पशु-प्राणीलाई प्रेम गरौँको सन्देशमा भेगन इन्डिया मुभमेन्टको वाल पेन्टिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 30, 2018

पशु-प्राणीलाई प्रेम गरौँको सन्देशमा भेगन इन्डिया मुभमेन्टको वाल पेन्टिङ


गफसफ.com, कालेबुङ 30 अप्रेल

संसारका पशु-प्राणीहरूलाई प्रेम गर्नुपर्ने भेगन इन्डिया मुभमेन्टको सन्देश रहेको छ। त्यहीँ सन्देश दिँदै भेगन इन्डिया मुभमेन्टले कालेबुङको थाना डाँडामा वाल पेन्टिङ गरेको छ। वौद्ध दर्शनको अहिंसा परम धर्मको सन्देश दिँदै उनीहरूले थाना डाँडामा सुन्दर वाल पेन्टिङ गरेको छ।

भेगन इन्डिया मुभमेन्टले पशु-प्राणीहरू माथि हुने अन्याय र अत्याचारको विरोधमा कार्य आरम्भ गरेको भन्दै विश्व न्याय दिवसको अवसरमा आफुहरूले यसरी देवलमा नक्सा बनाएर प्राणीहरूलाई न्याय दिने प्रयास गरेको भेगन इन्डिया मुभमेन्ट कालेबुङकी संयोजिका योगिता छेत्रीले जानकारी दिएकी छन्।

‘भेगनिजम् इन्डियाले कठोर शाहकारीमा विश्वास गर्छ। यतिसम्म कि पशु प्राणीद्वारा उत्पादित आहार समेत ग्रहण गर्दैन। यो किन भने भेगनिजम्-ले प्राणीहरूमाथि हुने निर्दयीलाई सपोर्ट गर्दैन’ योगिता छेत्रीले भनिन्। पशुप्राणीलाई न्याय दिन आफुहरूले एउटा चित्रमार्फत् सन्देश दिने प्रयास गरेको उनले जानकारी गराइन्। उनले यो कार्य भारतका विभिन्न ठाउँहरूमा एकसाथ भइरहेको पनि जानकारी दिएकी छ्न्। नतशा प्रधान अनि नगेन रूम्बाले गरेको उक्त वाल पेन्टिङ खुबै आकर्षक रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad