येदुरप्पाले लिए किसानको नाउँमा सपथ, सपथपछि ऋणमाफीको गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 17, 2018

येदुरप्पाले लिए किसानको नाउँमा सपथ, सपथपछि ऋणमाफीको गरे घोषणा


गफसफ.com, बङ्गलुरू 17 मई।

सेतो सफारी सूट अनि हरियो रङ्गको शल ओढेर आएका बीएस येदुरप्पाले राजभवनमा आयोजित समारोहमा ईश्वर अनि किसानको नाउँमा कर्नाटक राज्यका मुख्यमन्त्रीको सपथ लिएका छन्। गत 15 मईको दिन भाजपालाई कर्नाटकमा सबैभन्दा धेर जनादेश प्राप्त भए पनि सरकार गठनको निम्ति पाउनुपर्ने स्पष्ट बहुमत भने प्राप्त नहुँदा अनेकौँ नाटकीय घट्नाहरू भएको थियो। अनेकौँ नाटकीय घट्नाक्रमको भुँवरीमा रिमलिएको कर्नाटक राज्यको राजनीतिमा आखिरमा कर्नाटको सत्ता बीएस येदुरप्पाको हाथमा नै पुगेको छ। 



राज्यपाल वजुभाई वालाले येदुरप्पालाई मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ दिएलाकी थिए। त्यसबेला येदुरप्पाले ईश्वर अनि किसानको नाउँमा सफथ ग्रहण गर्ने निर्णय लिएका थुए। शपथ ग्रहणपछि मिडीया समक्ष देखा परेका येदुरप्पाले किसानहरूले एकलाख सम्म लिएका ऋण माफी गर्ने घोषणा गरेका छन्।

विधानसभामा विश्वास मत जित्न अनि पाँचवर्षको कार्यकाय पुरा गर्नका निम्ति हामी सय प्रतिशत ढुक्क छौँबीएस येदुरप्पाले सपथ ग्रहणपछि भने। उनले यसक्रममा कङ्ग्रेस-जद(एस) गठबन्धनलाई अपवित्र भन्न समेत पछि परेनन्। कङ्ग्रेस-जद(एस) लाई राज्यका जनताले पूर्णरूपले अस्वीकार गरेको दाबी गर्दै उनीहरूले नै राज्यको सत्ता कब्जा गर्ने कोशिस गरेको आरोप पनि लगाए। मलाई विश्वास मत जित्ने अनि आगमी पाँचवर्ष पुरा गर्ने कुरामा पूर्ण विश्वास रहेको छयेदुरप्पाले भने।

सर्वोच्च न्यायालयमा रातभरी चलेको दुर्लभ कानुनी लडाईपछि शपथ ग्रहण गर्नका साथै येदुरप्पाले पहिलोप पत्रकार सम्मेलन आयोजना गरेर सम्बोधन गरेका थिए। कङ्ग्रेस-जद(एस)ले सरकार गठन रोक्नका निम्ति सर्वोच्च न्यायालयको दैलो ढक-ढकाएको थियोयेदुरप्पाले भने। यसक्रममा उनले विश्वास मतका दिन सम्पूर्ण विधायकगणलाई आफ्ना विवेक अनुसार भोट दिने अपिल पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad