गोजमुमो बनाम गोरामुमो पार्टीको पोस्टर युद्ध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 5, 2018

गोजमुमो बनाम गोरामुमो पार्टीको पोस्टर युद्ध


गफसफ.com, कालेबुङ 5 मई।

गोजमुमो बनाम गोरामुमो पार्टीको वाक युद्धसँगै पोस्टर युद्ध पनि सुरु भएको छ। गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बाले ‘जीटीए हटाउ दागोपाप फर्काउ’ जस्ता नारादिएपछि सुरु भएको युद्ध पोस्टर युद्धमा समेत पुगेको छ। जिम्बाले लगाएका विभिन्न आरोपहरूको विरोध गर्दै गोजमुमो पार्टीले विभिन्न ठाउँहरूमा पोस्टरिङ गरेको थियो भने यता गोजमुमोको पोस्टरको विरुद्ध गोरामुमोले पनि पोस्टर नै टाँसेको छ। 


विशेष गरेर अहिले कालेबुङ शहरको मुटु मानिने डम्बर चौकमा गोजमुमो अनि गोरामुमो पार्टीको पोस्टर युद्ध सुरु भएको छ। गोजमुमोले टाँसेका पोस्टरकै नजिक गोरामुमोले आज पोस्टर टाँसेर पोस्टर युद्ध छेँडेको छ।

गोजमुमो बनाम गोरामुमो-को पोस्टर युद्धको केही झलकहरू यहाँ राखिएको छ-










No comments:

Post a Comment

Post Bottom Ad