अस्पतालका डाक्टरलाई हातपाई; विरोधमा ओपीडी बन्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 21, 2018

अस्पतालका डाक्टरलाई हातपाई; विरोधमा ओपीडी बन्द

गफसफ.com, कालेबुङ 21 मई।

केही मानिसहरूले कालेबुङ जिल्ला अस्पतालका डाक्टरलाई हातपाई गरेपछि अस्पतालका कर्मीहरूले विरोधमा ओपीडी बन्द गरेका थिए। उक्त घट्ना आज दिउँसो लगभग 11:30 बजेतिर भएको हो। 

Kalimpong Hospital (File Photo)


प्राप्त जानकारी अनुसार जिल्ला अस्पतालका डा. अभिषेक गौतम वाहनमा चडेर आफ्ना कार्यमा जाँदै गर्दा पछिबाट आइरहेको एउटा वाहनले कालेबुङ गर्ल्स हाइ स्कुल नजिकमा पास मागेको थियो। बाटो साँघुरो रहेको कारण उनले पछिबाट आएका वाहनलाई पास दिन नसकेपछि सोझै अस्पतालमा पुगेक थिए। अस्पताल पुगेपछि उनी वाहनबाट ओर्लन नपाई पछिबाट आएका वाहनमा सवार युवाहरूले उनीमाथी अचान कुटपिट गर्न थालेका थिए। त्यसपछि अस्पताल परिसरमा हल्ला मच्चिएपछि अस्पतालका कर्मचारीवर्गले ओपीडी बन्द गरेर विरोध सुरु गरेको हो। 

अस्पतालका कर्मीहरूले ओपीडी बन्द गरे पनि आपतकालिन सेवा भने सुचारू नै रहेको थियो। उक्त घट्नाबारे कालेबुङ थानामा लिखित जानकारी दिइएको अस्पताल पक्षबाट डा. पी विश्वासले जानकारी दिएका छन्। यसक्रममा उनले पिडीतलाई न्याय दिलाउन अरोपीहरू विरुद्ध उचित कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। यता डाक्टारलाई कुटपिट गर्ने आरोपीहरू भने अस्पतालमा हो-हल्ला मच्चिएपछि चम्पट कसेका छन् भने समचार लेखुञ्जेलसम्म पुलिसले पक्राउ गरेको छैन।

No comments:

Post a Comment

Post Bottom Ad