‘रोहोङ्गिया मुश्लिम’- कालेबुङ भित्रिएको खबरको सल्क्यो डँडेलो; अञ्जुमान ईश्लामियाले भन्यो – ‘उनीहरू खाँटी भारतका नागरिक हुन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 27, 2018

‘रोहोङ्गिया मुश्लिम’- कालेबुङ भित्रिएको खबरको सल्क्यो डँडेलो; अञ्जुमान ईश्लामियाले भन्यो – ‘उनीहरू खाँटी भारतका नागरिक हुन्’


गफसफ.com, कालेबुङ 27 अप्रेल।

कालेबुङका विभिन्न ठाउँहरूमा रोहोङ्गिया मुश्लिमहरू भित्रिएको भिड्यो दोस्रोचोटी सोसियल मिडियामा भाइरल बन्यो। 105 दिने बन्द पछि नै दुवैवटा भिडियो भाइरल बनेको हो। पहिलो भिडियो ‘आजतक’ हिन्दी समाचार च्यानलले कोलकोतामा रोहोङ्गिया मुश्लिमहरूले गाउँ नै बसाउन थालेको समाचारको क्लिपलाई आधार बनाएर कालेबुङमा रोहोङ्गिया भित्रिएको भनि भाइरल गरिएको थियो। दोस्रो भने हिजदेखि कालेबुङ शहरको प्रवेशद्वार थानाडाँडामा नै बसबाट धेरैमात्रमा मुश्लिम मानिसहरूले समान झार्दै गरेको भिडियो भाइरल बनेको हो।

भिडियोमा देखिए थानाडाँडामा मुश्लिम मानिसहरू भीड

भाइरल बनेको भिडियो कालेबुङको थाना डाँडामा खिचिएको छ। जुन भिडियोमा पछाडी कालेबुङ पुलिस स्टेसनको बोर्ड समेत देखिएको छ। सिलगडीबाट आएको बसबाट धेरैजना मुश्लिम मानिसहरूले समान झार्दै गरेको भिडियोमा देखिएको छ। भिडियो कसले खिचेका हुन् भन्ने पुष्टि भने त्यस क्लिपबाट हुन सकेको छैन।

फेसबुकबाट बन्यो भिडियो भाइरल


कालेबुङको थाना डाँडामा एकाधिक मुश्लिम मानिसहरूले बसबाट समान झार्दै गरेको भिडियो फेसबुकमा कसैले अप्लोड गरेपछि चारैतिर भाइरल बनेको हो। सर्वप्रथम कसले भिड्यो अप्लोड गरे भन्ने कुराको खोजी गर्नेक्रममा भने निश्चित भन्न सकिएन। यद्यपी अप्लोड गरिएको समयको आधारमा एउटै भिडियो दुईवटा एकाउन्टबाट एकैसमयमा अप्लोड भएको छ। चारैतिर भिडियो भाइरल बनेपछि भिडियो स्रोत पैलाउने कार्य गफसफ.com ले गरेको छ। प्रत्येक मानिसहरूबाट आएको भाइरल भिडियोको प्रत्येक लिङ्को स्रोत खोज्दै जाँदा गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुक पेज अनि Swaroop Charmling नाम गरेको व्यक्तिले फेसबुकमा एकै समयमा अप्लोड गरेका छन्। दुईवटा भिन्न भिन्नै एकाउन्टबाट एउटै समयमा भिडियो फेसबुकमा अप्लोड भएको छ। जसलाई धेरै मानिसहरूले सेर गरेका छन्। पछिबाट पुन: त्यस भिडियोलाई BJYM Darjeeling Distict Committee Group नाम गरेको भारतीय जनता पार्टीको फेसबुकमा पेजमा अप्लोड गरिएको छ। यी तीनवटा फेसबुक एकाउन्टहरूबाट नै सबैभन्दा धेर सेर भएपछि फेसबुकमा उक्त पोस्ट भाइरल बनेको हो।

क-कसले के लेखे त?

गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुक पेजमा उक्त भिडियोलाई अप्लोड गरेर गोर्खाल्याण्ड कि रोहिंग्याल्याण्ड ??? राष्ट्रिय सुरक्षासंग खेलवाडभनि प्रश्न गरिएको छ। हालैको दिनमा मधेस खण्डबाट भटाभट काँधमा पोका र हातमा भोटर कार्ड अनि आधार कार्ड लिएर हाम्रो पहाडको कालेबुङ्ग जिल्ला अन्तर्गत लाभा, डेलो अनि राष्ट्रिय राजमार्गको छेउछाउ रोहिंग्या मुस्लिम समुदायको व्यापक मात्रमा प्रायः 250 परिवार स्थायीरूपमा बसोबासो गर्न थालेको छ। यसरी एकाएक पहाडमा ममता सरकार द्वारा रोहिंग्यालाई ल्याएर खन्याउनुमा सरकारको गहिरो षडयन्त्र गन्हाउन थालेको छगोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुक पेजमा लेखिएको छ। यसका साथै उक्त पेजमा भिडियो अप्लोडसँग अझ धेर लेखेका छन्। 

अर्कोतर्फ, गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति नाम गरेको फेसबुख पेज सँगै अप्लोड गर्ने Swaroop Charmling ले भने आफ्नो पोस्टमा यो भिडियोमा कतिसम्म सत्यता छ त्यो थाह छैनभन्दै आफ्ना फेसबुख साथीले उक्त भिडियो पठाएको अनि रोहोङ्गियाहरूलाई डेलो क्षेत्रमा बसाइएको भन्दै उनीहरूलाई खेद्नुपर्छ भनि लेखेका छन्। 

फेसबुकमा अप्लोड गर्ने क्रममा भारतीय जनता पार्टीको युवा सङ्गठन नाउँ गरिएको पेज पनि पछि परेको छैन। BJYM Darjeeling Distict Committee Group भन्ने भारतीय जनता पार्टीद्वारा सञ्चालित फेसबुकमा पेजमा भाइरल भिडियोलाई अप्लोड गर्नुको साथै यसलाई पढ्नका निम्ति केही मिनट समय दिनुहोस् अनि त्यसपछि यो बारे सोन्च्नुहोस्। यदिले अहिलेनै होइन भने यो धेरै ढिलो हुनसक्छभनि लेखिएको छ। 

भाइरल भिडियोको मुख्य स्रोत खोज्ने क्रममा गफसफ.com ले मुख्य गरेर यी तीनवटा फेसबुक एकाउन्टबाट नै धेरै सेर बनेर भाइरल भएको पाएको छ। मानिसहरूले आ-आफ्नो टिप्पणी लेख्दै उक्त पोस्टहरूलाई सेर गरेपछि चारैतिर भाइरल बनेको हो। यद्यपी त्यसभन्दा अघि गरिएका पोस्टहरू छन् कि छैनन् भन्ने खोज्ने कार्य पनि गफसफ.com ले गरिरहेको छ। यदि यी तीनवटा एकाउन्टबाट भन्दा अघि नै पोस्ट भएको पाठकवर्गले पाए हामीलाई लिङ्क साझा गर्ने आग्रह गर्दछौँ। जसलाई पछिबाट पुन: अप्डेट गर्नेछौँ।

अञ्जुमान ईश्लामियाले दियो स्पष्टिकरण

रोहोङ्गिया मुश्लिमहरू कालेबुङ भित्रिएको दाबी गर्दै फेसबुक मार्फत् भाइरल बनेको भिडियोबारे गफसफ.com ले कालेबुङका मुश्लिम सङ्गठन अञ्जुमान ईश्लामियासँग सम्पर्क गरेर स्पष्टिकरण लिएको छ। भाइरल बनेको भिडियोमा दाबी गरिएका रोहोङ्गिया मुश्लिम भनिएका मानिसहरू खाँटी भारतीय नागरिक रहेको अञ्जुमान ईश्लामियाले दाबी गरेको छ। अञ्जुमान ईश्लामियाका सचिव मसुद सुल्तानले उक्त भिड्योमा देखिएको मुश्लिमहरू रोहोङ्गिया नरहेको भन्दै कालेबुङ मस्जिदमा आएर बसेका धर्म प्रचारकहरू रहेको दाबी गरेका छन्। कालेबुङ थाना अघि खिचिएको भिडियोलाई रोहोङ्गिया मुश्लिम भनि प्रचार गरिएको छ तर, त्यो अत्यन्तै झुटो खबर होसङ्गठनका सचिव मसुद सुल्तानले स्पष्टिकरण दिँदै भने। भिडियोमा देखिएका सम्पूर्ण मुश्लिमहरू कालेबुङको ठाकुरबाडी स्थित मस्जिदमा बसेको दाबी गर्दै उनले उनीहरू आफ्ना धर्म प्रचारको क्रममा कोलकोताबाट आएका भारतीय नागरिकहरू रहेको उनले बताए। सबैको सम्पूर्ण कागतपत्र हामीसँग सुरक्षित छ। उनीहरू सबै भारतीय नागरिकहरू हुन्। यहाँ रोहोङ्गिया भनेर राजनैतिक रङ दिएर मानिसहरूमा त्रास फैलाउने प्रयास गरिएको छमसुद सुल्तानले भने। उनले कुराकानीको क्रममा उक्त भिडियोलाई भाजपासँग संलग्न रहेका व्यक्तिले अप्लोड गरेको दाबी समेत गरेका छन्। जुन मानिसहरूलाई रोहोङ्गिया भनिएको छ त्यो अत्यन्तै निराधार होसुल्तानले अझ भने। उनले कतिजना आएका छन् भन्ने प्रश्नको सही जवाब नदिए पनि 8-10 जना मुश्लिमहरू धर्म प्रचारका निम्ति आएको अनि उनीहरू सबै ठकुरबाडी स्थित मस्जिदमा बसेको स्पष्टिकरण दिएका छन्। ‘उनीहरू जमात घुम्न यसरी आउँछन्। यहाँ मात्र होइन विभिन्न ठाउँहरूमा जमातको निम्ति घुम्छन्। यो वर्षौँदेखि चलिरहेको छ’ मसुद सुल्तानले अझ भने।

अधिवक्ता प्रताप खातिले दर्ता गरे प्राथमिकी

रोहोङ्गिया मुश्लिमहरू कालेबुङ भित्रिएको भाइरल भिडियोको आधारमा अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव एवम् अधिवक्ता प्रताप खातीले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन्। सोसियल मिडियामा भाइरल बनेको कालेबुङ थाना अघि देखिएका मुश्लिम मानिसहरूलाई रोहोङ्गिया भनि दाबी गरिएको अनि रोहोङ्गिया राष्ट्रिय सुरक्षाका निम्ति खत्रा भएको कारण पुलिसले यसबारे ध्यानाकार्षण गरेर जाँच गर्नुपर्ने भन्दै खातीले थानामा प्राथमिकी दर्ता गरेका छन्।

दावा पाख्रिनले लेखे प्रधानमन्त्रीलाई पत्र

रोहोङ्गिया मुश्लिम समुदायका मानिसहरू कालेबुङ भित्रिएको भाइरल भिडियोको आधारमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले भारतका प्रधानमन्त्रीलाई पत्रचार गरेको दावा पाख्रिनले दाबी गरेका छन्। ‘हामी रोहोङ्गियाको विरोधी होइनौँ। मुशलमान दाजुभाइको पनि बिरोधी होइनौँ। पुराना यहाँका सबै मानिसहरूको हामी विरोधी होइनौँ। तर, नयाँ मानिसहरू यहाँ भित्रनु हुँदैन। यसको हामी विरोध गर्दछौँ’ दावा पाख्रिनले भने। उनले मुख्यमन्त्री ममता ब्यानर्जीले एकापट्टीबाट दिएको जस्तो गरेर अर्कोतर्फबाट छिन्ने कार्य गरेको भन्दै रोहोङ्गिया पठाइरहेको आरोप लगाए।

विमल गुरुङले प्रधानमन्त्री अनि गृहमन्त्रीको ध्यान आकर्षण गराए 

भाइरल भिडियोको चर्चा पछि गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले प्रेस रिलिज गरेर प्रधानमन्त्री अनि गृहमन्त्रीको ध्यान आकर्षण गराएका छन्। उनले आफ्ना क्याडरहरूबाट रोहोङ्गिया मुश्लिमहरू भित्रिएका खबर पाएको भन्दै राष्ट्रिय खत्रा मानिएका रोहोङ्गिया आफ्ना क्षेत्रमा भित्रिनु खत्रा रहेको गुरुङले प्रेस रिलिजमा बताएका छन्। जसबारे प्रधानमन्त्री अनि गृहमन्त्रीले झट्टै ध्यान दिएर समस्या समाधानको पहल गर्नुपर्ने माग गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad