किराँती खम्बु राई सांस्कृतिक संस्थान गैरीगाँउको आयोजनामा साकेवा पर्व एवं उभौंली पुजा सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 30, 2018

किराँती खम्बु राई सांस्कृतिक संस्थान गैरीगाँउको आयोजनामा साकेवा पर्व एवं उभौंली पुजा सम्पन्न


गफसफ.com, कालेबुङ 30 अप्रेल

किराँती खम्बु राई सांस्कृतिक संस्थान गैरीगाँउ धौले कम्पाउण्ड शाखाको आयोजनामा साकेवा पर्व एवम् उँभौली पूजा पालन गरिएको छ। कालेबुङ जिल्लाको जलढका स्थित धौले माङखिम डाँडामा उक्त साकेवा पर्व एवं उभौंली पुजा पालन गरिएको हो। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो।


कार्यक्रमलाई दिपक राईले अध्यक्षता गरेका थिए भने खम्बु विकास बोर्डका उपाध्यक्ष शंखमणी राई मुख्य रूपले उपस्थित रहेका थिए। यसका साथै विनेस राई, सीबी राई, सन्दिप कुलुङ आदिको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
‘जलढका क्षेत्र कृषी प्रधान क्षेत्र रहेको कारण वर्षमा एकपल्ट कृषकहरूले भव्यताको साथमा भुमीको पुजा विगत धेरै वर्ष अघिदेखि गर्दै आइरहेको छ। भुमीबाट उप्जनी भएका कृषीमाथि पूर्णरूपमा निर्भर रहने भएकोले हामी भुमीलाई आमा सरह मानेर जमिनलाई पुज्ने गर्छैं। यसका साथै हामी प्रकृति पुजक भएको कारण हामी प्रकृतिको पनि पुजा गर्दै सार्वजनिक रूपमा होम लगाएर गाँउ शान्तीको पुजा पनि गर्दै आइरहेका छौं’ सन्दिप कुलुङले कार्यक्रमलाई सम्बोधन गर्दै भने। यसक्रममा उनले नयाँ फसलहरू भगवानलाई चढाएर पुजा गर्ने परम्परा आफुहरूको धेरै पुरानो रहेको बताए।  

कार्यक्रममा नेपाली साङ्गीतिक क्षेत्रका गायक प्रनेण राईलाई संगीतको क्षेत्रमा दिएको योगदान अनि अघिका दिनमा  साकेवा पर्वमा दिएको योगदानलाई कदर गर्दै आयोजक समितिले सम्वर्द्धना जनाएको थियो माङ्पाहरूको बाहुलीबाट खदा अर्पण गर्दै सन्दिप कुलुङको बाहुलीबाट सम्वर्धना पत्र प्रदान गरियो। यसक्रममा उनले साङ्गीतिक प्रस्तुती समेत दिएका थिए। कार्यक्रममा सीली नृत्य सँगै विन्दु, दलगाँउ, तुङसुङ, कम्पाउण्ड, धौले आदि क्षेत्रका नानीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad