बलत्कारीलाई फाँसीको सजाय हुने, राष्ट्रपति रामनाथ कोविन्दले दिए मञ्जुरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 22, 2018

बलत्कारीलाई फाँसीको सजाय हुने, राष्ट्रपति रामनाथ कोविन्दले दिए मञ्जुरी

गफसफ.com, नयाँ दिल्ली, 22 अप्रैल 2018
राष्ट्रपति रामनाथ कोविन्दले पोक्सो कानुन अनि आर्थिक हिनामिनाका भगौडे अपराधी अध्यादेश 2018 लाई मञ्जुरी दिएका छन्। शनीबार प्रधानमन्रीफा आवसमा केन्द्री केबिनेटमा यी  दुवै अध्यादेश ल्याएर राष्ट्रपति समक्ष पठाइएको थियो। जसलाई राष्ट्रपति रामनाथ कोविन्दले 24 घण्टा नबित्दै मञ्जुरी दिएका छन्। 
राष्ट्रपतिको मञ्जुरीपछि बनिने भए कानुन 

राष्ट्रपतिले दुवैटा अध्यादेशलाई मञ्जुरी दिनसाथ अब यी दुवै कानुन बनिएका छन्। पोक्सो कानुन संशोधनको अध्यादेशलाई राष्ट्रपतिको मञ्जुरी मिलेर कानुन बनिनुको साथै अब 12 वर्षसम्मका नाबालिकलाई बलत्कार गर्ने दोषीलाई फाँसीको सजाय हुनेछ। स्मरण रहोस्, पोक्सो कानुनलाई संशोधन गरेर नाबालिक बलत्कारीलाई फाँसीको सजाय दिलाउन केबिनेटले शनीबार प्रस्ताव पारित गरेको थियो। 

कठुआ सामुहिक बलत्कारको घट्नापछि दोषीलाई फाँसी हुनपर्ने उठ्दको थियो माग 

जम्मूको कठुआ अनि उत्तर प्रदेशको एटामा नाबालिकसँग भएको सामुहिक बलत्कारको घट्नाले देशलाई नै बिचलित बनाएको थियो। जसको विरोधमा देशभरी बलत्कारीलाई फाँसी हुनपर्ने माग उठेको हो। सोहीक्रममा केन्द्र सरकारले केन्द्र सरकारले दोषीलाई कडा सजाय दिलाउन पहल गरेको हो। यसभन्दा अघिसम्म नाबालिक बलत्कारीलाई फाँसीको सजाय तोकिएको थिएन। पोक्सो कानुनमा संशोधन हुनका साथ राष्ट्रपतिले समेत मञ्जुरी दिएपछि अब भने नाबालिक बलत्कारीलाई फाँसेको सजाय हुने भएको छ। 

ऋण लिएर विदेश भाग्नेलाई कार्वाही 

केन्द्रिय केबिनेटले बैंकहरूबाट ऋण लिएर विदेश भाग्नेहरू विरुद्ध पनि कार्वाहीको पहल गरेको छ। केबीनेटको वैठकले पोक्सो कानुन संशोधन सँगै अर्को प्रस्ताव पनि पारित गरेको थियो। जुन प्रस्तावमा बैंकहरूबाट ऋण लिएर विदेश भाग्नेहरूलाई कार्वाही गर्नका निम्ति रहेको छ। जसलाई राष्ट्रपतिले मञ्जुरी दिएका छन्। आर्थिक अपराधा गरेर विदेश भाग्ने व्यक्तिहरूको सम्पूर्ण सम्पत्ति अब अदालतको निर्णय आउन अघिनै जफत गरेर त्यस सम्पत्ति बिक्री गरी ऋणको पैसा फिर्ता गरिनेछ। ‘भगौडे आर्थिक अपराधी विधेय’ गत 12 मार्चका दिन लोकसभामा पेश गरिएको थियो तर, संसदमा चलेको विभिन्न मुद्दाहरूको कारण पारित हुन भने सकेको थिएन। यस कानुन अन्तर्गत नीरव मोदी अनि बिजय माल्या जस्ता मानिसहरूको सम्पत्ति जफत गर्न सक्ने प्रावाधान रहेको छ। जुन अपराधिक कार्याहरूबाट बाँच्न विदेश भागेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad