जीटीए क्षेत्रमा शिक्षा व्यवस्थाले लिक पक्रेको दाबी गर्दै विनय तामाङले भने - ‘शिक्षालाई राजनीतिभन्दा माथि उठेर हेर्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 18, 2018

जीटीए क्षेत्रमा शिक्षा व्यवस्थाले लिक पक्रेको दाबी गर्दै विनय तामाङले भने - ‘शिक्षालाई राजनीतिभन्दा माथि उठेर हेर्नुपर्छ’


गफसफ.com, दार्जीलिङ 17 मई।

शिक्षालाई राजनीतिभन्दा माथि उठेर हेर्नुपर्छउक्त कुरा जीटीए अध्यक्ष बिनय तामाङले कैंजलेमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भनेका हुन्। कैंजले निम्नोच्च विद्यालयले उच्च विद्यालयको मान्यता पाएपछि तामाङ कार्यक्रममा सहभागी बन्न पुगेका थिए। उक्त कार्यक्रममा उनले जीटीएको पक्षबाट शिक्षालाई विशेष महत्व दिएको दाबी गर्दै शैक्षिक विकासका निम्ति राजनीति गर्न नहुने आह्वान गरे।

Binoy Tamang (File Photo)


बिनय तामाङले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जीटीए क्षेत्रमा अहिलेघरी बिकासका कार्यहरूले गति पक्रेको पनि दाबी गर्न पछि परेनन्। जीटीएक्षेत्रमा अब बिस्तारै शिक्षाको विकासले लीक पक्रेको छ।  अब यो निरन्तर रूपमा अघि बड्नेछ। पहाड़को हरेक क्षेत्रलाई विकसित बनाइनेछ। विकासकार्यमा अब पछि फर्केर हेर्ने छैनौंबिनय तामाङले अझ भने।

तामाङले बिजनबारीमा अवस्थित डिग्री कलेजको पुरानो कलेजलाई चाडै कृषि कलेजको रूपमा विकास गर्ने पनि बताएका छन्। यसक्रममा उनले घूमदेखि बिजनबारीसम्म तथा पुलबजार भएर जोरथाङसम्मको पुग्ने सड़क पीडब्लुडी विभागमा गाभिसकेकोले अब उक्त सड़कहरूको समस्याबाट पनि क्षेत्रवासीहरूले छुटकारा पाउने उनले बताए। यसबाहेक बिजनबारीदेखि लोधोमासम्मको बाटो पनि चाड़ै पीडब्लुडी विभागमा  गाभिने पनि तामाङले जानकारी गराएका छन्।

यता कैंजले निम्मोच्च विद्यालयले माध्यमिक विद्यालयको रूपमा मान्यता पाएपछि क्षेत्रमा खुशीको लहर छाएको छ। विद्यालयले बडोत्तरी प्राप्त गर्न सकेकोमा आफूहरूको बर्षौको सपना पूरा भएको विद्यालय कर्तृपक्षले बताएको छ। यस अवसरमा आयोजिक कार्यक्रममा विशेषरूपले सहभागी बन्न पुगेका जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङलाई विद्यार्थीहरुले पुष्प-गुच्छ अनि खदामालाले भव्य स्वागत गरेका थिए। कार्यक्रममा उनीसँगै गोजमुमो सागंठनिक सचिव एलएम लामा केन्द्रिय उपाध्यक्ष सतीस पोख्रेल, पूल-बिजनबारी गोक समष्टि सभापति सिरिमान राई आदि पनि उपस्थित बनेका थिए भने स्थानीय मानिसहरूको पनि व्यापक उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad