रोमान्स र ड्रामाले भरिएको फिल्म ‘अक्टोबर’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 11, 2018

रोमान्स र ड्रामाले भरिएको फिल्म ‘अक्टोबर’


राइजि़ंग सन फिल्म्स प्रोडक्शन-को ब्यानरमा निर्मित ‘अक्टोबर’ फिल्मको रिलिज आगमी 13 अप्रेलका दिन हुने तय भएको छ। जसको ट्रेलरलाई हेरेर मानिसहरू उत्सुक बनेर प्रतिक्षा साँचिरहेका छन्।
डैन अर्थात् वरुण धव 21 वर्षको बिन्दास केटा हुन्। उनी होटल मेनेजमेन्ट अनि एउटा होटरलमा इन्ट्रनसिप गरिरहेका छन् जहाँ उसका धेरै साथीहरू अनि होटल इन्ट्रन्स पनि साथ छन्। फिल्मको कहानीले डैन अनि उनका साथीहरूको मौजमस्ती जिन्दगी दर्शाएको छ। सबैजनाले एकार्कमा आउने जीवनका आरोह-अवरोहमा साथ दिँदछन्। यहीँ इन्ट्रन्समा सामेल छन् शैली (बनिता सन्धु)। कहानीमा ट्विस्ट त्यतिबेला आउँछ जतिबेला डैन अनि शैलीको जिन्दगीमा बदलाव आउन सुरु हुँदछ। दुवैजना साथ हुनु, काम गर्नु, एकार्काको निम्ति फिलिङ्ग्स, भावानात्मक सम्बन्ध अन्य सबैभन्दा अलग हुने गर्दछ। जसलाई उनीहरूका साथीहरूले समेत बुझ्न सक्दैनन्। उनीहरू माझको प्यारले जिन्दगीमा समेत बदलाव ल्याउँदछ अनि फिल्मको कहानीले अर्कै मोड लिँदछ।
फिल्मको ट्रेलर अनि गीतले पनि मानिसहरू आकर्षित बनिरहेका छन्। फिल्म निर्माताहरूको कुरालाई मान्ने हो भने फिल्म एउटा लभ स्टोरी नभएर लभको विषयमा एउटा कहानी हो।

निर्देशक सूरजित सरकार अनि राइटर जुही चतुर्वेदीको जोडी मिलेर राम्रा फिल्म निर्माण गरिरहेका छन्। जसमध्ये ‘अक्टोबर’ एउटा राम्रो चलचित्र हो। फिल्मको ट्रेलरमा नदे, हरियाली, सुन्दर बिहानी, मनमोहक दृष्य आदिको झलहरू रहेका छन्। जसले मानिसहरूलाई आकर्षित गर्न सक्षम बनेको छ।
फिल्मको ट्रेलर रहस्यले भरिएका छन्। बरुण अनि बनिता समकालिन हुन्। दुवैको बिचमा एउटा यस्तो घट्ना घट्छ जसको कारण बनिता आइसीयुमा भर्ना भएका छन्। अक्टोबर एउटा रोमान्टिक फिल्म हो। जहाँ रोमान्सका ड्रामा छन्। उक्त फिल्म आगमी 13 अप्रेलका दिन रिलिज हुने तय भएको छ। जसको ट्रेलर हेरेर मानिसहरू फिल्म रिलिजको समय पर्खिरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad