नेशन बिल्डर अवार्डले 9 जना शिक्षकवर्ग सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 30, 2018

नेशन बिल्डर अवार्डले 9 जना शिक्षकवर्ग सम्मानित


गफसफ.com, कालेबुङ 30 अप्रेल

कालेबुङ जिल्लाका विभिन्न प्राथमिक पाठशालाका मोठ 9 जना शिक्षक शिक्षिका नेशन बिल्डर अवार्डले सम्मानित भएका छन्। रोटरी क्लब कालेबुङद्वारा उनीहरूलाई एक कार्यक्रमको आयोजना गरेर नेशन बिल्डर अवार्डले सम्मानित गरेको हो।

शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विभिन्न प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकावर्गमध्ये केवल 9 जन चयन भएर उक्त पुरस्कारले सम्मानित बनेका हुन्। प्राथमिक पाठशालाहरूमा शैक्षिक सुधारका निम्ति महत्वपूर्ण कार्य गर्दै आएका शिक्षक-शिक्षिकाहरू क्रमैले बसन्ती छेत्री(समथार जुनियर बेसिक स्कूल),  सूचित्रा ठकुरी (इष्टमेनरोड प्राथमिक पाठशाला), शान्ति ठटाल (इन्डो टिबेटियन प्राथमिक पाठशाला), नाडुम भोटिया (मोना प्राथमिक पाठशाला), उषा गुरुङ (रोंगो प्राथमिक पाठशाला), मायादेवी छेत्री (सामासिङ बेणु कृष्ण प्राथमिक पाठशाला), लेण्डुप छुन्कि भोटिया (अप्पर दलपचन्द प्राथमिक पाठशाला), वाङ्डुप तामाङ (टिस्टाबजार जुनियर बेसिक स्कुल) अनि राजीव सुब्बा (नेउरा फरेष्ट भिलेज प्राथमिक पाठशाला) लाई ‘नेशन बिल्डर अवार्डले सम्मानित गरिएको हो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित बनेकी जिल्ला स्कुल परिषदकी अध्यक्ष छिरिङ दहालको बाहुलीबाट स्मृति चिन्ह प्रदान गर्दै अङ्गवस्त्र ओढाएर सम्मानित गरिएको थियो।

रोटरी क्लब कालेबुङका अध्यक्ष सारदा मुखियले अध्यक्षता गरेको कार्यक्रममा दार्जीलिङ जिल्ला स्कुल परिषदकी अध्यक्ष छिरिङ दहाल मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। यसक्रममा सरकारी प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रका मणिन्द्र भुजेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै विभिन्न विद्यालयका शिक्षकवर्गको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष सारदा मुखियाले सवागत सम्बोधन राख्दै कार्यक्रमको औचित्यबारे बताइन् भने रोटोरियन प्रवीण प्रधानले रोटरी शैक्षिक मिसनबारे जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भरतमणी प्रधानले नेशननल बिल्डर अवार्ड अनि यसका उद्देश्यबारे जानकारी गराएका थिए। उनले सरकारी सहयाता प्राप्त प्राथमिक पाठशालाहरूमा शिक्षाको गुणस्तरमा वृद्धि गर्न अनि शिक्षकवर्गको कार्यलाई हेरेर उक्त पुरस्कार प्रदान गरिन्दै आएको पनि जानकारी गराए।

No comments:

Post a Comment

Post Bottom Ad