‘सधैँ गौरव राख्नेछौँ गोर्खाको’-भन्ने डम्बरसिंह गुरुङको सालिग समेत पुलिसी घेराबन्दीमा, जन आन्दोलन पार्टीले गर्‍यो पुलिस हटाउने माग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 15, 2018

‘सधैँ गौरव राख्नेछौँ गोर्खाको’-भन्ने डम्बरसिंह गुरुङको सालिग समेत पुलिसी घेराबन्दीमा, जन आन्दोलन पार्टीले गर्‍यो पुलिस हटाउने माग


गफसफ.com, कालेबुङ 15 मई।

सधैँ गौरव राख्नेछौँ गोर्खाको’ – भन्ने डम्बरसिंह गुरुङ घेराबन्दीमा परेका छन्। कालेबुङको डम्बरचौकमा अवस्थित उनको सालिग पुलिसी घेराबन्दीमा परेको हो। गतवर्षको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय पुलिस प्रशासनले आन्दोलनकारीहरूलाई खेदेर डम्बरचौकमा आधिपत्य जमाएपछि डम्बरसिंह गुरुङको सालिग भएकै ठाउँलाई नै घेराबन्दी गरेर राखेको छ। जुन ठाउँ पहाडमा आन्दोलनपछि स्वाभाविक परिस्थिति बनिन्दा समेत आजसम्म पुलिस प्रशासनको घेराबन्दीबाट छुट्न सकेको छैन।



भारतीय गोर्खाहरूमा राजनैतिक चेतना जगाउने नेता मानिने डम्बरसिंह गुरुङको डम्बरचौकमा अवस्थित सालिग वरिपरी अचेल पुलिसका बन्दुको नाल तेर्सिएको हुन्छ। पश्चिम बङ्गाल सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन चर्केपछि ल्याएका इस्ट्रन फ्रन्टियर राईफल (इएफाआर) का जवानहरूले अहिके डम्बर चौकमा डम्बरसिंह गुरुङको  सालिगलाई घेरेर राखेका छन्।


गोर्खाल्याण्ड आन्दोलनपछि पुलिसले घेराबन्दी गरेर राखेको स्व. डम्बरसिंह गुरुङको सालिगलाई गोर्खालिग पार्टीको स्थापना दिवसको अवसर पारेर जन आन्दोलन पार्टीले सफाई गर्दै खदा लगाएर श्रद्धाञ्जली अर्पण गरेको छ। 15 मई 1943 का दिन अखिल भारतीय गोर्खालिग पार्टीको स्थापना गर्ने स्व. डम्बरसिंह गुरुङको सालिग डम्बर चौकमा धुलै धुलोले भरिएर बसेको थियो। जहाँ जाप कार्यकर्ताहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो। भारत स्वतन्त्रपूर्ण गठन भएको पहिलो राजनैतिक दल अखिल भारतीय गोर्खालिग पार्टीकासंस्थापक स्व डम्बरसिंह गुरुङलाई आज जाप पार्टी कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्नुको साथै डम्बरचौकमा बसेका पुलिस प्रशासन हटाउने माग पनि गरेको छ।

बाबु डम्बरसिंह गुरुङले सन् 1943 मा आजको दिन सम्पूर्ण गोर्खाहरूका निम्ति राजनैतिक दल गठन गरेको ऐतिहासिक दिन हो। सम्पूर्ण गोर्खाहरूमा राजनैतिक चेतना जगाएर राजनीति सिकाउँदै उनले गोर्खाहरूलाई एकीकरण गर्ने महत्वपूर्ण कार्य गरेर गएका छन्। यस ऐतिहासिक दिनमा हामी हामी बाबु डम्बरसिंह गुरुङलाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्न अएका हौँजन आन्दोलन पार्टीका महासचिव नयन प्रधानले भने। उनले भारतीय गोर्खाहरूमा राजनैतिक चेतनाको बिजारोपन डम्बरसिंह गुरुङले गरिदिएकै कारण आज भारतीय गोर्खाहरू अहिलेको अवस्थामा रहेको पनि बताए।

यसक्रममा अहिलेघरी प्रशासनले डम्बरसिंह गुरुङको सालिग भएकै ठाउँमा आधिपत्य जमाएर बसेको कार्यको पनि जन आन्दोलन पार्टीले बिरोध गरेको छ। प्रशानसले डम्बरसिंह गुरुङको सालिग भएको ठाउँमा क्याप्चर गरेर बस्नु राम्रो कार्य होइन्। यसको हामी विरोध गर्दछौँ अनि यहाँ बसेका पुलिस प्रशासनलाई अन्यत्र राख्ने माग गर्दछौँजाप महासचिव नयन प्रधानले भने।

स्मरण रहोस्, गतवर्ष पहाडमा चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पछि पुलिस प्रशासनले डम्बरसिंह गुरुङको सालिग भएको ठाउँलाई अस्थायी पुलिस चौकिनै बनाएर राखेको छ। जहाँ अहिलेघरी पश्चिम बङ्गाल सरकारले कालेबुङमा ल्याएर राखेका ईस्ट्रन फ्रन्टियर राईफल (ईएफाआर) का जवानहरू बसेका छन्। आन्दोलन अवधी राज्य सरकारले ल्याएर राखेका ईएफआराका जवानहरू डम्बरसिंह गुरुङकै स्मरणमा रहेको सालिग अघि अस्थायी क्याम्प नै बनाएर 24 घण्टा नै बस्ने गरेका छन्। जसको कारण डम्बरचौकमा अवस्थित डम्बरसिंह गुरुङको सालिग रहेको चौतारीमा साधारण मानिसहरू बस्न समेत पाइरहेका छैनन् भने सम्पूर्ण चौतारीलाई नै पुलिसले चारैतिरबाट कालो प्लास्टिकले ढाकेर राखेको छ। जसलाई अहिलेसम्म प्रशासनले खालि गर्ने पहल गरेको छैन भने पहिलोचोटी आज जन आन्दोलनको पुलिसले उक्त स्थान खाली गर्नुपर्ने माग गरेको छ।

यसभन्दा अघि जीटीएको सत्तामा आसिन बनेपछि पहिलोपल्ट कालेबुङ भ्रमणमा आएका जीटीए अध्यक्ष बिनय तामाङले स्व. डम्बरसिंह गुरुङको उक्त सालिगमा खदा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरेका थिए। यसका साथै त्यसबेला समाधिमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसबेला डम्बरसिंह गुरुङ प्रति तामाङले चढाएको श्रद्धा देख्दा डम्बर चौकबाट पुलिसलाई हटाएर उक्त ठाउँ खालि गर्ने मानिसहरूले अपेक्षा पनि राखेका थिए भने यस दिशामा उनले आजसम्म कार्य भने गरेका छैनन्। जसको कारण गोर्खाल्याण्ड आन्दोलन समापन भएर पहाडमा स्वाभाविक स्थिति बनिसक्दा पनि डम्बर चौकमा डम्बरसिंह गुरुङको सालिगलाई भने प्रशासनले नै घेराबन्दीमा घेरेर राखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad