पहाडको छोरो डा. सेरप भोटिया डी.लिट उपाधिले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 22, 2018

पहाडको छोरो डा. सेरप भोटिया डी.लिट उपाधिले सम्मानित


गफसफ.com, दार्जीलिङ 22 अप्रेल 2018
पहाडको छोरो डा. सेरप भोटिया डी.लिट उपाधिले सम्मानित भएका छन्।  गत १७ एप्रिल २०१८ को दिन तामिलनाडुको मदुराइस्थित इन्टरनेशनल इकोनमिक्स् युनिभर्सिटी फर सार्क काउन्ट्रिसले यस वर्षको दिक्षान्त समारोहमा उपकुलपति डा. भेङ्कटरमन सुन्दरको बाहुलीबाट डा. भोटियालाई उच्च शिक्षा र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत डी.लिट-को मानद उपाधिले सम्मानित गरिएको हो।
आमा पेम्बा भोटिया र आपा स्व. लोप्साङ ग्याल्जेन भोटियाको कोखमा २२ सेप्टेम्बर १९७५ को दिन दार्जीलिङमा जन्मेका डा. भोटियाले उच्च माध्यमिक तहका शिक्षा सन्त जर्ज, पेदोङबाट प्राप्त गरेका हुन् भने स्नातक, स्नात्कोत्तर र विद्यावारिधि विश्व भारती शान्तिनिकेतनबाट गरेका हुन्। उनले पपुलेसन चेन्ज अन इनभाइरोमेन्ट एन्ड इकोनमिक डेभलपमेन्ट इन दार्जीलिङ हिमालय विषयमा सन् २००८ मा विद्याविरिधि प्राप्त गरेका हुन् ।
स्मरणीय रहोस्, डा. भोटियाका दार्जीलिङ पहाडको परिप्रेक्ष्यमा ग्रामीण विकास, सहरीकरण, पर्यटन, पर्वातोरहण, तपसिल मुद्दा तथा अन्य सामाजिक सरोकारका विषयहरूमा लेखिएका शोधपरक लेखहरू भारत लगायत अमेरिका, रोमानिया, सिङ्गापोर, ग्रेट ब्रिटेन, फ्रान्सका जर्नलहरूमा प्रकासित भइसकेका छन्। उनले सम्पादन गरेका ह्युमन ट्राफिकेटिङ इन साउथ एशिया पुस्तक भारतको लोकसभा मन्त्रालयद्वारा अनुमोदित र सन्दर्भसूचीमा अन्तर्भूक्त पुस्तक हुन्। उनले राष्ट्रिय र अन्तराष्ट्रिय सङ्गोष्ठि र वर्कसपहरूमा कार्यपत्र प्रस्तुत गर्नका साथसाथै स्रोतवक्ता र अध्यक्षता समेत गरिसकेका छन्। यसैगरी उनी साउथ एशियन सोसियल साइन्स रिसर्च  नेटवर्कका संस्थापक सदस्य र सहसम्पादक पनि हुन् । सम्प्रीति उनी दार्जीलिङ सरकारी महाविद्यालयमा भुगोल विषयका सहप्राध्यापक र विभागप्रमुखको रूपमा सेवारत छन्। उनको उपलब्धीले सम्पूर्ण पहाडवासी हर्षित बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad