जीटीए अध्य्क्ष विनय तामाङसँग लालकोठीमा वैठक, हालै नियुक्ति पाएका शिक्षकवर्गलाई बीएड गर्नका निम्ति व्यवस्था गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 16, 2018

जीटीए अध्य्क्ष विनय तामाङसँग लालकोठीमा वैठक, हालै नियुक्ति पाएका शिक्षकवर्गलाई बीएड गर्नका निम्ति व्यवस्था गरिने


गफसफ.com, दार्जीलिङ 16 मई।
पहाडका विभिन्न विद्यालयहरूमा हालैअ नियुक्ति पाएका शिक्षकवर्गलाई प्रशिक्षण प्रदान गर्न जीटीएले विशेष पहल गर्ने भएको छ। अहिलेसम्म बीएड नगरेका सम्पूर्ण नियुक्ति पाएका शिक्षकवर्गलाई बीएडको प्रशिक्षण दिलाउनका निम्ति पहल गरिएको जीटीए अध्यक्ष बिनय तामाङले एक प्रेस बिज्ञप्ति जारी गरेर बताएका छन्। 


बुधबार जीटीए सचिवालय लोलकोठीमा अध्यक्ष विनय तामाङ, जीटीए शिक्षा विभाग प्रभारी सदस्य अमरसिहँ राई, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक ज्योतिर्मय टाटीँ अनि इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरी अनि उत्तर बङ्गाल विश्व विद्यालय यूजीसी काउन्सिलका सचिवा नुपूर दासमाझ जीटीएक्षेत्रका शैक्षिक व्यवस्थाको व्यवस्थापन गर्ने विषयलाई लिएर एउटा महत्त्वपूर्ण सभा सम्पन्न भएको उल्लेख गर्दै सभामा नियुत्कि पाएका शिक्षकवर्गलाई बीएड प्रशिक्षण दिनका निम्ति विसेष व्यवस्था गरिने चर्चा भएको बिज्ञप्तिमा बताइएको छ।

तामाङले विज्ञप्तिमा बताएअनुसार, गत 3 अप्रेलको दिन संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनका प्रतिनिधिहरूले जीटीए अध्यक्ष विनय तामाङ एवं शिक्षा विभाग प्रभारी अमरसिहँ राईलाई एउटा ज्ञापन चड़ाएका थियो।उक्त ज्ञापनमा तर्फबाट हालैमा नियुक्ति पाएका शिक्षकहरूको भविष्यसितै दार्जीलिङ पहाड़को शैक्षिक-व्यवस्थालाईपनि ध्यानमा राखेर उनीहरूलाई बीएड प्रशिक्षण गराउने व्यवस्था मिलाइदिने अपील संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनले गरेको थियो। सगंठनको उक्त प्रस्ताव मननयोग्य रहेकोले गर्दा नै जीटीएले यस विषयमा कार्य अघि बड़ाउने निर्णय लिएको बिज्ञप्तिमा बताएका छन्।

बैठकमा यस विषयलाई निक्कै प्राधान्यता पनि दिइएको थियो। जसको फलस्वरूप हालैमा नियुक्ति पाएका शिक्षकहरूमध्ये 200 जनालाई यही वर्ष सिलगढ़ीमा पञ्जीकरण गर्ने तय गरिएको छ। ती शिक्षकहरूलाई दुई बर्षे बीएड तालिम गराइनेछ भने सातामा शनिबार अनि आइतबार अनि कुनै एकदिन गरेर तीन दिन अनिवार्यरूपमा कक्षा गर्नुपर्नेछ।शनिबार अनि आइतबार बाहेक अन्य एकदिन शिक्षकहरूलाई स्टडी लिभको आधार गरेर छुट्टी प्रदान गर्ने प्रावधान मिलाउनेछ। यसबाहेक  अन्य शिक्षकहरूलाई भने दार्जीलिङ पहाड़मै बीएड तालिम दिने व्यवस्था मिलाउने पनि आजको सभामा चर्चा गरिएको छ।
बङ्गालमा यूजीसीद्वारा पञ्जीकृत धेरैवटा बीएड कलेजहरू हालमा बन्दावस्थामा रहेको र ती बन्द कलेजहरूमध्ये कुनै एउटा कलेजलाई दार्जीलिङमा ट्रान्सफर गराएर त्यहाँ अन्य शिक्षक/शिक्षिकाहरूलाई तालिम दिन सकिने इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरीले सुझाउ राखे। उक्त कार्यको निम्ति नर्थ बेङ्गल युनिभर्सिटीले एनओसी पनि दिन सक्ने पनि उनले बताए। आजको सभामा यस विषयमा तुरून्तै कार्वाही शुरू गरिने निर्णय लिइएको छ।

यसबाहेक दार्जीलिङ पहाड़का विद्यार्थीहरूको निम्ति इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजको एउटा शाखाको रूपमा ल कलेज निर्माण गरिने पनि आजको सभामा चर्चा भएको छ। उक्त ल कलेजको निम्ति जीटीएले जमीन प्रदान गरिनुपर्ने भएकोले गर्दा केही दिनमा नै जमीन चिह्नित गरिनेछ।

यसरी नै घूम जोरबगंलो कलेजको व्यवस्थापन अनि सञ्चालनको विषयमा पनि सभामा चर्चा गरियो।उक्त कलेजको सन्दर्भमा जोयजीत चौधरीले धेरै अघि नै केन्द्र सरकारद्वारा जारी गरेको अध्यादेशअनुसार कलेजलाई सरकारले पूर्णरूपमा टेक ओभर गर्न नसकेतापनि प्राद्यापक- प्राद्यापिकाहरूको तनाखा भने सरकारबाट हुनसक्ने प्रावधान रहेको बताए।तथापि उक्त प्रावधान प्राप्त गर्नुको निम्ति सबै प्राद्यापक-प्राद्यापिकाहरूले सरकारी औपचारिकता अथवा योग्यता पूर्ण गर्नुपर्ने उनले बताए। आवश्यकता परेको खण्डमा उक्त विषयमा प्रक्रिया अघि बड़ाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने पनि उनले आश्वासन दिए। सुके-पोखरीमा सञ्चालन हुन गइरहेको डिग्री कलेजको डीपीआऱ तयार पार्न पनि इण्डियन इन्स्टिट्यूट अफ लिगल स्टडिजका चेयरम्यान जोयजीत चौधरीले सहयोग गर्ने भएका छन्।

पहाड़को शैक्षिक व्यवस्थालाई व्यवस्थित बनाउने जीटीएको उद्धेश्यमाथि आजको सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने आफूहरू विश्वस्त रहेको तामाङले विज्ञप्तिमा जनाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad