‘आप्पा’ हुने भए दयाहाङ राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 20, 2018

‘आप्पा’ हुने भए दयाहाङ राई


गफसफ.com, 20 अप्रेल 2018
दयाहाङ राई आप्पाहुने भएका छन्। उनी आप्पाबन्नका निम्ति चाँडै काठमाडौबाट भारत प्रस्थाना हुनेछन्। काठमाडौँको मण्डला नाटकघरमा राईको क्लब सेभननाटक मञ्चन भइरहेको अनि सिनेमा हलहरूमा नेप्टेचलिरहेको समयमा उनी आप्पाहुने खबर अघि आएको छ।  यसपल्ट उनी नेपाल होइन तर, भारत आएर आप्पाबन्ने भएका हुन्।



कन्टेन्टमा विश्वास गर्छुभन्ने दयाहाङ राईले बेनुका राईसँग बिहेगरेपछि उनीहरूका एक छोरा छन्। अर्थात् दयाहाङ राई अघिबाटै एक छोराका आप्पाबनिसकेका छन्। तर, यसपल्ट उनी माउन्टेन पिक्चर्स’-को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आप्पाबन्न लागेका हुन्।

युवा फिल्म निर्देशक अन्मोल गुरुङद्वारा निर्देशित फिल्म आप्पामूलत: भारतको कालेबुङबाट निर्माण भइरहेको छ। उक्त फिल्म माउन्टेन पिक्चर्स्को ब्यानरमा पहिलोचोटी ठूलो पर्दाको चलचित्र हुनेछन्। गतिलो लगानी भएको उक्त चलचित्रको कन्टेन्ट’-ले दयाहाङ राई आकर्षित भएपछि फिल्ममा काम गर्ने सहमती भएको हो। आप्पा’-को सुटिङ आगमी 25 अप्रेलदेखि सुरु हुने तय भएको छ। जसको निम्ति दयाहाङ राई चाँडै भारत प्रस्थान हुनेछन्।

दार्जीलिङ, कालेबुङ लगायतका रमणीय पर्यटन केन्द्रहरूमा सुटिङ हुन लागेको उक्त फिल्ममा काम गर्नलाई दयाहाङ राईले काठमाडौँको एउटा चलचित्र समेत छोडेको हल्ला छ। अघिबाटै काठमाडौँबाट बनिने फिल्मका निम्ति सहमती भइसकेको दयाहाङ राईले आप्पाको कन्टेन्ट मन पराएपछि त्यस फिल्म छोडेको चर्चा छ।

माउन्टेन पिक्चर्स्-को ब्यानरमा पहिलोपल्ट ठूलो लगानीमा बनिने ठूलो पर्दाको चलचित्र हो आप्पा। यसका साथै आप्पादयाहाङ राईका निम्ति भारतीय मूलबाट बनिन लागेको पहिलो फिल्म पनि हो। जुन फिल्मको ढोकाबाट दयाहाङ राईभारतीय नेपाली फिल्ममा छिर्नेछन्।

मेरा निम्ति एउटा ड्रिम प्रोजेक्ट हो आप्पा। यस फिल्मलाई लिएर धेरै उत्साहित छु। फिल्मको सुटिङ आगमी 25 अप्रेलका दिनदेखि आरम्भ हुनेछयुवा निर्देशक अन्मोल गुरुङले भने। उनले सुटिङका निम्ति सम्पूर्ण लोकेसन तय भइसकेको पनि जानकारी दिएका छन्। दयाहाङ राईसित पहिलोचोटी काम गर्दैछौँ। आशा छ हाम्रो कामलाई नेपाली फिल्मका दर्शकहरूले रूचाउनेछन्निर्देशक गुरुङ अझ भन्छन्। उनले आप्पाको कथा विश्वभरी रहेका नेपाली पाठकहरूले मन पराउने आशा पनि व्यक्त गरेका छन्। नेपाली फिल्म भनेको नेपाली दर्शकहरूका निम्ति हो। हामी विश्वभरी छरिएका नेपाली दर्शकहरूलाई छुन सक्ने कथा लिएर आप्पाबनाइरहेका छौँगुरुङले भने। यसक्रममा कला र कलाकारलाई कुनै पनि सिमाले छेक्न नसक्ने भन्दै दयाहाङ राईको कलाकारिताको प्रशंसा पनि निर्देशक गुरुङले गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad