तृणमूलमय डम्बरचौक; ममताको स्वागतमा पार्टीको झण्डाले सजियो शहर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 27, 2018

तृणमूलमय डम्बरचौक; ममताको स्वागतमा पार्टीको झण्डाले सजियो शहर


गफसफ.com, 27 मई।

कालेबुङको मुटु मानिने डम्बर चौक तृणमूलमय बनेको छ। भोलि मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमलाई केन्द्रमा राखेर डम्बरचौक तृणमूल कङ्ग्रेसको झण्डाले सजिएको हो। डम्बर चौकमा रहेको घडीँको टावलाई केन्द्रमा राखेर चारैतिर तृणमूल कङ्ग्रेसको चेन फल्याग लगाइएको छ। जसको कारण डम्बर चौक तृणमूलकङ्ग्रेसको झण्डाले सजिएको छ। यस अतिरिक्त पनि तृणमूल कङ्ग्रेसले कालेबुङ शहरको सम्पूर्ण ठाउँहरूमा दलको झण्डा लगाउने कार्य अघिबाटै गरिसकेको छ।


मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनमा तृममूल पार्टी कारकर्ताहरू उत्साही बनेका छन्। दलको बलियो उपस्थिति देखाउनका उनीहरूले कालेबुङ शहरभरीनै पार्टीको झण्डा अनि ठूल-ठूला स्वागतको ब्यानरहरू लगाउने कार्य गरिसकेको छ। कालेबुङको मेनरोडमा सबैभन्दा पार्टीको झण्डा लगाउने कार्य भएको छ। गोजमुमो पार्टीले स्वागतमा अघिबाटै मेनरोडमा झण्डा लगाउने कार्य गरेको थियो भने मोर्चाको झण्डालाई समेत ओझेलमा पार्नेगरी तृणमूल कङ्ग्रेसको झण्डा मेनरोडमा फर्फराएको हो। यद्यपी पछिबाट गोजमुमो पार्टीले पनि मेनरोडमा दलको झण्डा बाक्लो थपेपछि अहिले कालेबुङको मेनरोडमा गोजमुमो अनि तृणमूल कङ्ग्रेसको झण्डा फर्फराइरहेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad