क्यूबाको जोस मार्टी अन्तराष्ट्रिय हवाई अड्डामा बिमान दुर्घट्ना, एकसय भन्दा अधिक यात्रीहरूको मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 18, 2018

क्यूबाको जोस मार्टी अन्तराष्ट्रिय हवाई अड्डामा बिमान दुर्घट्ना, एकसय भन्दा अधिक यात्रीहरूको मृत्यु


गफसफ.com, हवाना क्यूबा; 19 मई

क्यूबा देशको हवाना शहरमा अवस्थित जोस मार्टी अन्तराष्ट्रिय हवाई अड्डामा उडानको समय बिमान दुर्घट्ना हुँदा कम्तिमा एकसय जनाको मृत्यु भएको छ। स्थायीना मिडियाको रिपोर्ट अनुसार 104 जना यात्री बोकेको क्यूबना दे एभिक्सन बोइङ 737-200 उडान भर्नसाथ दुर्घट्ना भएको हो। बिमानमा अचानक आगो लागेपछि दुर्घट्ना भएको बताइएको छ।




रेडियो हबना क्यूबाको खबर अनुसार दुर्घट्नाग्रस्त उक्त घरेलु बिमान हवानादेखि पूर्वी शहर होलगुइन जाँदै गरेको थियो। जहाँ मोठ 104 जना यात्रीहरू सवार रहेका थिए। घट्नाको तत्कालै आगो निभाउनका निम्ति दमकलका धेरै गाडीहरू घट्ना स्थलमा आइपुगेको थियो भने धेरै सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको छ। एएफपीको रिपोर्ट अनुसार प्रत्यक्षदर्शीहरूले बिमान अड्डा नजिक कालो धुँवा उडीरहेको देखेका थिए। उक्त दुर्घट्नाको कारण भने अहिलेनै पत्तो लाग्न सकेको छैन।


बिमान दुर्घट्नाको सूचना प्राप्त हुनसाथ क्यूबाका राष्ट्रपति मिगुल डियाज कानेल दुर्घट्ना स्थलमा पुगेर जानकारी लिएका थिए। उनले धेरै सङ्ख्यामा मानिसहरू दुर्घट्नाको शिकार भएको बताएका छन्। बिमानमा 104 जना यात्री बाहेक थप 9 जना चालक दलका सदस्य पनि रहेको राष्ट्रपति मिगुल डियाज कानेलले बताएका छन्। अहिलेघरी बचाव दलका सदस्यहरूले उद्धार कार्य गरिरहेका छन् भने दुर्घट्नामा परेका यात्री अनि चालक दलका सदस्यहरू बाँच्न सक्ने सम्भावना अत्यन्तै कम्ति रहेको छ। बिमान दुर्घट्नामा अर्जेन्टिनाका दुईजना यात्रीहरू रहेको बताइएको छ भने 6 जना क्रु मेम्बरहरू मेक्सिकोका रहेको बताइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad