लिम्बु सांस्कृतिक भेला सम्पन्न: देखिए विभिन्न ठाउँका लिम्बुहरूको एकजुटता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 22, 2018

लिम्बु सांस्कृतिक भेला सम्पन्न: देखिए विभिन्न ठाउँका लिम्बुहरूको एकजुटता

गफसफ.com, कालेबुङ 22 अप्रेल
पश्चिम बङ्गाल लिम्बु विकास बोर्ड अनि याकथुङ सोङ चुम्भोको आयोजनामा ‘लिम्बु सांस्कृतिक भेला’ सम्पन्न भएको छ। कालेबुङ जिल्लाको डुङ्ग्रा बस्तीमा आयोजित कार्यक्रममा जिल्ला योजना अधिकारी प्रितम लिम्बु मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई लिम्बु बिकास बोर्डका अध्यक्ष एन.डी लिम्बुले नै अध्यक्षता गरेका थिए।


भारतका विभिन्न ठाउँहरूमा बस्ने लिम्बु समुदायका मानिसहरूले कार्यक्रममा सहभागिता जनाएका थिए भने नेपालबाट पनि कलाकारहरू उपस्थित बनेका थिए। कार्यक्रममा लिम्बु समुदायका विविध सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने प्रस्तुति गरिएको थियो। जहाँ लिम्बु समुदायका मानिसहरूले आफ्ना संकृतिमा झुमेका थिए।

कार्यक्रममा सहभागी बन्नका निम्ति नेपालबाट भारत आइपुगेकी चर्चित लिम्बु गायिकाहरू सुनिता थेगिम, देशु सुहाङ, सिर्जना सुब्बाले गीत प्रस्तुत गरेका थिए। लिम्बु समुदायका गीत प्रस्तुत गर्दा कार्यक्रम स्थलमा धेरै रमाइलोपन देखिएको थियो। यस अवसरमा स्थानीय साथै दार्जीलिङ अनि डुवर्सका कलाकारहरूले पनि आफ्ना प्रस्तुती दिएका थिए।
कार्यक्रममा डा. राजु सुब्बालाई सम्बर्द्धना जनाइएको थियो। पश्चिम बङ्गाल लिम्बु विकास बोर्ड अनि याखथुङ सोङ चुम्भोको पक्षबाट उनलाई सम्वर्द्धना जनाइएको हो। यता कार्यक्रममा विशेष रूपले उपस्थि बनेका विभिन्न बोर्डका अध्यक्ष तथा उपाध्यक्षहरू पनि लिम्बु बोर्डका अध्यक्षद्वारा स्मृति चिह्न प्रदान गरेर सम्मान जनाइएको थियो।
‘आफ्नो जातिको भाषा अनि संस्कृतिलाई बचाउँने कार्य पनि बोर्डहरूले गरिरहेका छन् अनि गरिरहोस् भन्ने हामी चाहन्छौं’ मुख्य अतिथिका रूपमा उपस्थित प्रितम लिम्बुले भने।

No comments:

Post a Comment

Post Bottom Ad