मह जोडीको ‘शत्रुगते’ कमाईको मामिलामा पनि अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 20, 2018

मह जोडीको ‘शत्रुगते’ कमाईको मामिलामा पनि अघि


गफसफ.com, 20 अप्रेल 2018 
नेपाली फिल्म जगतमा मह (मदनकृष्ण श्रेष्ठ अनि हरिवंश आचार्य) जोडीको दमदार प्रस्तुति चलिरहेको छ। 17 वर्षपछि नेपाली फिल्ममा फर्केका महजोडीको शत्रुगतेअहिले नेपालका विभिन्न सिनेमा घरहरूमा भीडका साथ चलिरहेको छ। नेपाली फिल्मको ब्यापार छैन भन्ने भनाइलाई महजोडीको शत्रुगतेले गलत प्रमाणित गरेको छ।


फिल्म सुरु भएको पाँचौ हप्ता प्रवेश गर्दा पनि दर्शकवर्गको भीड भने घटेको छैन। मानिसहरू उत्तिकै क्रेजका साथमा मह जोडीको शत्रुगतेहेर्न सिनेमा घरहरूमा आइरहेका छन्। शत्रुगते फिल्मले पाँचौ सप्ताहमा प्रवेश गर्दा १३ करोडभन्दा अधिकको ब्यापार गरेको जानकारी छ। फिल्म सार्वजनिक भएको पाँचौ सप्ताहसम्म प्राय: सबै सिनेमा घरहरूमा कब्जा जमाउने शत्रुगतेले कमाइको मामिलामा नयाँ किर्तिमान बनाउने सम्भावना समेत रहेको छ। कमाइको मामिलामा अघि रहेको फिल्मको मोठ ब्यापार भने निर्माण टोलिले सार्वजनिक गरिएको छैन ।
'जात्रा' निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको 'शत्रुगते' मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपकराज गीरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियङ्का कार्की, किरण के.सी, शिवहरी पौडेल, राजाराम पौडेल आदिको अभिनय रहेको छ ।
फिल्मको कलेक्सन राम्रो भएकै कारण पाँचौ सप्ताहमा प्रवेश गर्दा पनि मानिसहरूको रेस्पोन्स राम्रो रहेको छ। फिल्मलाई मानिसहरूले राम्रो रेस्पोन्स दिइरहेको कारण भट्टराई धेरै खुशी भएका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनय राम्रो रहेको छ। जसले दर्शकहरूलाई बनाएर राख्न सक्षम बनेको छ। अन्य कलाकारहरूमा किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन आदिका अभिनय पनि प्रसंशायोग्यको रहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad