पाठकहरूको प्रतिक्षामा मनोज बोगटीको ‘लाइफ: अ बटरफ्लाई’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 21, 2018

पाठकहरूको प्रतिक्षामा मनोज बोगटीको ‘लाइफ: अ बटरफ्लाई’


गफसफ.com, 21 अप्रेल 2018 
कथाकारबाट कवि बनेका मनोज बोगटीको पहिलो कथा सङ्ग्रह लाइफ: अ बटरफ्लाई’ यसै महिना पाठकहरू समक्ष आइरहेका छन्।  कविका रूपचा चर्चित बनिसकेका मनोज बोगटीको साहित्यमा प्रवेश भने कथा लेखनबाटै भएको हो। आजभोलि नेपाली दैनिक पत्रिकामा 10 अक्टोबर 1996 का दिन सपना’ शिर्षक भएको कथा नै उनको जीवनको पहिलो प्रकाशित कथा हुन्। त्यसभन्दा अघि उनका कुनै पनि साहित्यिक रचनाहरू प्रकाशित भएको थिएन। त्यसपछि उनको 16 अक्टोबर 1996 का दिन सगरमाथा साप्ताहिक पत्रिकामा कविता प्रकाशित भएको हो।


बिम्बगोष्ठीपसिनाको छालाघाउका रंगहरूगीतको रिसआँखाबाहिर अनि काफरे अमेरिका उनका प्रकाशित कविता कृतीहरू हुन्। विभिन्न पत्र-पत्रिकाहरूमा छुटपुट कथाहरू प्रकाशित गर्ने बोगटीले अहिलेसम्म सिङ्गो कथा सङ्ग्रह भने प्रकाशित गरेका छैनन्। कथा लेखनबाट साहित्यमा प्रवेश गर्ने  मनोज बोगटीको लाइफ: अ बटरफ्लाई’ पहिलो कथा सङ्ग्रह हुनेछन्।
साङ्ग्रिला बुक्स नेपालद्वारा प्रकाशित बोगटीको कथा सङ्ग्रहको कथाकार बोगटी आफैले ट्रिजर’ रिलिज गरेका छन्। युट्युब मार्फत् सार्वजनिक गरेको उक्त ट्रिजरले अहिले राम्रो भिवर्स् पाइरहनुको साथै राम्रा प्रतिक्रियाहरू पनि बटुलीरहेका छन्। उक्त ट्रिजर सार्वजनिक भएपछि बोगटीका कविता प्रति लालयित बनेका पाठकहरूले व्यग्रताको साथमा लाइफ: अ बटरफ्लाई’ कथा सङ्ग्रहलाई पर्खिरहेका छन्।
भारतबाट कुनै पनि नेपाली पुस्तकको ट्रिजर रिलिज अहिलेसम्म भएको छैन। भारततिरबाट नेपाली पुस्तकको ट्रिजर यो नै पहिलो पनि हो। मनोज बोगटी भन्छन्-नेपालबाट पुस्तकका ट्रिजर रिलिज भइरहेका छन्। भारतबाट हामीले पनि यस्तो ट्रिजर रिलिज गरौँ भन्ने लागेर बनाएका हौँ’ उनली अझन् भन्छन् ट्रिजरको राम्रो रेस्पोन्स पाइरहेको छु। आशा छ पाठकहरूले पुस्तक पनि त्यत्तिकै मनपराउनेछन्।
कुशल घिमिरेशान्तिला सिङ्गर तामाङबबिता मादेनदिना तामाङप्रतीक तामाङ आदिले अभिनय गरेको पुस्तकको ट्रिजर निकै आकर्षक रहेको छ। पाठक समक्ष आउन लागेको पुस्तकमा कस्ता कथाहरू छन् भन्ने ट्रिजरले’ सक्दो भन्ने प्रयास गरेको छ। पल्लविब सिङ्घकले बनाएका उक्त भिडियोमा समिर शर्मा ( स्टुडियो साउन्ड ट्र्याकसालबारी)-को सङ्गीत संयोजन रहेका छन्।
घाउका रंगहरू’-कविता सङ्ग्रहका निम्ति सन् 2012 को युवा साहित्य अकादमी जित्ने मनोज बोगटीको लाइफ: अ बटरफ्लाई’ कथा सङ्ग्रहमा वटा कथाहरू सङ्ग्रहित रहेका छन्। कथामा केही नयाँ प्रयोग गरेको छु। पाठकले मनपराउनेछन् भन्ने अपेक्षा साँचेको छु’ बोगटीले भने।

No comments:

Post a Comment

Post Bottom Ad