उन्नाव गैंगरेप आरोपी बीजेपी विधायक कुलदिप सिंह सेंगर सीबीआई हिरासतमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 12, 2018

उन्नाव गैंगरेप आरोपी बीजेपी विधायक कुलदिप सिंह सेंगर सीबीआई हिरासतमा


गफसफ.com, नई दिल्ली, 13 अप्रैल 2018
उन्नाव गैंगरेप मामिलामा सीबीआईले आरोपी बीजेपी विधायक कुलदिप सिंह सेंगरलाई आखिरमा हिरासतमा लिएको छ। यस मामिलाको जाँच गरिरहेको सीबीआईले शुक्रबार बीजेपी विधायकलाई उसकै लखनउ स्थित घरबाट हिरासतमा लिएको हो। स्मरण रहोस्, केन्द्र सरकारले उत्तर प्रदेश सरकारको सिफारिसलाई स्वीकृती दिँदै बिहिबारको साँझ यो मुद्दाको जाँच केन्द्रिय जाँच एजेन्सी (सीबीआई)द्वारा गराउने आदेश जारी गरेको थियो। यसभन्दा अघि हाइ कोर्टको हस्तक्षेपको बाद पुलिसले आरोपी विधायक कुलदिप सिंह सेंगर विरुद्ध मुद्दा दर्ता गरेको थियो।

विधायकको विरुद्ध बिहिबार साँझ भयो मुद्दा दर्ता

उन्नाव गैंगरेप मुद्दाका आरोपी कुलदिप सिंह सेंगरको विरुद्ध बिहिबार एफ.आई.आर. दर्ता गरिएको हो। आरोपी विधायक माथि उन्नाव पुलिस थानामा बुधबार अबेर राथी आईपीसीको धारा 363, 366, 376 अनि पोक्सो कानुनको विभिन्न धारा अन्तर्गत केस दर्ता गरिएको हो।

पीडित परिवारलाई छैन सरकारप्रति भरोसा

पुलिसले आरोपी विधायक विरुद्ध केस दर्ता गरेपछि पीडित महिलाकी बहिनीले विधायकलाई पक्राउको माग गरिन्। यसक्रममा उनले आफ्नो पिताको हत्या गर्ने अनि हत्याको षडयंस्त्र रच्नेहरूलाई फाँसीको सजाय दिनुपर्ने माग समेत गरिन्। उनले आरोपीहरूको झट्ट पक्राउको माग गर्दै सरकार प्रति भरोसा नभएको समेत बताइन्।

ज्ञात रहोस्, चारैतिरबाट विरोध अनि दबाव पछि उत्तरप्रदेश सरकारले यस मामिलाको जाँच सीबीआईबाट हुनपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको थियो। जुन राज्यको सिफारिसलाई केन्द्रले तत्कालै स्वीकृती दिएको हो। यसक्रममा गृह विभागले पीडित महिलाको पिताको मृत्युको जाँच पनि सीबीआईद्वारा हुनपर्ने सिफारिस गरेको छ।

यस मामिलामा उन्नाव जिल्ला अस्पतालका 2 जना डाक्टर सस्पेन्ड गरिएको छ। यसका साथ जेल अस्पताको 3 डाक्टरमाथि पनि मुद्दा चल्ने सम्भावना बडेको छ। उनीहरू विरुद्ध पीडिताको पितालाई उपचार गर्दा लापरवाही गरिएको आरोप लागेको छ। अर्कोतर्फ सी.ओ सफीपुर कुमार बहादुर सिंहलाई पनि लापारवाहीको आरोपमा सस्पेन्ड गरिएको छ। यस मामिलामा लापारवाही गर्नेहरू विरुद्ध उत्तरप्रदेश सरकार सबैको निशानामा रहेको छ।

एसएसपी गृह बाहिर भएको थियो हाईभोल्टेज ड्रामा

यसभन्दा अघि वुधबार साँझ लखनउ एसएसपीको गृह बाहिर हाईभोल्टेज ड्रामा देख्न पाइएको थियो। आरोपी विधायक कुलदीप सिंह सेंगर अबेर राती अत्यन्तै नाटकीय घटनाक्रमको साथमा लखनउका एसएसपीको घर पुगेका थिए। त्यहाँ आरोपी विधायकलले आफैलाई आत्मसमर्पण गर्ने खबर समेत आएको थियो। तर, यस्तो भने भएन। उनले एसएसपीको घर पुगेर आफैलाई आत्मसमर्पण भने गरेनन्। उल्टा उनले आफैलाई निर्दोश बताउँदै आत्मसमर्पण गर्नको साटो केवल एसएसपीसँग भेट्न आएको बताएका थिए। आत्मसमर्पणको सन्दर्भमा पत्रकारहरूले प्रश्न गर्दा उनले पार्टीको हाई कमाण्डले जस्तो आदेश दिनेछ त्यसलाई पालन गर्ने मात्र बताएका थिए।

कुलदिप सेंगले भने – म षडयन्त्रको शिकार भएँ

एसएसपीको घर बाहिर आरोपी विधायकले भने-‘जाँच रिपोर्टमा के छ त्यो मलाई थाह छैन। एसआईटी रिपोर्टमा कस्ता-कस्ता मामिला आएको छ यसको पनि मलाई केही जानकारी छैन। मलाई भाग्यो भन्ने आरोप लागिरहेको छ। यसकारण म यहाँ जनताको सामु छु भन्ने देखाउनका निम्ति अघि आएको हुँ।’

विधायकले अझ भने ‘मलाई बलत्कारको आरोपी बनाएको छ। म यसबारे सपनामा समेत सोंच्न सक्दिन। मेरो विरुद्ध षडयन्त्र भएको छ। म षडयन्त्रको शिकार भएको छु।’ उनले यस मुद्दाको स्वतन्त्र जाँच होस् भनेर कसैलाई दबाव दिने कार्य नगरेको समेत दाबी गरे।

No comments:

Post a Comment

Post Bottom Ad