२ सय भन्दा अधिक विमल गुरुङलाई पर्खनेहरू गए तृणमूल कङ्ग्रेसमा; राज्यसभा सांसद शान्ता छेत्रीले भनिन् – ‘यो क्रम जारी रहनेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 3, 2018

२ सय भन्दा अधिक विमल गुरुङलाई पर्खनेहरू गए तृणमूल कङ्ग्रेसमा; राज्यसभा सांसद शान्ता छेत्रीले भनिन् – ‘यो क्रम जारी रहनेछ’

 गफसफ.com, कालेबुङ 3 मई। 

गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङलाई धर्यतासँग पर्खेर बसेकाहरू आखिरमा तृणमूल कङ्ग्रेसमा सामेल हुन थालेका छन्। विमल गुरुङ पन्थीकाहरू आज 2 सय भन्दा अधिक युवा मोर्चा कार्यकर्ताहरूले कालेबुङमा तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। राज्यसभा सांसद एवम् तृणमूल नेत्री शान्ता छेत्रीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गरेर तृणमूल कङ्ग्रेसमा सामेल गराएकी छन्। 



२ सय भन्दा अधिकले समाए तृणमूलको झण्डा 

‘कालेबुङका मोठ 2 सय भन्दा अधिक युवाहरू मोर्चाका कार्यकर्ताहरू आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यो क्रम जारी रहनेछ’ शान्ता छेत्रीले भनिन्। यसभन्दा अघि पनि धेरैजनाले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेको भन्दै उनले पार्टीप्रतिको आस्था साँचेर यसरी सामेल हुने क्रम जारी रहेको दाबी समेत गरीकी छन्। 

गणतन्त्रमा राजनीति गर्ने सबैलाई अधिकार छ

गोर्खाल्याण्डको विफल आन्दोलन पछि विनय तामाङ जीटीएको सत्तामा छन् भने विमल गुरुङ पन्थीहरू भूमिगत बनेका छन्। यता एउटा समुहले भने विमल गुरुङ प्रति नै आस्था साँचेर प्रतिक्षा साँचिरहेका छन् भने विनय तामाङले पूर्णरूपले जनताको साथ पाउन नसकेको फाइदा उठाउँदै अहिले तृणमूल कङ्ग्रेसले सङ्गठन बिस्तारको क्रमलाई सुरु गरेको छ। यस्तो अवस्थामा एउटा प्रश्नको उत्तर दिँदै शान्ता छेत्रीले भनिन्- ‘गणतन्त्रमा सबैलाई आ-आफ्नो राजनीति गर्ने अधिकार छ। हामी आफ्नो मुद्दा लिएर सङ्गठन विस्तार गरिरहेका छौँ।’

जीटीएको चुनाव हुनपर्छ 

कुनै पनि चुनावका निम्ति गोजमुमो तयार छ भनि विनय तामाङले बयान दिएको एकदिन बित्न नपाई राज्यसभा सांसद शान्ता छेत्रीले पनि जीटीएको चुनाव हुनपर्छ भनि बयान दिएकी छन्। उनले पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिनेक्रममा ‘गणतन्त्रमा चुनाव हुनपर्छ’ भनेकी हुन्। यद्यपी उनले यसबारे पार्टीको हाई कमाण्डले नै सबै तय गर्ने भएको कारण अरु टिप्पणी दिन नसक्ने पनि स्पष्ट पारेकी छन्। 

संसदमा उठाउनेछु जनताको मुद्दा 

राज्यसभा सांसद चुनिएपछि आफुले जनताको निम्ति कार्य गर्ने शान्ता छेत्रीले आश्वासन दिएकी छन्। संसदमा धेरै मुद्दाहरूको उठान गर्न सक्ने भन्दै आफुले उचित समयमा पहाडका जनताको निम्ति मुद्दाहरूको उठान गर्ने उनले बताइन्। 

आन्दोलनले की लाभ भएन – सुमन गुरुङ 

तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गर्ने गोजमुमो विमल पन्थीका सुमन गुरुङले बिगतका आन्दोलनले केही लाभ नभएको बयान दिएका छन्। ‘विगतको दिनमा भएको आन्दोलनले कुनै उपलब्धि ल्याउन सकेन। यसकारण युवाहरूले लडेर होइन मिलेर कार्य गर्नुपर्छ भन्ने सोंच आएपछि आज हामीले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका हौँ’ सुमन गुरुङले भने। उनले बितेको आन्दोलनमा आफुहरू लडेपनि विमल गुरुङलाई बाटो देखाउनेहरूले ठिक बाटो नदेखाएको कारण यो अवस्था भएको हुनसक्ने बताउँदै ‘अब लडेर होइन मिलेर काम गर्नेछौँ’ भने। 

तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला अध्यक्ष सतिश थीङको अध्यक्षतामा सम्पन्न सभामा शान्ता छेत्री, ढेण्डुप भोटिया, युवा अध्यक्ष प्रणय थुलुङ, उपाध्यक्ष साण्डुप लामा आदिले सभालाई सम्बोधन गरेका थिए। 

No comments:

Post a Comment

Post Bottom Ad