लिभरपुललाई 3-1 ले पराजित गरेर रियल म्याड्रिटले जित्यो च्याम्पियन्स लिग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 27, 2018

लिभरपुललाई 3-1 ले पराजित गरेर रियल म्याड्रिटले जित्यो च्याम्पियन्स लिग


गफसफ.com, किएभ,युक्रेन 27 मई।

रियल म्याड्रिटले च्याम्पियन्स लिगको उपाधि जित्नको साथै उपाधी जितको ह्याट्रिक पुरा गरेको छ। शनीबार राती सम्पन्न भएको खेलमा लिभरपुललाई 3-1 गोलले पराजित गरेर रियल म्याड्रिट च्याम्पिन बनेको हो। युक्रेनको राजधानी किएभमा भएको फाइनलमा रियल म्याड्रिटका निम्ति ग्यारेथ बेलले 2 गोल गरेका थिए भने करीम बेन्जेमाले १ गोल गरे। यता लिभरपुलका निम्ति साडियो मानेले एक गोल फर्काए थिए ।



लिभरपुलका निम्ति महत्वपूर्ण मानिएका सुपरस्टार मोहमद सलाह खेल सुरु भएको आधा घण्टा खेल नबित्दै चोटल बनेपछि मैदान छोडेर निस्कन परेको थियो। चोटिल बनेका मोहमद सलाह मैदान छोड्नपर्दा आँसु खसाल्दै निस्केका थिए। उनी मैदानबाहिर बनेपछि रियल म्याड्रिटलाई धेरै सहज बनेको हो। यसक्रमा लिभरपुलका गोलरक्षक लोरिस क्यरियासले सामान्य भूल गर्दा रियलको जित पक्का भएको थियो।
मोहमद सलाह
टम्म दर्शकवर्गले भरिएको स्टेडियममा लिभरपुलका गोलरक्षक क्यारियासको गल्तीको फाइदा उठाउँदै रियल म्याड्रिटका बेन्जेमाले 51 औँ मिनटमा सुरुआती गोल गरेर टोलिलाई अग्रता दिलाएका थिए। उनले गोल गरेको 4 मिनट बित्न नपाई लिभरपुलका मानेले 54 औँ मिनटमा गोल गरेर खेललाई 1-1 को बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा बेलले दुई गोल गर्दै रियलको उपाधि पक्का गरेका हुन्। कोच जिनेदिन जिदानले बेञ्चमा राखेका बेललाई दोस्रो हाफमा परिवर्तित खेलाडीका रूपमा मौका दिएर मैदानमा ओह्रालेपछि  64 औँ मिनटमा सुन्दर गोल गरेका थिए। मैदानमा ओर्लिएको दुई मिनट नबित्दै बेलले रियल म्याड्रिटका निम्ति गोल गरेर गर्नका साथै च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा अद्भुत गोलहरूको सूचीमा सामेल भएको छ।

खेलको निर्धारित समयको 7 मिनट बाँकी हुँदा रियलका खेलाडी बेलले लामो दुरीको सटलाई गोलमा परिणत गरेपछि रियल म्याड्रिटको जित पक्का गरेका हुन्। उक्त जितसँगै रियल म्याड्रिट लगात तीनचोटी खिताब जित्ने टोली समेत बनेको छ। यता कोच जिनेदिन जिदान च्याम्पियन्स लिगमा लगातार तीनचोटी खिताब जिताउने पहिलो कोच बनेका छन्। उनले सन् 2016 मा टिमको जिम्मेवारी लिएपछि लगातार तीनचोटी च्याम्पियन्स लिग जिताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad