपर्छ। पहिला दिएको पैसाले आधा घर निर्माण भएपछि रहेको पैसा उनीहरूलाई दिनुपर्छमुख्यमन्त्री ब्यानर्जीले अझ भनिन्-यो सबै पैसा सरकारको हो। सरकारको पैसा दुरुप्रयोग भएको चाहन्न।

ग्रामीण बिकासको कार्य रोकिनु हुँदैन

प्रशासनिक वैठमा मुख्यमन्त्रीले ग्रामीण बिकासको कार्य रोकिनु नहुने जिल्ला प्रशासनलाई स्पष्ट निर्देश दिएका छन्। विशेष गरेर सय दिने रोजगार जस्ता कार्यहरू रोकिनु नहुने उनले स्पष्ट निर्देश दिइन्। मुख्यमन्त्रीले सयदिने रोजगार कार्यमा कालेबुङ अनि दार्जीलिङ जिल्लामा बिकास कार्य ढिलो चलिरहेको सन्दर्भमा विशेष आपत्ति जनाउँदै उक्त कार्यहरूमा तिब्रता दिनुपर्ने निर्देश दिए। पञ्चायत अनि ग्रामिण बिकासका कार्यहरू संवेदनशील हुन्। यसकारण यी संवेदनशील विषयमा झट्टै ध्यान दिएर कार्य गर्नुपर्छ। किनभने यो सोझै जनतासँग जोडिएका बिषय हो। यी क्षेत्रमा बिकास कार्य ढिलो भएको चाहन्नमुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।

पहाडमा चारवटा समस्या धेरै छ

मुख्यमन्त्री ब्यानर्जीले प्रशासनिक वैठकमा विभिन्न विभागीय अधिकारीवर्गको कुरा सुनेपछि पहाडमा चारवटा समस्या धेर रहेको बताए। उनले उक्त चारवटा समस्याहरू क्रमैले पिउँने पानी, मल-मुत्र व्यवस्थापान, ठोस मैला व्यवस्थापन अनि बाटोघाटो रहेको बताउँदै उक्त समस्याको समाधान जीटीए, जिल्ला प्रशासन, नगरपालिका मिलेर समाधान गर्नुपर्ने निर्देश दिए। यी चारवटा समस्या जीटीए, जिल्ला प्रशासन र नगरपालिकाले समाधान गरे अन्य बिकास कार्यहरू राज्य सरकारले गर्नेछमुख्यमन्त्रीले भने। यसक्रममा उनले पहाडमा पिउँने पानीको समस्या समाधानको निम्ति पहल गर्नुपर्ने विषयमा जीटीए, जिल्ला प्रशासन अनि नगरपालिका माझमा आगमी 10 दिनभित्रमा वैठक गरेर रूपरेखा तयार पार्नुपर्ने पनि बताइन्।

बाटो बनिए पर्याटन फस्टिन्छ

पर्याटन व्यवसायमा जोड दिने मुख्यमन्त्रीले पहाडमा बाटोको समस्या धेरै रहेको बताइन्। यसबारे पीडब्ल्यु बिभागले झट्टै बाटोको समस्या समाधान गर्नुपर्ने निर्देश दिए। उनले पहाडमा पर्याटनको धेरै सम्भावनाहरू रहेको अनि पर्याटनका निम्ति प्राकृतिक संसाधनहरू धेरै रहेको कारण पर्याटकहरूलाई सुविधा दिने कुरामा बिभागले ध्यान दिनुपर्ने बताए। पर्याटन सम्पूर्ण बङ्गालको निम्ति महत्वपूर्ण विषय हो। पहाडमा झन् पर्याटन बिकास पहिलो प्राथमिकता हो। पर्याटन बिकासले अहिलेसम्म हावा खाँदै किन बसिरहेको छ? आजसम्म सुरु गरिएका कार्यहरू किन पुरा गरिएको छैन? मलाई झट्टै सुरु गरिएका कामहरू पुरा भएको रिपोर्ट चाहिन्छमुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट भनिन्।

प्रशासनिक वैठकमा दार्जीलिङका विधायक अमरसिंह राई, खर्साङका विधायक डा. रोहित शर्मा, कालेबुङकी बिधायक सरिता राईले पनि आफ्ना पक्षबाट बिकास कार्यहरूबारे मुद्दा उठाएका थिए। यस अवसरमा लेप्चा बिकास बोर्डका अध्यक्ष एल.एस तामाङसाङले बोर्डद्वारा गरिएका बिकास कार्यहरूबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए भने दार्जीलिङ, कालेबुङ अनि खर्साङ नगरपालिकाका अध्यक्षहरूले पनि आफ्ना कुरा राखेका थिए। प्रशासनिक वैठकमा मन्त्री अरूप विश्वस, गौतम देव, जीटीए अध्यक्ष बिनय तामाङ, उपाध्यक्ष अनित थापासँगै जीटीए सचिव लगायत सम्पूर्ण विभागीय अधिकारीवर्गको उपस्थिति रहेको थियो।

प्रशासनिक वैठकमा डब्ल्युबीसीएस परिक्षामा नेपाली भाषालाई बैकल्पिक भाषाको मान्यता दिनुपर्ने, बाघपुलको वैकलिप पुल निर्माण गर्नुपर्ने, कालेबुङ जिल्लामा नयाँ पुलिस थानाको निर्माण, पुलिस लाइनको निर्माण, रिजनल एसएससी, प्राथमिक शिक्षक नियुक्ति, बिएड कलेज निर्माण, सिन्कोना अधिनस्थ रहेका क्याजुएल कर्मचारीवर्गलाई ग्रुप सी अनि डी-को नियुक्ति, कालेबुङ अनि मङ्पूमा नयाँ बिद्युत सब स्टेशनको निर्माण जस्ता कुराहरूको पनि चर्चा भएको थियो। यसबारे सम्बन्धित विभागीय अधिकारीवर्गलाई काम गर्नुपर्ने मुख्यमन्त्री ब्यानर्जीले निर्देश दिइन्।

उनले प्रशासनिक वैठक आयोजना गर्नका निम्ति डा. ग्राह्म होम्स विद्यालयलाई सभागृह उपलब्ध गराएकोमा विशेष धन्यवाद दिँदै स्कुललाई के आवश्यक्ता छ त्यो गरिदिने बचन दिँदै वैठकमा नै प्रधान अध्यापकलाई सोधेका थिए। यसक्रममा उनले तत्काल समस्या रहेको विषय सोधेपछि स्कुलदेखि देखि कालेबुङ अस्पतालसम्म पुग्ने सडक निर्माणको अनुरोध गरेका थिए भने मुख्यमन्त्रीले उक्त बाटो पीडब्ल्यु बिभागलाई झट्टै निर्माण गर्ने निर्देश दिइन्।

No comments:

Post a Comment

Post Bottom Ad