मणि ट्रस्टको चौथो स्थापना दिवस पालन; ट्रस्टी सुवास एम सिंहले भने –‘कालेबुङलाई मेडिकल टुरिजम डेस्टिनेसन बनाउने सोच छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 29, 2018

मणि ट्रस्टको चौथो स्थापना दिवस पालन; ट्रस्टी सुवास एम सिंहले भने –‘कालेबुङलाई मेडिकल टुरिजम डेस्टिनेसन बनाउने सोच छ’


गफसफ.com, कालेबुङ 29 मई।

सामाजिक संस्था मणि ट्रस्टले चौथो स्थापना दिवस पालन गरेको छ। 29 मई 2014 मा स्थापना भएको ट्रस्टले आजसम्म स्वास्थ्य, शिक्षा, रोजगार, पर्यावरण साथै असहायहरूका निम्ति खाना साथै विपदमा परेका धेरै मानिसहरूलाई सहयोग पुऱ्याउने दिशामा काम गर्दै आइरहेको छ।



स्थापनाको चार वर्षसम्म 12 वटा सामाजिक अभियानहरू लिएर काम गरिरहेको ट्रस्टले आज गर्ल्स स्कूलको सेन्टिनेरी हलमा चौथो वर्षगाँठ पालन गरेको हो। यस अवसरमा उत्तर बङ्गाल क्षेत्रीय ग्रामीण ब्याङ्क जलपाइगुढी शाखाका जेनेरल मेनेजर सुवास चन्द्र गुप्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा सिक्किम सरकारका पूर्व विधायक डीबी ठटाल अनि कालेबु हेन्डलुम अधिकारी अरणब रोय उपस्थित थिए। 

कार्यक्रममा ट्रस्टद्वारा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै आउने नमस्ते फाउन्डेसनका संयोजिका पिङ्की विश्वकर्म, योगा एवं मधुमेह रोगका डाक्टर मनोहर सुनार अनि नेप इण्डिया फाउण्डेसनका डा. राहुल राईलाई सम्मान जनाउँदै प्रशस्ती-पत्र अनि स्मृति चिह्न प्रदान गरियो। यसरी नै कार्यक्रममा ट्रस्टको शिक्षाको अभियान’-अन्तर्गत दार्जीलिङ पहाडका विभिन्न क्षेत्रका आर्थिक विपन्न परिवारका 7 जना विद्यार्थीलाई शिक्षाको निम्ति चेक प्रदान गरियो। कार्यक्रममा ट्रस्टको सपोर्ट फर लाइफ’-योजना अन्तर्गत विभिन्न ठाउँहरूमा स्टल राखेर तीनजना बिरामीका निम्ति सङ्ग्रित राशी मोठ 1 लाख 56 हजार रूपियाँ  विरामी परिवारपक्षलाई प्रदान गरियो। ट्रस्टले कार्यक्रममा 2016-17 को वार्षिक प्रतिवेदनसितै आजसम्म गर्दै आएका विभिन्न सामाजिक कार्यहरू सम्बन्धी आधारित वित्तचित्र पनि प्रदर्शन गरेको थियो।

स्वास्थ्यको क्षेत्रमा मात्र काम गर्ने भनेर 2014 मा ट्रस्ट शुरू गरेका थियौ। तर अहिले आएर 12 वटा अभियानहरूमा काम गरिरहेका छौँ।–ट्रस्टी सुवास एम सिंहले भने। ट्रस्टको 12 वटा अभियानमध्ये इम्लोइमेन्ट अप्परच्युनिटी फर लाइभलिहुड सस्टेनेबिलिटी पहललाई पश्चिम बङ्गाल खादी अनि भलेज इण्डस्ट्री बोर्डको सहयोगमा प्रोजेक्टमा रुपान्तरण गर्न सकिएको भन्दै आगामी दिनमा अन्य अभियानहरूलाई प्रोजेक्टको रूप दिने सोच रहेको उनले बताए।

यहाँको वातारवरण अनि भौगोलिक अवस्थानहरूलाई हेरेर कालेबुङलाई मेडिकल टुरिजम डेस्टिनेसन बनाउने सोच राखेका छौँ’- सुवास एम सिंहले अझ भने-यसै सोच लिएर सबैभन्दा पहिले च्यारिटेबल डायलिसिस सेन्टर अनि पेथोलोजी सेन्टर बनाउन हामीले काम गरिरहेका छौँ। उनले उक्त च्यारिटेबल डायलिसिस अनि पेथोलोजी सेन्टरद्वारा यहाँका विरामीहरूले कमभन्दा कम खर्चमा सेवा लिनसकिने सुविधा प्रदान गर्ने बताए। उनले पश्चिम बङ्गाल खादी अनि भिलेज इण्डस्ट्री बोर्डको सहयोगमा दार्जीलिङ पहाडभरिका विभिन्न क्षेत्रहरूमा हाते तान प्रशिक्षण केन्द्रहरू सञ्चालन भइरहेको जानकारी गराए। 

उनले अझ भने अनुसार ट्रस्टले रोजगारका अवसरहरू प्रदान गर्न चाँडै कालेबुङमा रेसम उत्पादन केन्द्र पनि निर्माण गर्नेछ। कालेबुङमा रेसम खेतीको व्यापक सम्भावना रहेको भएपनि यसको फाइदा पहाडबासीले पाउन नसकिरहेको बताउँदै कुकुनबाट रेशम निकाल्ने, धागो काट्ने र रङ्ग्याउने अनि बुनेर बजार व्यवस्थापन समेत गर्ने ट्रस्टको सोच रहेको उनले बताए।

कार्यक्रममा प्रमुख अतिथि उत्तर बङ्गाल क्षेत्रीय ग्रामीण ब्याङ्क जलपाइगुढी शाखाका उप-निदेशक सुवास चन्द्र गुप्तले मणी ट्रस्टको कार्यको सराहना गर्दै ब्याङ्कबाट हुनसक्ने हरसम्भव सहयोग गर्ने बताए। उनले ग्रामीण क्षेत्रका युवाहरूलाई व्यवसायतर्फ आकर्षित गराउन आगामी दिनमा मणि ट्रस्टसित मिलेर संयुक्त रूपमा कार्य गर्ने तय गरेको जनाए।

आजको कार्यक्रमबीच भारतीय कामी उन्नयन परिषद्द्वारा चियरमेन सुवास एम सिंहलाई उनले समाजमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मान जनाइएको थियो। निर्मल दर्नालको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा ट्रस्टका सीईओ रेशमा राई सिंहले स्वागत सम्बोधन राखेकी थिइन् भने ट्रस्टका ट्रस्टीहरूद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। स्थापित गायक विक्रम कालिकोटेको साङ्गीतिक प्रस्तुती, कालेबुङ क्राफ्टको फेसन सो, डुवर्सका आदिवासी कलाकारहरूको नृत्य एवं स्थानीय कलाकारहरूको साङ्गीतिक-सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad