राशन दोकानमा भ्रष्टचार: ब्यापारी सङ्गठनका अध्यक्षले भ्रष्टचार गरेको तारा सुन्दासको दाबी, भने –‘जीटीएले कार्वाही गरोस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 23, 2018

राशन दोकानमा भ्रष्टचार: ब्यापारी सङ्गठनका अध्यक्षले भ्रष्टचार गरेको तारा सुन्दासको दाबी, भने –‘जीटीएले कार्वाही गरोस्’


गफसफ.com, कालेबुङ 23 मई।

माकपा कालेबुङ जिल्ला समितिका सचिव तारा सुन्दासले व्यापारी सङ्गठनका अध्यक्ष ए.डी सिंहप्रति गम्भीर आरोप लगाउँदै आएका छन्। सिंहले राशन दोकान अवैद्य तरिकाले सञ्चालन गरेको सुन्दासको आरोप छ। यसका साथै उनले जनताका निम्ति आएको राशनका चामल अनि आँटा समेत निर्धारित परिणाममा नदिएको सुन्दासले आरोप छ। यसक्रममा उनले जीटीए अध्यक्ष बिनय तामाङलाई मोर्चाकै भातृसङ्गठन बनेको ब्यापारी सङ्गठनका अध्यक्षविरुद्ध कार्वाही गर्नुपर्ने माग गरेका छन्।

Tara Sundas (file photo)


ए.डी अर्केडको राशन दोकान एडी सिंहले चाउँदैछन्

कालेबुङ शहरको डीएस गुरुङ रोडमा अवस्थित राशन दोकान सङ्ख्या - WB00327114310 ए.डी अर्केडको नाउँमा रहेको छ। जुन राशन दोकान वर्तमान ब्यापारी सङ्गठनका अध्यक्ष ए.डी सिंहले सञ्चालन गर्दै आएको माकपा नेता तारा सुन्दासको दाबी छ। एउटा व्यक्तिको नाउँमा पञ्जिकृत राशन दोकान अर्को व्यक्तिले चलाउनुनै कानुरी रूपमा वैद्य होइन भन्ने सुन्दासको दाबी छ।

सरकारी आदेशले दिँदैन मान्यता

एउटा व्यक्तिको नाउँमा अनुमोदन भएको कुनै पनि राशन दोकान अन्य व्यक्तिलाई सञ्चालन गर्न 8 अगस्त 2013 मा पश्चिम बङ्गाल सरकारले प्रकाशित गरेको कोलकोता ग्याजेट नोटिफिकेसनले समेत मान्यता दिँदैन। ‘The West Bengal Public Distribution System (maintenance & Control) Order, 2013’- को खण्ड -3 अन्तर्गत अनुच्छेद 20 को उपनुच्छेद 6 मा कुनै पनि राशन दोकानका मालिकको मृत्यु भएको खण्डमा अथवा अस्वास्थ्यको कारण त्यस राशन दोकानमा रिक्त पद भएको खण्डमा सम्बन्धित दोकाम मालिकका परिवारका सदस्यहरूले फारम-सी सँगै एनेक्सचर-1भरेर सम्बन्धित विभागलाई आवेदन गर्न पर्ने उल्लेख रहेको छ। विभागलाई आवेदन बुझाउँदा परिवारका अन्य सदस्यहरूबाट अनापत्ति पत्र समेत खामेर बुझाउने स्पष्ट उल्लेख गरिएको छ। त्यसपछि उक्त आवेदनको आधारमा विभागका कर्मीहरूले सम्बन्धित ठाउँको स्थलगत निरिक्षण गरेर जिल्ला खाद्य सर्वराह नियन्त्रक अधिकारीले त्यस रिपोर्टलाई राज्य खाद्य निर्देशकलाई स्वीकृतीको निम्ति पठाउनुपर्नेछन्। यदि जिल्ला खाद्य निर्देशकले त्यस रिपोर्टलाई स्वीकृत गरे भने मात्र खण्ड स्तरीय खाद्य सर्वराह नियन्त्रक अधिकारीले आवेदन गरेने व्यक्तिको नाउँमा अफर लेटर जारी गर्नेछन्। त्यसपछि इच्छुक व्यक्तिले आफ्ना अन्य दस्तावेजहरूको आधारमा पुन: नियम अनुसार धरौटी जम्मा गर्नुपर्ने हुँदछ।
माकपा नेता तारा सुन्दासले उक्त सम्पूर्ण सरकारी आदेशलाई ए.डी सिंहले पालन गर्नको साटो ए.डी अर्केडको नाउँमा रहेको राशन दोकान सञ्चालन गर्नु कानुनी अपराध हो भन्ने दाबी गरेका छन्। यदि आफुले गलत आरोप लगाएको हो भने आफु विरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी समेत सुन्दासले दिएका छन्।

10 क्विन्टल चाम र 8 क्विन्टल आँटा कता हरायो?

माकपा नेता तारा सुन्दासले ए.डी अर्केडको नाउँ रहेको राशन दोकानबाट ए.डी सिंहले 10 किवन्टल चामल र 8 क्विन्टल आँटा भ्रष्टचार गरेको दाबी गरेका छन्। सुन्दासले कालेबुङ खाद्य सर्वराह विभागद्वारा 19 फरवरी 2018 का दिन मेमो नम्बर 157/FS/KPG/18 लगाएको पत्रमार्फत् कारण बताउ नोटिस जारी गर्नुको साथै राशन दोकानलाई सस्पेन समेत गरेको खुलासा गरेका छन्।  उक्त पत्रमा विभागीय अधिकारीवर्गले उल्लेखित राशन दोकानको जाँच गर्दा स्टक रेजिस्टर सही नभएको, मूल्य लेख्ने बोर्ड अनि दोकानका बोर्ड स्पष्ट नलेखिएको, स्थलगत भ्रमणमा 10 क्विन्टल चामल अनि 8 क्विन्टल आँटा नपएको, राशन वितरणको मापन स्पष्ट नभएको चारवटा कारण देखाएर उक्त कारण बताउ नोटिस सँगै सस्पेन गरेको सुन्दासले पत्रको प्रतिलिपी देखाउँदै भने।

उनले उक्त चामल अनि आँटा गतवर्ष 105 दिन पहाड बन्दको समय जनताले नपाएको राशन सरकारले पछिबाट दोब्बर दिनुभनि दिएको दाबी गर्दै ए.डी सिंहले भने दोब्बर राशन वितरण नगरेर भ्रष्टचार गरेको आरोप लगाका हुन्।

जीटीएले कार्वाही गर्नुपर्छ

खाद्य सर्वराह विभाग जीटीएमा हस्तान्तरण भएको विभाग भएको कारण जनताको राशन भ्रष्टचार गर्नेहरूलाई जीटीएले कार्वाही गर्नुपर्ने सुन्दासले माग गरेका छन्। जीटीए अध्यक्ष बिनय तामाङले शुन्य शत्रुको कुरा गर्दै भ्रष्टचार मुक्तको कुरा गरिरहेका छन्। यसकारण अब जनताको निम्ति आएको राशन आफै भ्रष्टचार गर्नेहरूलाई तपाईँहरूले कार्वाही गर्नुपर्छ। यस्ता व्यक्तिलाई कार्वाही गर्नुहोस्, माकपा सलाम गर्नेछतारा सुन्दासले भने।

सुन्दासले लगाएका आरोपहरू सबै झुटो हुन् - ए.डी सिंह

माकपा नेता तारा सुन्दासले लगाएका सम्पूर्ण आरोपहरू झुटो रहेको ए.डी सिंहले बताएका छन्। उनले टेलिफोनिक कुराकानीको क्रममा स्पष्टिकरण दिँदै आफुले कुनै भ्रष्टचार नगरेको दाबी गरेका छन्। माकपा नेता तारा सुन्दासले मात्र भ्रष्टचारको आरोप लगाउँदैछन्। तर, अहिलेसम्म मेरा राशन दोकानका उपभोक्ताहरूले कुनै गुनासो समेत गरेका छैनन्। उनको आरोप निराधार होए.डी सिंहले स्पष्टिकरण दिँदै भने।
A.D Singh (File Photo)

आफ्ना दिदीको राशन दोकान चलाउनु अवैद्य होइन

ए.डी सिंहले ए.डी अर्केडको नाउँमा रहेको राशन दोकान सञ्चालन गरेको स्वीकार गर्दै उक्त दोकान आफ्ना दिदीको नाउँआ रहेको कारण यसलाई अवैद्य होइन भनि दाबी गरेका छन्। मेरी दिदी एङ्ग्लो इन्डियनसँग विहे भएपछि अर्केड भएकी हुन्। आज उनकै दोकान मैले चलाएको हुँ। यो अवैद्य होइन। यसरी अरूको नाउँमा रहेका राशन दोकान चलाउनेहरू म एक्लो व्यक्ति होइन। कालेबुङमा यस्ता धेरै राशन दोकानहरू छन् जो एउटाको नाउँमा रहेको अन्यले चलाइरहेका छन्ए.डी सिंहले भने।

विभागका अधिकारीसँग भुल बुझाबुझ भयो

आफुले 10 क्विन्टल चामल अनि 8 क्विन्टल आँटा भ्रष्टचार गर्योक भन्ने सुन्दासको आरोपलाई पनि उनले निराधार रहेको दाबी गरेका छन्। जुन दिन विभागबाट मानिसहरू जाँच गर्न आएका थिए त्यस दिनभन्दा अघिल्लो दिनसम्मका सबै हरहिसाब रेजिस्टरमा अप्डेट गरिसकेको थिएँ। त्यसै दिनको मात्र अप्डेट गर्न भ्याएको थिइन्। त्यहीँ कारण मलाई सोकज गरियो। पछिबाट स्पष्टिकरण दिएँपछी उनीहरूले कुरा बुझे। यहाँ भ्रष्टचार गर्योथ भनेर आरोप लगाउनु गलत होए.डी सिंहले स्पष्टिकरण दिँदै भने।

No comments:

Post a Comment

Post Bottom Ad