65औँ नेशनल फिल्म अवार्डको घोषणा: न्युटनलाई बेस्ट फिल्म अनि श्रीदेवीलाई बेस्ट एक्ट्रेस अवार्ड - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 13, 2018

65औँ नेशनल फिल्म अवार्डको घोषणा: न्युटनलाई बेस्ट फिल्म अनि श्रीदेवीलाई बेस्ट एक्ट्रेस अवार्ड


गफसफ.com, नई दिल्ली, 13 अप्रैल 2018
65 औँ नेशनल फिल्म अवार्डको घोषणा भएको छ। ‘न्यूटन’-लाई बेस्ट हिन्दी फिल्म अवार्ड दिने घोषणा गरिएको छ। नयाँ दिल्लीको शास्त्री भवन स्थित पिआईबी कन्फरेन्स रूममा 65 औँ फिल्म अवार्डको घोषणा भएको हो। राजकुमार रावको फिल्न ‘न्युटन’लाई बेस्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। सोही अवसरमा स्व. बलीहुड अभिनेत्री श्रीदेवीको सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड दिइएको छ। न्युटनमा उत्कृष्ट अभिनयका निम्ति अभिनेता पञ्कज त्रिपाठीलाई स्पेशल मेन्सन अवार्डले विभूशित गरिएको छ।

यसबाहेक फिल्म ‘एबेतु रमका’ लाई बेस्ट कन्नड फिल्म पुरस्कार दिइएको छ। के गिरीधार झालाई सर्वश्रेष्ठ फिल्म क्रिटिक पुरस्कार प्रदान गरिएको छ। अर्कोतर्फ असमका भिलेज रकस्टार्सलाई बेस्ट फिल्म चयन गरिएको छ। मराठी फिल्म ‘कच्चा लिम्बु’ले बेस्ट मराठी फिल्म पुरस्कार प्राप्त गरेको छ। यता ‘मायुरईलाई बेस्ट बङ्गाली फिल्मको अवार्ड मिलेको छ। बेस्ट आसमी फिल्म ‘इशु’ भएको छ भने बेस्ट तामिल फिल्मको अवार्ड ‘टू लेट’ ले हत्याएको छ। बेस्ट तेलेगु फिल्म ‘गाजी’ प्राप्त गरेको छ भने बेस्ट गुजराती फिल्मको अवार्ड ‘धह’ले प्राप्त गरेको छ।

राष्ट्रपति रामनाथ कोविन्दले गर्नेछन् बिजेताहरूलाए सम्मान

राष्ट्रीय फिल्म पुरस्कार कमिटीका अध्यक्ष शेखर कपूरले आज उक्त अवार्डको घोषणा गरेका हुन्। उनले भारतीय सिनेमाको प्रतिष्ठित अवार्ड आगमी 3 मई 2018 का दिन प्रदान गरिने घोषणा गरेका छन्। उनले राष्ट्रपति रामनाथ कोविन्दले बिजेताहरूलाई सम्मानित गर्ने घोषणा पनि गरेका छन्। ‘राजकुमार राव अनि पञ्कज त्रिपाठीद्वारा अभिनय गरिएको फिल्म न्युटनलाई बेस्ट हिन्दी फिल्म चयन गरिएको छ। फिल्म न्युटनलाई दुईवटा अवार्ड मिलेको छ। न्युटनकै निम्ति पञ्कज त्रिपाठीलाई को-स्पेशल अवार्ड घोषणा गरिएको छ’ राष्ट्रिय फिल्म पुरस्कार कमिटिका अध्यक्ष शेखर कपुरले भने।
यसका साथमा दिइएका अवार्डहरू निम्न रहेका छन् –
बेस्ट कोरियोग्राफी अवार्ड - फिल्म 'टोयलेट एक प्रेम कथा' को गीत 'गोरी तू लट्ठ मार' का निम्ति गणेश आचार्यलाई दिने घोषणा गरिएको छ।
बेस्ट बैकग्राउण्ड स्कोर अवार्ड - स्व अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’ को निम्ति ए आर रहमानलाईले जितेका छन्।
बेस्ट एक्शन डायरेक्शन अवार्ड - एस एस राज मौलीको फिल्म बाहुबली-2 को निम्ति दिने घोषणा भएको छ।


No comments:

Post a Comment

Post Bottom Ad