तेञ्जिङ सेर्पाको जन्म जयन्ति पालन; युनाइटेड सेर्पा एसोसिएशनले भन्यो – तेञ्जिङ सेर्पालाई भारत रत्न दिनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 29, 2018

तेञ्जिङ सेर्पाको जन्म जयन्ति पालन; युनाइटेड सेर्पा एसोसिएशनले भन्यो – तेञ्जिङ सेर्पालाई भारत रत्न दिनुपर्छ’

गफसफ.com, दार्जीलिङ 29 मई।

विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोचोटि आरोहण गर्ने तेञ्जिङ सेर्पालाई भारत रत्न दिनुपर्ने माग पुन: उठेको छ। मङ्गालबार उनको जन्म जयन्तिको अवसरमा यो माग पुन उठेको हो। विगत 6 वर्षदेखि देशको सर्वोच्च सम्मान भारत रत्नले तेञ्जिङ सेर्पालाई सम्मानित गर्नुपर्ने माग गर्दै आइरहेको ‘युनाइटेड सेर्पा एसोसिएशन’ यस मागलाई पुन: उठाएको हो। यद्यपी यसबारे केन्द्र सरकार भने अहिलेसम्म मौन ब्रत अप्नाएर बसेको छ।


29 मईका दिन तेञ्जिङ सेर्पाको जन्म जयन्ती हो। सन् 2012 मा संसदमा खेलाडीवर्गलाई पनि भारत रत्नले सम्मान जनाउनुपर्ने बिधेयक पारित भएपछि नै युनाइटेड सेर्पा एसोसिएशनले सेर्पालाई भारत रत्न दिनुपर्ने माग गर्दै आइरहेको छ। यसक्रममा मङ्गालबार हिमालयन पर्वतारोहण संस्थान परिसर, दार्जीलिङमा आयोजना भएको तेञ्जिङ सेर्पाको जन्म जयन्तीको अवसर पारेर युनाइटेड सेर्पा एसोसिएशनका उपाध्यक्ष पीटी सेर्पाले भने – ‘सन् 2012-मा देशको संसदमा खेलाड़ीहरूलाई पनि भारत रत्नले सम्मान जनाउनुपर्ने विधेयक पारित भएको थियो। सन् 2012-मा यस्तो विधेयक पारित भएपछि हामीले तेञ्जिङ सेर्पालाई भारत रत्न दिनुपर्छ भन्ने माग उठाएका हौं।’ उनले पर्वतारोहरण एक जोखिमपूर्ण खेलनै हो भन्दै यसैको लागि तेञ्जिङ सेर्पाले देशको नाम प्रसिद्ध बनाए पनि भारत रत्न दिनुपर्ने माग उठाएको 6 वर्ष बितिसक्दा पनि यसमाथि सरकारले कुनै ध्यान नदिएको बताएका छन्।

स्मरण रहोस्, 2014-मा चुनाउ प्रचार गर्न आउँदा देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तेञ्जिङ सेर्पालाई भारत रत्न दिने कुरा उठाएका थिए। यसका साथै दार्जीलिङका सांसद वा केन्द्रिय राज्यमन्त्री एसएस आहलुवालियाले पनि यसमाथि निकै गम्भीरता देखाएका थिए। तर आज यतिका वर्ष बितिसक्दा पनि यसमाथि कुनै काम भएको छैन।

यसक्रममा एसोसिएशनका उपाध्यक्ष पीटी सेर्पाले हिमालयन पर्वतारोहण संस्थानको नाम परिवर्तन गरेर तेञ्जिङ सेर्पाको नाममा समर्पित गर्ने माग पनि गरेका छन्। उनले भने –‘तेञ्जिङ सेर्पाको कारणनै देशका विभिन्न स्थानहरूमा पर्वतारोहण संस्थानहरूको स्थापना भएको छ। तर देशको एउटै पनि पर्वतारोहण संस्थान तेञ्जिङ सेर्पाको नाममा छैन। यसैले दार्जीलिङको यस हिमालयन पर्वतारोहण संस्थानको नाम तेञ्जिङ सेर्पा पर्वतारोहण संस्थान राख्नुपर्छ।’ यसक्रममा उनले जीटीएले 29 मई तेञ्जिङ सेर्पाको जन्म जयन्तीको अवसरलाई छुट्टी घोषणा गरेकोमा खुशी व्यक्त गर्दै जीटीएको यो निर्णयले सेर्पा समुदायसँगै सम्पूर्ण गोर्खा समुदायनै सम्मानित बनेको बताए।

अर्कोतर्फ तेञ्जिङ सेर्पा जन्म जयन्ति सिलगडीको दार्जीलिङ मोडमा पनि पालन गरिएको छ। उत्तर बङ्गाल बिकास परिषदको आयोजनामा मङ्गालबार दार्जीलिङ मोडमा अवस्थ्ति तेञ्जिङ सेर्पाको सागिल अघि उनको जन्मजयन्ती पालन गरिएको हो।

यता पाँच दिवसीय भ्रमण कालेबुङ आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि तेञ्जिङ सेर्पालाई जन्मजयन्तिको अवसरमा सम्झना गरेकी छन्। उनले कालेबुङको डा. ग्राह्म होम्स स्थित रोनाल्डसे पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘तेञ्जिङ सेर्पा भारतका गौरव हुन्´भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad